Tuesday, August 18News That Matters

स्वास्थ्य

विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना संक्रमण

विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । उक्त देशमा करिब ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार  नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य कतारमा २ हजार ५ सय, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ५४ र माल्दिभ्समा १० जनामा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, पोर्चुगलमा २९, आयरल्याण्ड २२, स्पेनमा १३, क्यानाडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, बेल्जियम ६, स्वीजरल्याण्ड ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकंङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएक...
विश्वमा करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि

विश्वमा करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । विश्वभर छरिएर रहेका करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विभिन्न देशमा रहेका ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । विश्वका १९ देशमध्ये सबैभन्दा बढी कतारमा रहेका २५ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको समितिले संकलन गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९ र एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ ।  संक्रमितमध्ये ३५ प्रतिशतभन्दा धेरै निको भएको स्वास्थ्य समितिको तथ्याँक देखाएको छ ।...
जुन महिनादेखि इटलीले यात्रा अनुमति दिने

जुन महिनादेखि इटलीले यात्रा अनुमति दिने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । इटली सरकारले जुन महिनादेखि विदेश जान र आउनका लागी अनुमति दिने घोषणा गरेको छ । इटली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाउने इटालीको मन्त्रिपरिषद्को निर्णयले गरेको जनाईएको छ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइने पनि जनाईएको छ । मे १८ मा अन्त्य हुनेगरी ईटालीले अवागमनमा प्रतिबन्ध लगाइएको छ । युरोपमा फैलिएको कोरोना भाइरसको प्रकोपको केन्द्रबिन्दु ईटाली बनेको थियो । संक्रमण नियन्त्रणका लागि युरोपमा सबैभन्दा कडा अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । सुरूमा यस निर्णय प्रति यूरोपेली देशहरूले आलोचना गरेपनि इटलीले लकडाउन नै संक्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो । इटालीले पहिलो पटक मार्च १० मा लागू भएको ...
थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते ।  नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । रौतहट राजपुर नगरपालिका फरहदवा–९ का ७ जना र इशनाथ नगरपालिका–३ का तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने ३६ जना उपचारपछि निको भएको छ । कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...
सुत्केरीको मृत्यु बोरे मन्त्रालयले अध्ययन गर्दै

सुत्केरीको मृत्यु बोरे मन्त्रालयले अध्ययन गर्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते । सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाईरस (कोभिड–१९)को संक्रमणले भए नभएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन सुरु गरेको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा बाह्रविसेकी २९ वर्षीया महिलाको विहिबार मृत्यु भएको  थियो । गत बैशाख २३ त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर २५ गते घर फर्किएकी महिलालाई ज्वरो आउने, खोकी लाग्ने र स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी थिईन् । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको श्रोतले जनाईएको छ । तर महिलाको कोभिड–१९ का कारण मृत्यु भए नभएको भन्ने बारे अध्ययन सुरु भईसकेको मन्त्रालयले जनाएको छ । धुलिखेल अस्पतालको कोभिड–१९ टाक्स फोर्सको स्काईपमा भएको बैठकले मृतक महिलाको उपचारमा संलग्न चिकित्सक टोलीलाई क्वारेन्टाइनमा राख्ने र शिल गरिएको आकस्मिक कक्षलाई...
थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्या २७८ पुग्यो

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्या २७८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  थप २ जनामा कोरोना भाइरस संक्रमण पुटि भएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि आज नै ९ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।...
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  आज फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा आजै बिहान ६ जनामा संक्रमण पुष्टि भएको थियो ।...
कोरियामा १०४ वर्षीया जेष्ठनागरिक उपचारपछि निको भए

कोरियामा १०४ वर्षीया जेष्ठनागरिक उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  दक्षिण कोरियाका एक सय चार वर्षीया जेष्ठनागरिक कोरोना संक्रमित उपचारपछि निको भएको छ । जेष्ठनागरिकको ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज भएको हो । एक हप्ता अघि कोरोना संक्रमणको पुष्टि भएको जेष्ठनागरिकलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई सुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो । उनको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । ९ औँ पटकबाट कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको थियो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।...
सिराहामा पहिलो पटक कोरोना संक्रमित फेला

सिराहामा पहिलो पटक कोरोना संक्रमित फेला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते । सिराहामा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९)को संक्रमित फेला परेको छ । राष्ट्रिय जनवास्थ्य प्रयोगशाला, काठमाण्डौ टेकमा गरिएको परिक्षणमा सिराहाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ नं प्रदेशको ७ वटै जिल्लामा कोरोना संक्रमित फेला परिसकेको थियो । तर सिराहा जिल्लामा भने देखा परेको थिएन । नेपालमा पछिल्लो पटक थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्र संक्रमितमध्ये सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै वीरगन्ज नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, बर्दिया नार्खु–११ की २८ वर्षकी महिला, सर्लाही रामनगर–४ का १८ वर्षकी युवती र चितवन गढौली–१ की २५ वर्षकी युवतीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य...
उदयपुरमा एक समुदायबाट बाहिरियाे कोरोना संक्रमण

उदयपुरमा एक समुदायबाट बाहिरियाे कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा कोरोना संक्रमण सिमित रहेको अवस्थामा आज पहिलोपटक समुदाय बाहिर एकजनामा देखिएको छ । भुल्केको नुरि मस्जिद रहेको बस्तिमा ३२ जना भेटिएकोमा आज सो समुदाय बाहिर गाईघाट बजारको एक २५ वर्षिय युवामा संक्रमण पुष्टि भएको हो । याे संगै उदयपुरमा अव संक्रमितकाे संख्या ३३ पुगेकाे छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको संक्रमित युवा सञ्चारकर्मी रहेको बुझिएको छ । उनी उदयपुरको एउटा बस्तीमा सिमित रहेको अवस्थामा समुदाय बाहिर देखिने उदयपुरको पहिलो ब्यक्ति हुन् । गत वैशाख ३१ गते २६ जना जिल्लाका पत्रकारहरुसंगै स्वाव नमुना संकलन गरी परिक्षण गर्दा उनी एकजनाको रिपोर्ट पोजेटिभ आएको हो । उनी कसरी संक्रमित भए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यो संक्रमित घटनासंगै एक समुदायबाट नियन्त्रण बाहिर गएको छ । यसले...