Wednesday, August 19News That Matters

स्वास्थ्य

पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते । पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका २\२ जना र मोदी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष र १३ न. वडाका २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुष र मोदी गाउँपालिका ६ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।...
विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  विश्वको विभिन्न देशमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाईरस संक्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले मृत्यु भएको जनाईएको छ । विश्वमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८४ लाख पुगेको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । यसैबीच भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । संक्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् भने १२ हजार २ सय ६२ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ४ गते ।  गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा थप ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना संक्रमित भेटिएका छन् । मनाङका संक्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना र तनहुँमा १२ जना रहेका जनाईएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
नेपालमा कोरोना मुक्त हुनेको संख्या १ हजार नाघ्यो

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १ हाजार नाघेको छ । अहिलेसम्म नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ  । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सिरहाबाट ६ जना र वीरगञ्जबाट ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाईएको छ ।...
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भेटिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएका परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त संक्रमित मध्ये ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट १ सय ६, नारायण क्याम्पसमा रहेको आइसोलेशन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना निको भएर घर गएको जनाईएको छ । योसँगै कोरोना मुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ ।...
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते । गण्डकी प्रदेशमा थप २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् । यीमध्ये कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो । त्यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण ...
२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

२ न. प्रदेशमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।    २ न. प्रदेशमा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै २ न. प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । सप्तरीमा ३, सिरहामा २, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ सय ६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।...
नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  आज नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सख्या ७ हजार १ सय ७७ पुगेको छ । उक्त संक्रमित मध्ये १  हजार १ सय ६७ पुगेको छ भने २० जनाको मृत्यु भईसकेको छ ।
अर्घाखाँचीका २ जना कोरोना संक्रमित उपचारपछि निको भए

अर्घाखाँचीका २ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  अर्घाखाँची दुई जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वरेण्टीनमा रहेका दुई जना कोरोना मुक्त भएको अस्पतालले जनाएको छ । गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै ५ जना अर्घाखाँची आइपुगेका थिए । उनीहरुलाई पाणिनी गाउँपालिका–८ को विद्यालयको क्वरेण्टीनमा राखिएको थियो । उनीहरुको गत जेठ १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी  प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । प्रयोगशालामा परिक्षण गर्दा १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा जेठ १३ गते कोरोना पुष्टि भएको थियो । सेल्फ क्वारेन्टाईनमा बस्ने गरी उनीहरुलाई घरमा पठाइने जनाएको छ । अहिलेसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । अर्घाखाँचीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने २ जना कोरोना मुक्त भएका छन् ।...
मलेसियामा रहेका सवै नेपाली कोरोना मुक्त

मलेसियामा रहेका सवै नेपाली कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३ गते ।  मलेसियामा रहेका सवै नेपालीले कोरोनालाई जितेको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा उपचारपछि उनीहरु सवै निको भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । पछिल्लो २ हप्तामा कसैमा नयाँ संक्रमण नदेखिएको र संक्रमितहरु पूर्ण रुपमा निको भएको जनाईएको छ । खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम संख्यामा मात्रै नेपाली संक्रमित भएको छ । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण मृत्यु समेत भएको थियो । मलेसियामा अहिलेसम्म ८ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७ हजार ७ सय ३३ जना उचपारपछि निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १ सय २१ जनाको मृत्यु भएको छ । ६ सय ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकड...