क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च
पूर्णपुष्टि संवाददाता
उदयपुर । ५ चैत्र, २०८२
गम्भीर प्रकृतिको रोग लागेका एक व्यक्तिलाई एसियन लाइफ इन्सुरेन्स गाईघाटले ३ लाख उपचार खर्च उपलब्ध गराएको छ।
घाँटीको क्यान्सर भएका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाका ४८ वर्षिय मोहनबहादुर परियारलाई उपलब्ध गराएको हो ।
उनले तीन वर्षअघि इन्सुरेन्स गराएका थिए ।
बीमा कम्पनीको योजना र नियम अनुसार दुई दिनअघि बिरामीको घरमै पुगेर उपचार खर्च उपलब्ध गराएको इन्सुरेन्सका शाखा प्रमुख मेनुका खत्रीले बताउनुभयो ।...






