Wednesday, August 19News That Matters

स्वास्थ्य

कोरोना रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रम

कोरोना रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ उदयपुरमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखा निर्देशनालय १ नम्बर प्रदेशको आयोजनामा सोमबार गाईघाटमा कार्यक्रम भएको हो । यो कार्यक्रम एक घर एक जडिबुट्टी, योग र नकारात्मक जिवनशैली व्यावहार परिवर्तन गर्ने उद्देश्यका साथ संचालन भएको छ । जिल्ला, पालिका, वडा र टोल–टोलसम्म पुर्याउने योजनाको परिकल्पना गरी गत वर्ष १ न. प्रदेशको २ वटा प्रदेशबाट कार्यक्रम सुरु गरेको थियो । यो अतिआवश्यक विषय भएकाले आफुबाट नै लागु गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रमा पालिका सक्रिय रहेकाले स्वास्थ्य सस्थामा सफल भएको जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताउनुभयो । पछिल्लो समयमा चौदण्डिगढी नगरपालिमा निर्माण भएको आईसोलेसनमा नै कोरोना संक्रमितहरुलाई उपचार भईरहेको उहाँले बताउनुभयो । मानिसले दैन...
नेपालमा थप थप १८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप थप १८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै ६ हजार ८ सय ११ निको भईसकेका छन् । हिजो अर्थात असार २१ गते वाग्लुङको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।...
ढलमा फेला परेको कोरोना मानिसमा सर्ने प्रमाण छैन : मन्त्रालय

ढलमा फेला परेको कोरोना मानिसमा सर्ने प्रमाण छैन : मन्त्रालय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,  असार २१ काठमाण्डौको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ । संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनुनपर्ने स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा या निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखिएको तर यसबाट डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयोे । ढलको पानीमा कोरोना २ दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट मानिसमा कोरोना सरेको प्रमाण नभेटिएको जनाईएको छ । ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम ग...
आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २१ नेपालमा आज थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । त्यस्तै आज थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।
विश्वभर ५ लाख २९ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु

विश्वभर ५ लाख २९ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ  । उक्त संक्रमित मध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना उपचारपछि निको भएका छन् ।  अहिले करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । विश्वमा सवै भन्दा बढी कोरोना संक्रमणबाट अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै २८ लाख ९१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको जनाईएको छ  ।...
कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २०  नेपालमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट गोखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । गोरखाका पालुङटारको पुरुषको शनिबार बिहान मृत्यु भएको जनाईएको छ । असार १७ गते कतारबाट फर्किएका उनको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, रुपन्देही देवदहका एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उनमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।...
आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । उक्त संक्रमित मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि निको भएका छन् । भने ३४ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्वरेण्टीनबाट घर फर्किएकी १ महिलाको मृत्यु

क्वरेण्टीनबाट घर फर्किएकी १ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट फर्किएर गोदावरी नगरपालिका–१० मा क्वरेण्टीन अवधि पूरा गरी घर गएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो । भारतबाट उनी जेठ २६ गते फर्किएको थियो । मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ । मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ । कोरोना परीक्षणको लागि शुक्रबार नै स्वाब सङ्कलन गरी धनगढी प्रयोगशाला पठाइएको गोदावरी नगरपालिकाले जनाएको छ ।...
गण्डकीमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकीमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका कोरोना सङक्रमितको संख्या १ हजार ७९ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये २ सय ९६ जना उपचारपछि निको भएको जनाईएको छ । आज विहान गोरखाका ४४ वर्षका पुरुषको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको जनाईएको छ । तर स्वास्थ्य मन्त्रालयले ती पुरुषको निधनबारे पुष्टि गर्न बाँकी छ ।...
विश्वमा कारोना संक्रमितको संख्या १ करोड ११ लाख बढी

विश्वमा कारोना संक्रमितको संख्या १ करोड ११ लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । उक्त संक्रमित मध्ये ५ लाख २९ हजार १ सय २७ जनाको मृत्यु भईसकेको जनाईएको छ । विश्वमा सवै भन्दा बढी अमेरिकामा २८ लाख ९० हजार बढीमा कोरोना संक्रमण भएको छ भने अहिलेसम्म उक्त संक्रमितमध्ये १ लाख ३२ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६३ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।...