Tuesday, August 25News That Matters

समाचार

दन्द्ध ग्रस्त इजरायलबाट स्वदेश आईपुगे नेपाली विद्यार्थी

दन्द्ध ग्रस्त इजरायलबाट स्वदेश आईपुगे नेपाली विद्यार्थी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २६ । दन्द्ध ग्रस्त इजरायलबाट नेपाली विद्यार्थीहरु स्वेदश आईपुगेका छन् । शुक्रबार बिहान २ः४० बजे नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमान २५४ जना नेपाली नागरिक लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सरकार मन्त्री परिषद्को २०८०÷६÷२२ गतेको बैठकले प्रभावित नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउने गरेको निर्णय अनुसार उनिहरुलाई नेपाल फर्काईएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । उनका अनुसार यसअघि नेपाली दुतावासले अनलाईन मार्फत नेपाली नगरिकहरुलाई आफ्नो विवरण उपलब्ध गर्न लगाईएको थियो । ५६७ जना नेपालीले विवरण उपलब्ध गराएका थिए भने ति मध्ये ५०३ जनाले नेपाल फर्कन चाहेका थिए । सुदुरपश्चिम विश्व विद्यालयबाट इजरायल गएका १० जना विद्यार्थिको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । अझै एक नेपाली विद्यार्थि विपि जोशी सम्पर्क विहिन छन् । उनको खोजी क...
उदयपुरमा लागुऔषध खरिद–बिक्रि गर्ने तिन युवक पक्राउ

उदयपुरमा लागुऔषध खरिद–बिक्रि गर्ने तिन युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २५ । उदयपुरमा लागुऔषध खरिद र बिक्रि गर्ने तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रि.न.पा. ११ गाईघाट बस्ने २५ बर्षीय सारंश राई, त्रि.न.पा. ३ बस्ने २४ बर्षीय अर्जुन चौधरी र १९ बर्षीय पारश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार असोज १९ गते त्रि.न.पा. ६ पर्टेवा स्थितमा लहानबाट गाईघातर्फ आउँदै गरेको प्र१–०५–००१ प ५८२१ न. को स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा सारंश राईलाई लागुऔषध सहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट लुकाई छिपाई ल्याउदै गरेको डाईजेपाम–४,फेनार्गन–४ र बुप्रिनोर्फिन–४ गरी जम्मा १२ एम्पुल लागुऔषध फेला पारेसँगै निजलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्र...
गाईघाटको नेपाल स्प्रिङ वाटरले दुषित पानी खुवाउँदै, जारमा फोहोर र लार्भा

गाईघाटको नेपाल स्प्रिङ वाटरले दुषित पानी खुवाउँदै, जारमा फोहोर र लार्भा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असोज । गाईघाटको एक पानी उद्योगको जारमा फोहोर फेला परेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित त्रियुगा पुल नजिकै रहेको नेपाल स्प्रिङ प्रषोधित खानेपानीले सर्वसाधारणलाई उपलब्ध गराएको जारमा लामखुट्टेको लार्भा र अन्य धुलोहरु फेला परेको हो । उक्त पानी दुई दिन अघिमात्रै कम्पनीले एसपी सप्लायर्समा दिईएका थिए । पसलमा आउने ग्राहकले पानी खान खोज्दा किरा छ भनेपछि पसल संञ्चालक पवन राउतले राम्ररी हेर्दा जारभरी लार्भा रहेको जनाए । उनले उक्त पानी कम्पनीका कर्मचारीलाई बोलाएर बुझाएको छ । उक्त उद्योगमा काम गर्ने कर्मचारीहरुले आफुहरुले दिँदा किरा नभएको जनाए । कसरी त्यस्तो भयो उनिहरु आफै छक्क परेका छन् । कम्पनीले जारमा स्टिकर समेत टाँसेको अवस्था छैन भने उत्पादन गर्ने स्थानमा बोर्ड सम्म नराखी संञ्चालन गरिएको अवस्था छ । उक्त पानी उद्योग राम कुमार बस्तेतले संञ्चालन गरिरहेको बुझिएको छ ।...
तिब्रगति नियन्त्रण गर्न उदयपुर ट्राफिकले ल्यायो राडर गन

