Wednesday, August 19News That Matters

स्वास्थ्य

स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’

स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ । उदयपुरकाे त्रियुगा नगरपालिका अन्तर्गत देउरी स्वास्थ्य चाैकीलाइ किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे छ । किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्दै अएको साे स्वास्थ्य चाैकीले मापदण्ड पुरा गरेकाले साेमबार किशाेरकिशाेरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राइले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गर्नुभयाे । उहाँले समाज परिवर्तनका संवाहक जनसंख्याको महत्वपूर्ण संख्यामा रहेका किशोर किशोरीहरूको समग्र विकासका लागि स्वास्थ्य सेवा मैत्रीपूर्ण बनाउदै लैजानुपर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य संस्थाका इन्चार्ज रेखा चैधरीलाइ प्रमाण पत्र हस्तान्तरण गर्नुभयाे । परिवार कल्याण महासाखा, स्वास्थ्य कार्यालय उदयपुर र स्थानीय तहको प्रतिनिधिहरूले गुणस्तर अभिवृध्दी तथा प्रमाणि...
नेपालको ५ वटा जिल्ला कोरोनामुक्त

नेपालको ५ वटा जिल्ला कोरोनामुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ नेपालको ५ वटा जिल्ला कोरोना मुक्त भएको सरकारले जनाएको छ । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा संक्रमित नहरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ७ हजार ७ सय ५२ पुगेको छ ।
कास्कीमा थप १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

कास्कीमा थप १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ कास्कीमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो । पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भएको छ भने मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २९ पुगेको छ । आजसम्म गण्डकी प्रदेशमा ३ सय ५३ जना उपचारपछि निको भइ...
सिराहामा मास्क नलगाउने ६४ जना पक्राउ

सिराहामा मास्क नलगाउने ६४ जना पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ सिरहामा मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।...
ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना सङ्क्रमण पुष्टि

ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उच्च ज्वरो आएपछि कोरोना परीक्षण गराएको थियो । हिजो आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको भएपनि डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो । मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो । पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आउनुभएको थियो । अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गर्नुभएको थियो । ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो ।  ब्राजिलमा कोरोना भाइरस स...
नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ नेपालमा ९९ प्रतिशत कोरोना भाइरस (कोभिड–१९) का लक्षण विहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । अहिलेसम्म २ लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा हालसम्म २ सय ६७ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ । काठमाडौँमा १ सय ७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा ...
थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ नेपालमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएका छन् । योसँगै ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा

समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ गृहमन्त्री रामबहादुर थापाले देश समृद्धिको बाधक लागुऔषध रहेकोे बताउनुभएको छ । पछिल्लो समयमा आएर सबैभन्दा धेरै युवा पुस्ता लागुऔषधको दलदलमा फसेकाले मुलुकको समृद्धिको बाधक लागुऔषध नै भएको उहाँले बताउनुभयो । गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृह मन्त्रि थापाले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको बताउनुभयोे । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएको उहाँले बताउनुभयो । मुलुकभर कुल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले देखाएको छ । विभिन्न ४३ जिल्लाका २ हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५ सय ३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पा...
जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ जनावरहरुबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका हुन् । अहिले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको तर्क छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् । पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको  छ ।  कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् । यी...