Sunday, August 30News That Matters

साहित्य

आयो ‘त्रियुगा नगरगीत’, पढ्नुहोस् -यस्तो छ

आयो ‘त्रियुगा नगरगीत’, पढ्नुहोस् -यस्तो छ

समाचार, साहित्य
पूर्णपुष्टि, असार १० उदयपुरको त्रियुगा नगरपालिकाले आजबाट नगरगीत पाएको छ । उदयपुरको आठ वटा स्थानीय तह मध्ये त्रियुगा नगर सरकारले पहिलोपटक नगरगीत सार्बजनिक गरेको हो । नगरक्षेत्रको भुगोल, जनजीवन, जातजाती, धर्म–संस्कार, संस्कृतिलाई चित्रण गर्दै नगरगीत लेखिएको छ । कृषि, उद्यम, प्रकृति र सभ्यातालाई आकलन गरी लेखिएको छ । नगरगीतले नगरको अवस्थालाई जिबन्त बनाएको छ । नगरगीतको रचनाकार त्रियुगा नगरकै बासिन्दा खिलानाथ घिमिरे हुनुहुन्छ । प्रस्तुत छ त्रियुगा नगरगीत : ===================== पहाडी पाखा चुरे र वन मैदान बगर विविध जाति मिलेर बस्ने त्रियुगा नगर कालिज, कोइली, मयुरले प्रकृति सुन्दर साकेला, ल्योछार, बालन, हुर्रा, जितिया अपार ज्ल र जंगल जमिनभरी अन्नपात उब्जाउँला सिल्पीका हातले खिपेर कला उद्योग बडाउँला स्वदेशमै हामी परिश्रम गर्छौं हटाइ विकृती निर्माण गर्छौं त्रियुगा नगर सभ्या संस्कृत...
त्रियुगाले पायो नगरगीत, यसरी सम्मानित भए रचनाकार घिमिरे

त्रियुगाले पायो नगरगीत, यसरी सम्मानित भए रचनाकार घिमिरे

समाचार, साहित्य
पूणर्पुष्टि, असार १० । उदयपुरको त्रियुगा नगरपालिकाले पहिलोपटक नगरगीत सार्बजनिक गरेको छ । पाँचौ नगर सभाको अवसरमा आज नगर गीत पनि सार्बजनिक भएको हो । नगरको भाव बोकेको गीत सार्बजनिक भएसंगै उक्त नगरगीतका लेखकलाई पनि सम्मान गरिएको छ । नगरगीतको रचनाकार खिलानाथ घिमिरे हुन् । वहाँलाई ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारसहित सम्मान गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कदरपत्र प्रदान गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले चेक हस्तान्तरण गनुभयो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले दोसल्ला र टोपी ओढाइ सम्मान गर्नुभयो । रचनाकार घिमिरे त्रियुगा नगरपालिकाबासी नै हुनुहुन्छ । ६२ वर्षिय घिमिरे वडा नं. १० बोक्सेका हुनुहुन्छ । नगरगीतलाई सम्मानका साथ नगरसभाको ब्यानर र राष्ट्रिय गीतको ब्यानरसंगै राखिएको थियो । नगरपालिकाले २०७४ सालतिरै नगर गीत लेखनका लागि खुल्ला आव्हान गरेको थियो ...
एक फगत जिन्दगी

एक फगत जिन्दगी

साहित्य
उदयपुरे ब्रो सुमन उकाली ओराली आरोह अवरोह कहिले रोदन कहिले अनगिन्ती खुसिहरु यो तेरो यो मेरो लोभ लालच तँछाडमछाड यो सब आखिर बाँचुन्जेली तक्दिरमा जो लेखिएको छ बस्नु पर्छ झेली तिमी आफ्नो भन्दै घमण्ड गर्छौ नि ? तिमी आफैमा छ समयको पाउबन्दी के नै छ र मरेपछि बस एक फगत जिन्दगी म धनी तं गरिब तँ सानो जात म ठूलो जात सन्सार छोड्दा तिम्रो अनि सबैको एउटै जात हुन्छ लास हो यहि जातले पुकारिने छौ तिमी दुनियाँ चलाउने अर्कै छ यहाँ जहाँ हामी छौ बन्दकी के नै घमन्ड गर्छौ र खै बस एक फगत जिन्दगी आएका हौ खाली हात जाने पनि खाली नै हो यस्तो भन्दै मा संघर्ष गर्न पनि छोड्नु पनि भन्दिन म आकाश छुन खोज्ने तिम्रो मस्तिष्कले धरातल बिर्सनु भएन कोही आफू भन्दा अघि बढे उस्लाइ जित्ने प्रयत्न गर्नै पर्छ ...
बृटिस–गोर्खाले चिन्नुपर्ने दमदार पत्रकार