तिब्रगति नियन्त्रण गर्न उदयपुर ट्राफिकले ल्यायो राडर गन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असोज । उदयपुर जिल्लाको बिभिन्न स्थानलाई मदन भन्डारी सडकले छोईसकेको छ । रामपुर, बसाहा, बेल्टार, गाईघाट, नेपालटार कटारी हुँदै यो सडक काठमाण्डौँ सम्म जोडिएपछि दुर्घटनाले पनि व्यापक स्थान पाएको छ । सबै भन्दा छोटो दुरी र सहज सडकका कारण यस सडकमा तिव्र गति सवारी चल्ने गरेको ट्राफिक प्रहरीहरुको भनाई छ । गाईघाट बजारको मुख्य बजार हुँदै छिरेको यो सडकमा ट्राफिकको आँखा छलेर तिव्र गति र ठुलो आवाज निकालेर हिड्ने मोटरसाईकलहरु कम छैन । ट्राफिकको अगाडी सानो आवाज र ट्राफिक देखी पर पुगेपछि अरुलाई डिस्र्डटपहुने गरी प्रदुषणको आवाज फाल्दै हिड्ने सवारीलाई तत्काल कार्वाही गर्न स्थानीयहरुको पनि माग छ । जिल्ला ट्राफिक प्रहरी उदयपुरले यी समस्याहरु हल गर्न आवश्यक राडर गन व्यवस्था गरेको छ । यस गनले सवारीको गति नाप्न मदत गर्छ । तिव्र गति सवारी चलाईएको अवस्था पत्ता लगाउने यस राडर गनको काम हो । अबक...
गाईघाटका दुई युवा लागुऔषाध सहित पक्राउ

गाईघाटका दुई युवा लागुऔषाध सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाटका दुई युवालाई लागुऔषाध सहित पक्राउ गरेको छ । लाहानबाट गाईघाट आउने क्रममा मंगलबार ५ बजेको समयमा लालपत्ता प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १० बोक्से बस्ने वर्ष ३५ को विकाश भन्ने चन्द्रसेखर राई र सोहि स्कुटरको पछाडि सवार त्रियुगा नगरपालिका ११ शिवालय टोल वस्ने वर्ष ३० को विगेस राईलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनार्गन २५ एम्पुल, ब्रुपिनोर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागुऔषाध फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीले जानकारी दिए । लागुऔषाध सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । उनिहरुलाई थप १० दिनको म्याद थप गरी अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । उनिहरु सवार स.६।प ८५४२ नं को स्कुटरलाई श...
खुकुरी प्रहारबाट महिलाको हत्या

खुकुरी प्रहारबाट महिलाको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ गते । सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साझँ ४ बजे इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको डिएसपी दाहालले बताए । खुकुरी प्रहार गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको डिएसपी दाहालले जनाए ।...
सिमा नाकामा तालिम प्राप्त कुकुर सहित चेकिङ सुरु

सिमा नाकामा तालिम प्राप्त कुकुर सहित चेकिङ सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ गते । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको डिएसपी दाहालले बताए । डिएसपी दाहालका अनुसार सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी...
उदयपुरमा बिभिन्न प्रकारको लागुऔषाध सहित २८ पक्राउ, १५ लाई मुद्धा दर्ता

