भुल्केका संकास्पद ८ जनामा कोरोना पुष्टि, भुल्केमा मात्रै संक्रमितको संख्या २२ पुग्यो
पूर्णपुष्टि, बैशाख ९ ।
भुल्केबाट विहान कोरोना संकास्पद भन्दै धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका संक्रमितहरुसंगको सम्पर्कमा रहेका उनीहरुलाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टिगरेसंगै सरकारले पुष्टि गरेको एक स्वास्थ्य अधिकारीले बताए ।
कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण गरिएको उनीहरुको रिपोर्ट पोजेटिभ देखाएको थियो । कोशी अस्पतालमा रिपोर्ट पोजेटिभ देखाएपछि क्रसचेकका लागि आठैजनालाई विहानै एम्बुलेन्सबाट धरान लगिएको थियो । लक गरिएको बस्तीबाट उनीहरुलाई लगिएको थियो । मस्जिदमा रहेका १३ जनामा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेको बस्तीबासीलाई प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना लिएको थियो । गत ६ गते लिएको ६९ जना मध्ये आठ जनालाई पोजेटिभ देखिएको हो । उ...







