Saturday, August 15News That Matters

स्वास्थ्य

क्यान्सरपीडित बिन्दा थापा (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी

क्यान्सरपीडित बिन्दा थापा (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी

Breaking News 2, Breaking News 3, शिक्षा, समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता उदयपुर । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटका स्वर्गीय शिक्षक श्याम मल्ल ठकुरीकी धर्मपत्नी बिन्दा थापा ( (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ । लामो समयदेखि क्यान्सर, थाइराइड, मधुमेह, उच्च रक्तचाप, मुटु तथा खुट्टासम्बन्धी समस्याबाट पीडित थापा हाल निरन्तर उपचाररत रहनुभएको छ । उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चाकर्मी कुमार अविरलको पहलमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग संकलन भइरहेको छ । हालसम्म अमेरिकामा रहेका सुमित कुमार चौहानले करिब १० हजार रुपैयाँ बराबरको एक थान ह्विलचेयर उपलब्ध गराउनुभएको छ । त्यसैगरी ब्रह्मकुमार अविरलकुमार पोखरेल, विश्वराज राई, हेमन्त कोइराला, अञ्जना शिवाकोटी, बिमल श्रेष्ठ, प्रकाश खड्का, किशन गुप्ता, बिमला राई, पावर बिस्ट फिटनेस गाईघाटका सञ्चालक दिलिप चौधरीलगायत विभिन्न सहयोगीहरूले नगद सहयोग प्रदान गरेको अभियानका ...
चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द,  आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द, आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

Breaking News 2, समाचार, स्वास्थ्य
उदयपुर, साउन १२ ।  विरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथिको आक्रमण र बार्ताको क्रममा प्रहरीबाट भएको थप ज्यादतीको विरोध भन्दै उदयपुर अस्पतालको ओपिडी सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक संघले आव्हान गरे बमोजिम इमर्जेन्सीबाहेकका सेवा  चिकित्सकहरुले ठप्प पार्दा विरामीको उपचारमा प्रभाव परेको छ । चिकित्सकहरुकाे आन्दोलनका कारण उपचार सेवामा प्रभाव परेकाे  त्रियुगा नगरपालिका १०, बोक्सेकी चण्डिका पौडेलले बताइन् । विरामीहरुका लागि सेवा सुविधामा पनि सम्बेदनशिल नदेखिएकाे उनकाे भनाइ छ । सिकिस्त विरामीका लागि रहेकाे साैचालयमा पनि ताला लगाएकाे गुनासाे उनकाे छ । दैनिक चारदेखि पाँचसय जनासम्म विरामीले ओपिडी सेवाबाट उपचार सेवा पााउदै आएका थिए । आज आउने विरामीहरु उपचार सेवाबाट बन्चित बनेका छन् । ओपिडी बन्द भएपछि विरामीको चाप इमर्जेन्सी शाखामा परेको छ । आन्दोलनको बाहानामा उपचारमा नखटिएका चिकित्सकहरु हाम्...
सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालन, अत्याधुनिक स्वास्थ्य सेवाकाे दावी

सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालन, अत्याधुनिक स्वास्थ्य सेवाकाे दावी

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ३२। उदयपुरको त्रियुगा नगरपालिका–११, असारी रोडमा सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर अस्पतालको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरवासीलाई गुणस्तरीय र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न यस्ता अस्पतालको आवश्यकता रहेको बताउनुभयो। निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको अस्पतालले स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। अस्पतालका सञ्चालकका अनुसार यहाँ आधुनिक प्रयोगशालासहित २४सै घण्टा आकस्मिक सेवा, दैनिक ओपीडी, रेडियोलोजी सेवा, शल्यक्रिया, आईसीयू, स्त्री तथा प्रसूति (गाइनो) सेवा, अर्थोपेडिक सेवा लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्। सामाजिक उत्तरदायित्वअन्...
रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास 

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास 

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/रौतहट, असार ३१। रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घटनामा उनको घाँटीमुनिको करिब ३१.५ प्रतिशत शरीर जलेको छ। घटनालगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।  ...
डेप्रोक्स लघुवित्तद्वारा उदयपुरमा डस्टबिन वितरण, सरसफाइ अभियानलाई सहयोग

डेप्रोक्स लघुवित्तद्वारा उदयपुरमा डस्टबिन वितरण, सरसफाइ अभियानलाई सहयोग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ३० । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई डस्टबिन हस्तान्तरण गरेको छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँगको सहकार्यमा त्रियुगा नगरपालिकाका आवश्यकता भएका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिने भएको छ। संघका अध्यक्ष गजेन्द्र भगतका अनुसार सार्वजनिक स्थलको सरसफाइ प्रवर्द्धन गर्दै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डस्टबिन वितरण कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रममार्फत समुदायमा फोहोर व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। डेप्रोक्स लघुवित्तका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका कार्यक्रम आगामी दिनमा पनि ...
उदयपुरमा सञ्चारकर्मीलाई सरुवा रोग तथा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण

उदयपुरमा सञ्चारकर्मीलाई सरुवा रोग तथा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ११ स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूका लागि विभिन्न सरुवा तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।स्वास्थ्य कार्यालयमा आज आयोजित कार्यक्रममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत अन्य इमर्जिङ तथा किटजन्य रोगहरूको अवस्था, जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले वर्षायामसँगै डेंगु तथा अन्य किटजन्य रोगको जोखिम बढ्ने भएकाले समुदायस्तरसम्म सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए। रोगको पहिचान, लक्षण, उपचार र बच्ने उपायका विषयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको थियो। त्यसैगरी सञ्चारकर्मीहरूले रोग नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहे...
त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

Breaking News 2, आर्थिक, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार १० उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको आय÷ब्याय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार, सशर्त अनुदान ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्वबाट १५ करोड १० लाख ९६ हजार, अन्त शुल्कबाट ६ करोड ४७ लाख ६५ हजार तथा सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रु...
उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ९ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीहरूलाई आज निःशुल्क चस्मा वितरण गरिएको छ । कारागारमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई तथा मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले संयुक्त रूपमा चस्मा वितरण गरेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेश विष्टका अनुसार दृष्टि सम्बन्धी समस्या भएका कैदीबन्दीहरूको आँखा परीक्षणपछि आवश्यकता अनुसार चस्मा उपलब्ध गराइएको हो । यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै उनीहरूको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुगेको विश्वास गरिएको छ । कार्यक्रममा कारागार प्रशासन, अस्पतालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । संस्थाले समुदायका विभिन्न वर्गलाई लक्षित गरी यस्ता सामाजिक तथा स्व...
टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/गाईघाट, असार ६ । मोटरसाइकल कुदाउँदा हेल्मेट अनिवार्य लाउने कुरालाई प्रोत्साहित गर्दै उदयपुरको गाईघाट स्थित पूर्व पश्चिम बरुवा बसपार्कको मदन भण्डारी राजमार्ग किनारमा अाज बोर्ड राखिएको छ । हेल्मेटको ठूलो तस्बिरसहित हेल्मेटको महत्व दर्शाउने बोर्ड राखिएको हो । हेल्मेट शरीरको टाउको अन्तर्गतका महत्त्वपूर्ण अङ्गहरू जोगाउन अपरिहार्य कुरा रहेको बोर्डमा उल्लेख छ। हेल्मेटको अङ्ग्रेजी अक्षर HELMET को एचबाट हेड अथवा टाउको, इ बाट इयर अथवा कान, एलबाट लिप्स अथवा ओठ, एमबाट माउथ अथवा मुख, इबाट आइज अथवा आँखा र टिबाट टिथ अथवा दाँत जोगाउने जनाइएको छ । स्कुटर वा मोटरसाइकल चलाउँदा दुर्घटना भइहाले पनि हेल्मेटले टाउको अन्तर्गतका महत्वपूर्ण अङ्गहरू जोगाउने भएकाले अनिवार्य रुपमा लगाउन सन्देश दिइएको छ । यी अ‌ग जाेगिएमा दुर्घटनामा परेर घाइते भएकाकाे बाँच्ने सम्भावना बढी रहेकाे हुन्छ । राजमार्...
बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार २ । त्रियुगा नगरपालिका–१३ जनज्योती टोल स्थित वरुवा बसपार्क क्षेत्रमा सञ्चालन गरिएको बिटुमिन प्लान्टका कारण वातावरण तथा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय समुदायले सम्बन्धित निकायसमक्ष तत्काल प्लान्ट हटाउन माग गरेका छन् । विश्व बैंक ऋण सहयोग कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकाका विभिन्न वडामा सडक निर्माणका लागि स्थापना गरिएको बिटुमिन प्लान्ट न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार वातावरणीय मूल्याङ्कन तथा परीक्षण नगरी सञ्चालनमा ल्याइएको उक्त प्लान्टबाट निस्कने धुवाँ, धुलो र रासायनिक पदार्थले आसपासको वातावरण प्रदूषित बनाएको छ। निवेदनमा उल्लेख भएअनुसार प्लान्टमा प्रयोग हुने टारकोललाई पातलो बनाउन प्रयोग गरिने ‘थिनर’ मानव स्वास्थ्यका लागि ‘स्लो पोइजन’ सरह रहेको दाबी गरिएको छ। उक्त रासायनिक पदार्थ तथा प्लान्टबाट निस...