उदयपुरमा बिभिन्न प्रकारको लागुऔषाध सहित २८ पक्राउ, १५ लाई मुद्धा दर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ असोज । उदयपुरमा लागुऔषाध दुव्र्यसनी बढ्दो अवस्थामा देखिएको प्रहरीको तथ्याँङकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔाषाध नियन्त्रणका लागि संञ्चालन गरेको एमडिआई बारे जानकारी गराउन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनले गरेको तथ्याँङकमा यस्तो देखिएको हो । प्रहरी कार्यालयका अनुसार झण्डै एक महिनाको हाराहारीमा उदयपुरमा २८ जना ब्यक्ति लागुऔषाध सहित पक्राउ परेको छ । २०८० भाद्र २५ देखी असोज २२ गते सम्मको बिवरण अनुसार २७ पुरुष र १ महिला सहित २८ जना कारोवारी र प्रयोगकर्ता पक्राउ परेको हो । त्यस मध्ये १५ जनालाई भने मुद्धानै दर्ता गराईएको उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । थापाका अनुसार ब्राउन सुगर, एम्पुल, गोटी जस्ता लागुऔषाध सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुबाट ७५ एम्पुल, २३७ गोटी र ५७ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर समेत बरामद भएको छ । ...
उदयपुर प्रहरीको “एमडिआई” अभियान : धमाधम पक्राउ पर्दै लागुऔषाध कारोबारी र प्रयोगकर्ता

उदयपुर प्रहरीको “एमडिआई” अभियान : धमाधम पक्राउ पर्दै लागुऔषाध कारोबारी र प्रयोगकर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ असोज । उदयपुरको बढ्दो लागुऔषाध नियन्त्रण गर्न प्रहरीले मिसन ड्रग इन्सेप्ट (एम.डि.आई) अभियान संञ्चालन गरेको छ । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले नियन्त्रण र कानुनी कर्वाही तथा संञ्जाल क्षयीकरण, सुधार र पूनः सामाजिकरण सहितको अभियान संञ्चालन गरेको जनाए । एसपी थापाका अनुसार लागुऔषाध नियन्त्रण गर्न कानुनी कार्वाही मात्रै सबथोक नरहेको जनाए । उनले कानुनी कार्वाही बाहेकको अन्य सचेतना कार्यक्रम, संञ्जाल क्षयीकरण सँगै सुधार तथा सामाजिकीकरणको समेत आवश्यक रहेको जनाए । दुव्र्यसनीमा फसेकाहरुलाई कानुनी कार्वाहीले मात्रै हुँदैन उनिहरुलाई बैचारिक परामर्श पनि गराउनु पर्छ, उनिहरुको मन र इच्छाबाटै लागुऔषाध हटान परामर्शको अत्याआवश्यक पर्छ, “एसपी थापाले भने, । सोही अनुरुप उदयपुर प्रहरीले भने कार्वाही वाहेकको अन्य उपायहरु पनि अपनाएको हो । एसपी थापाले आफु उदयपुर आएर जिम्मेवारी सम...
गाईघाटमा जथाभावी पार्किङ गर्ने सवारीलाई ह्विल लक लगाउने क्रम जारी

गाईघाटमा जथाभावी पार्किङ गर्ने सवारीलाई ह्विल लक लगाउने क्रम जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्राफिक व्यवस्थापन सहज बनाउने भन्दै जथाभावी पार्किङ गर्ने सवारीहरुलाई निगरानी राख्दै आएको छ । नो पार्किङमा सवारी पार्किङ गर्ने सवारीलाई अहिले धमाधम ह्विल लक लगाईएको छ । चाँडबाँडलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनिकरण तथा भिँडभाँड व्यवस्थापन गर्न पार्किङमा कडाई गरिएको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार दैनिकी रुपमा सवारीलाई ह्विल लक लगाउने क्रम जारी रहेको हो । ह्लि लक लगाईएको सवारीलाई ५ सय रुपयाँ जरिवाना गरिदै आएको पनि इन्चार्ज दियालीले सचेत गराएको छ । सोमवार मात्रै १० ओटा माथि अव्यवस्थित सवारीलाई ह्विल लगक लागाईएको छ । बुलेरो, टेम्पो, मोटर साईकल लगायतका सवारीहरुलाई ह्विल लक सँगै जरिवाना गराईएको हो । भोली देखी अनलाई मार्फत जरिवाना ट्राफिक प्रहरीका अनुसार भोलीबाट जरिवाना तिर्दा क्यास कारोबा...