बृटिस–गोर्खाले चिन्नुपर्ने दमदार पत्रकार

साहित्य
नगेन चाम्लिङ लण्डन शहरको एउटा चोक, दिउँसो तर चहलपहल भने कम । चारैतर्फ अग्ला ऐतिहासिक घरहरु भएको साँघुरो चौकमा १०–१५ जना भलाद्मी जस्ता देखिने नेपालीको समुह देखा पर्छन् । उनिहरु वृटिस सेनामा लामो समय सेवा गरेर अवकास भएका भुपुगोर्खाहरु बेलायत सरकारसंग कुटनीतिमा दक्खल राख्ने राख्छन् । उनिहरुलाई राम्रो थाहाछ कि बेलायतमा बृटिस–गोर्खाहरुलाई अपमान ब्यावहार छ भनेर । त्यसका खातिर उनिहरु कुटनीति बाटो अपनाउने गर्छन् । तर उनिहरुले सेवा–सुविधा जन्य समान हकहरुका बारेमा सार्वजानीक रुपमा कहिल्यै आवाज उठाएका थिएनन् । किन हो कुन्नी, आज उनिहरु पहिलो पटक हकको लागि सडकमै निस्किदैछन् । थोरै संख्याका यी समुहले के बुझे कुन्नी र अन्य समुह जस्तै आज एक्कासी विरोध ¥याली निकाल्दैछन् । सायद कुटनीति बाटो रोकिएको हुनुपर्छ । यही चौकको अर्को छेउमा भने अलिक ठुलो भिड देखियो । जहाँ ६०–७० जना जति भेला भएका होलान् । यो पनि बृ...
गाइघाट चौतारी

गाइघाट चौतारी

साहित्य
दाइ चुरिया मन्दिर आइपुग्यो नमस्कार गरौँ यहाँ त सम्झाएको मात्र हो दाइ नमस्कार खानेहरु त तलै गाउँतिर बस्छन् आउनुस् दाइ बसेर कुरा गराैैं हेरेर कुरा गरौँ उ त्यो डाँडा छ नि दाइ त्यो बोक्से हो वैदेशिक रोजगारीमा नजानेहरु तेतै रोजगारी गर्छन् तेतै भेटिन्छ, कलम बोक्ने बन्दुक बोक्नेहरु अलि मास्तीर चाहीँ यतापटि बन्दुकले जग्गा किन्नेहरु बस्छन् उतापटि गुलेलीले जग्गा किन्नेहरु बस्छन् अनि त्यो तल्लो भाग देखिन्छ नि दाइ त्यो चाहीँ गाइघाट बजार हो त्यहाँ भाउमा तलमाथि होला दाई तर व्यापारीको दाउमा तलमाथि छैन सबैको एउटै दाउ छ कमाउने अनि त्यो खोला छ नि दाइ त्यो त्रियुगा खोला हो यहाँ यसैकोे राज चल्छ नगरपालिका, क्याम्पस, अस्पताल, विद्यालय सबै यसैको हो दाइ हाम्रो त केही छैन देशले किनारा लगाएका हामी यस्कै किनारामा बस्छाँै अनि यतापटिको गाउँ छ नि दाइ त्यो दशवर्षे जनयुद्धमा मास्तिरबाट झरेक...
हामी

हामी

साहित्य
गोठकृष्ण ठकुरी हामी त वर्षाभरी ओछ्यानमा पानी परेका मान्छे हिउँदभरी जाडोमा कुना सरेका मान्छे गर्मिभरी आगनमा हावा भरेका मान्छे हामीसँग मात्र दुइ थोक छ । एउटा भोट छ अर्को नागरिकता छ जस्लाई आफु भिजेर जोगाएका छाँै आफु चिसिएर तताएका छाँै कहिले काहीँ मान्छे खोज्दै आउने मान्छेहरुलाई देखाउनको लागि हामी त मलाई म नचाहिने मान्छे ऊ लाई ऊ नचाहिने मान्छे तर मलाई ऊ चाहिने मान्छे उलाई म चाहिने मान्छे हामीसँग अरु पनि छ जस्तो कि हजुरले थमाइदिनु भएको तमासुक हजुरको आदेशमा गोली थापी दिने छाती हजुरको भाषणमा ताली बजाइदिने हात हजुरको झुट पत्याइदिने हिम्मत हामीलाई थाह छ हजुर हामीले भोट हालेर परिवर्तन हुँदैन हजुरको सबै कुरा झुट हो यसो कहिले कहीँ चुनाब कै नाममा भए पनि मुख फेर्न पाईन्छ भनेर पत्याइदिएका हाँै । हामी आफैले उकास्...
खोरियादेखि ठाडीसम्म (कथा)

खोरियादेखि ठाडीसम्म (कथा)

