तिनकुने प्रदर्शन : कोठा पुग्नै लाग्दा उदयपुरकी रेविका सहित दाजु दिनेशलाई गोली लाग्यो
पूर्णपुष्टि, चैत्र २० । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार काठमाडौंको जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर कोटेश्वर हुँदै डेरा फर्कने क्रममा प्रहरीको गोलीबाट घाइते भइन् । राजावादी समूहको प्रदर्शनका कारण कोटेश्वरमा सिर्जना भएको हिंसात्मक परिस्थितिमा उनलाई आफ्नो शंकरमार्गको डेरामा बस्ने (ठूलोबुबाका छोरा) दाजु दिनेश खत्रीले लिन गएका थिए ।
दिनेश र रेविका कोठा छिर्नै लाग्दा उनीहरूलाई एकाएक गोली लाग्यो । प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी लखेट्ने क्रममा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । यद्यपि, उनीहरू रहेको स्थानमा त्यति बेला कुनै प्रदर्शन भइरहेको थिएन । गोली रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो जसका कारण उनी गम्भीर घाइते भइन् । दिनेशको भने खुट्टामा गोली छोएको थियो । करिब दुई घण्टा पछि एम्बुलेन्सले घाइते दुवै जनालाई निजामती कर्मचारी अस्पताल लगियो ।कोटेश्वर क्याम्...







