दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता माघ १६ देखी
पूर्णपुष्टि, माघ १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० मा दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० सुरु हुने आउँदो माघ १६ देखी सुरु हुने भएको छ ।
बुधबार आयोजक वडा युवा तथा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै खेल माघ १६ गते देखी २७ गते सम्म संचालन गरिने जनाएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा घरेलु टिम फ्युजन फुटबल क्लब सहित स्टार युवा क्लब, कोशी प्रदेश प्रहरी रानी बिराटनगर, कटारी फुटबल क्लब, तालतयैया फुटबल क्लब, बसाहा क्लब, गाईघाट फुटबल क्लब, इटहरी फुटबल क्लब, गोलबजार स्पोर्टस क्लब, दुधौली स्पोर्ट क्लब, बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब गरी १२ वटा टिमको सहभागिता रह...