साहित्य
एई ! छिटो उठ । गोपालले केटी भगायो रे । सबै जना तँलाई खोजी रा’छन् । आमाले कोठाको ढोका ढ्याकढ्याक पार्दै कराउनु भयो । मुलाले, लान्छु त भन्थ्यो तर मिति भनेको थिएन । आज पो लगेछ । आँखा मिच्दै उठँे, लागेँ गोपालेको घरतिर । सानो तिनो विवाह जत्तिकै मान्छे भेला भइसकेका रहेछन् । मलाई देख्ने वित्तिकै चारैतिरबाट फात्तफुत्त प्रश्नहरु आउन थाल्यो । कहिलेदेखि थियो ? कता लग्यो ? त्यत्तिकैमा गोपालेको आमाले नजिक आइन् र कराइन् ‘तैँले पहिले नै भन्दिएको भए म रोक्थेँ’ । कुटुला झैँ गरिन् । मलाई पहिले नै थाहा छ भन्ने थाहा पाउने उनले पहिले सोधेकी थिइनन् । सोधेकी भए सायद भनिदिने थिँए । आज सबैले थाहा पाइसकेपछि पहिले थाहा पाउने मलाई केर्दै थिए । गोपाल मेरो कन्धनी लाउने बेला देखिकै साथी हो । होइन, होइन सिङ्गल कट्टु लाउने बेला देखिको हो ।  हामीसँगै हुर्कियौँ । त्यस्तै  हामीसँगै हुर्किदै गएको थियो हाम्रो गाउँ र ह...
बालकथा लेखन तालिमले बाल साहित्यमा टेवा

बालकथा लेखन तालिमले बाल साहित्यमा टेवा

समाचार, साहित्य
पूर्णपुष्टि, पुस ११ । वालवालिकाको चौतर्फी ज्ञानको विकासमा टेवा पर्याउन वालसाहित्यलाई अगाडी बढाउनु पर्ने भन्दै उदयपुरमा बालकथा लेखन तालिम भएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपाल, फिल्ड कार्यालय विराटनगरको सहयोगमा पढाई शिविर सहजकर्ता र अभिभावकहरुलाई तालिम दिइएको हो । ताप्ली गाउँपालिकाको सहकार्य रहेको तालिममा कथा लेखन, वाचन, पठन र शैक्षिक सामग्री निर्माणसमेत सिकाइएको थियो । वालकथामा वालवालिकाका विशेष रुची हुने र बाल साहित्यले नै वालमनोविज्ञान अनुरुप चौतर्फी ज्ञान र चेतना जगाउने भएकाले यस्तो तालिमको आयोजना गरिएको वल्र्डभिजनका  शिक्षा कार्यान्वयन संयोजक अजयकुमार साहले बताउनुभयो । चारदिने तालिम पौष १० गते सम्पन्न भयो । तालिममा नेपालमा सबैभन्दा बढि बाल कथा लेख्ने युवा साहित्यकार यशु श्रेष्ठले प्रशिक्षण दिएका थिए । श्रेष्ठले सवासय बढि बालकथाका ...
पाटे बाघबारे पुस्तक प्रकाशन

पाटे बाघबारे पुस्तक प्रकाशन

समाचार, साहित्य
कात्तिक २४ गते ।  नेपालमा पहिलो पटक पाटे बाघ सम्बन्धि नेपाली भाषामा पुस्तक प्रकाशन भएको छ । नेपाली पाठकहरूले आफ्नै भाषामा नेपाल, भारत, भुटान र बंगलादेशमा पाईने दुर्लभ पाटेबाघ सम्बन्धि अध्ययन गर्न पाउने भएको हो । चरा विशषेज्ञको रुपमा चिनिएका हेमसागर बरालद्वारा लिखित ‘पाटेबाघ’ पुस्तक काठमाडौँमा आइतबार लोकार्पण गरिएको छ । जुलोजिकल सोसाइटी अफ लण्डनका नेपाल प्रतिनिधिसमेत रहेका बरालले आफूले चितवनमा पथ प्रदर्शक हुँदादेखि चरामा विद्यावारिधी गर्दासम्म र त्यसपछिका विभिन्न अनुभवहरू सङ्गालेर पुस्तक तयार पारेको बरालले बताए । ‘सय वर्षअघि संसारमा भएका बाघहरूको सङ्ख्याको अहिले १० प्रतिशत मात्रै बाँकी छ ।’ बरालले भने, ‘यो पुस्तकले बाघका बारेमा थप पुस्तकहरू प्रकाशन गर्ने शोधकर्ताहरूलाई प्ररेणा दिनेछ ।’ हिमाली प्रकृतिद्वारा प्रकाशित १ सय ३० पृष्ठको पुस्तकमा फोटोग्राफरहरू सागर गिरि र प्रद्योत राणाले ...
“मिलन स्मारिका” लोकार्पण

“मिलन स्मारिका” लोकार्पण

शिक्षा, समाचार, साहित्य
उदयपुर, असोज १५ गते । कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ । केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए । जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ । मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि ब...