Tuesday, July 14News That Matters

स्वास्थ्य

पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते ।  भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ । पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आगामी मे १ अर्थात वैशाख १९ गतेसम्मका लागि लकडाउन र  कर्फ्युको समय बढाउने निर्णय गरेको संचारमाध्यमले जनाएका छन् । पन्जाबमा मात्रै कोरोना सङ्क्रमणका कारण १ सय ३२ जनामा कोरोना पुष्टि भएको मध्ये ११ जनाको मृत्यु भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको जनाईएको छ ।...
यमनमा पहिलो कोरोना संक्रमित फेला

यमनमा पहिलो कोरोना संक्रमित फेला

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमीत यमनमा पहिलो पटक एक जनामा पुष्टि भएको छ । यमनमा कोरोनाको संक्रमित फेला परेसँगै विश्वको २ सय १० देश पुगेको हो । अहिलेसम्म २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको संक्रमण फैलिँदा साढे १६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । ३ लाख ७६ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको मृत्यु भएपछि १ लाख २ हजार जनाको मृत्यु भईसकेको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको मृत्यु भएको छ ।  ...
एनएमवी बैंकद्वारा प्रदेश सरकारलाई १०० थान पिपिइ सहयोग

एनएमवी बैंकद्वारा प्रदेश सरकारलाई १०० थान पिपिइ सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ । एनएमवी बैंकले १ नं. प्रदेश सरकारलाई चिकित्सकका लागि अतिआवश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ । बैंकले हिजो १०० थान सामाग्री हस्तान्तरण गरेको हो । नेपालमा स्वस्थ्यकर्मीहरुलाई पीपीइ सेटको अभाव भईरहेको अवस्थामा बैंकको उक्त सहयोग सार्थक देखिएको छ । बैंकका १ नं. प्रदेश प्रमुख उत्सव घिमिरेले मुख्यमन्त्री कार्यालयमै मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ बाट मुलुकमा बढी प्रभावित समुदाय, व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका सहयोग र योगदान पुर्याईरहेको बैंकका प्रदेश प्रमुख घिमिरेले बताउनुभयो । कोभिड १९ को विरुद्ध सरकारको पहल र कदममा बैंक पनि साथै सरिक रहने उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले विषम परिस्थितिको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।...
आरटिआई उदयपुरद्धारा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

आरटिआई उदयपुरद्धारा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २८ गते । सूचनाको हकका लागि राष्ट्रिय संजाल (आरटिआई) उदयपुरले जिल्लाका सवै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सम्बन्धित निकायले थालेको उपायहरु बारे नागरिकसम्म सूचना प्रवाह गरी सार्वजनिक गर्नु जरुरी भएको भन्दै आरटिआईले ६ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको हो । वेबसाइट, एप्स, सामाजिक सञ्जाल (फेसबुक पेज) लाई नियमीत रुपमा अपडेट गरि, तथा स्थानिय रेडियोको प्रयोगगरी नागरिकमा सूचनाको पहुच अभिबृद्धि गरि सूचनाको हकलाई प्रत्याभुत गराउन बिशेष ध्यान दिन, स्थापना गरिएको टोल फ्रि नं., सूचनाबोर्ड व्यवस्थापन र थप प्रभावकारी रुपमा कार्यन्वयनका लागि नगरबासीमा प्रचारप्रसार गर्ने,  राहत वितरण, खरिद, पाउने व्यक्तिको नामसहितको मापदण्डलाई आम नागरिकलाई जानकारी हुने गरि प्रत्येक वडा तथा यस कार्यालयको वेवसाइट र एप्समार्फत नियमित रुपमा स...
कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट

कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट

समाचार, स्वास्थ्य
पूर्णपष्टि, चैत २८ गते ।  दाङको एक क्वारेण्टीनमा भर्ना भएका २० जनामध्ये ८ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । बेलझुण्डीमा रहेको क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टीनमा भर्ना भएका मध्ये ८ जनाको रिर्पोट आईसकेपनि अन्य बाँकी १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कैलालीको गौरीफन्टा नाका भएर आएका चार, रुपैडिहा नाका भएर आएका एक र दुवईबाट आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो । भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।...
कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये तीन लाख ५५ हजार छ सय ७१ जना उपचारपछि निको भएका छन् । विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ११ लाखभन्दा बढीको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । अहिलेसम्म इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा भित्र अमेरिकामा १७ सयभन्दा बढीको मृत्यु भएसँगै साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जेष्ठ नागरिक उपचारपछि निको भएको छ । धेरै बृद्ध एक सय एक वर्षीय जेष्ठ नागरिक उपचारपछि निको भएको हो । बेलायतको वोरसेस्टरशायरका जेष्ठ नागरिक किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । भाईरस पुष्टि भएपछि केही समयको उपचारपछि किथ निको भएको संचारमाध्यमहरुले जनाएको छ ।...
प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ विहीबार प्रदेश न.१ मा  विभिन्न ७ स्थानमा ४१ क्वारेनइन बेड थपिएका छन् ।  सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारे...
उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । हालसम्म उदयपुरका विभिन्न ठाउँका क्वारेन्टाइनमा बस्नेको संख्या ६९ रहेको छ । जिल्ला जनस्वस्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार जसमा पुरुषहरु ६० र महिला ९ जना रहेका छन् । सबैभन्दा बढि कटारीको बेलसोत क्वारेन्टाइनमा छन् । २३ पुरुष र ३ महिला गरी २६ जना बसेका छन् । उनीहरुले १४ दिन पुरा गरिसकेको र सबैजनाको अन्तिम स्वाप परिक्षणका लागि हिजो नै नमुना लिइ धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षण केन्द्रमा पठाइएको छ । भोलीसम्ममा रिपोर्ट आउने र नेगेटिभ आएकालाई घर पठाइने, पोजेटिभ देखिएकालाई उपचारमा पठाइने जनस्वस्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसपछिको ठूलो संख्या बेलका नगरपालिकाको रहेको छ । उक्त नगरपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएका छन् । त्रियुगा नगरपालिकामा ८ जना छन् । रौतामाई गाउँपालिकामा पनि ८ जना नै रहेका छन् । लिम्चुङबुङ गाउँपालिक...
प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । प्रदेश १ मा हालसम्म १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् । यता, उदयपुरमा भने १३ जनाको स्वाप परिक्षण भई सोको रिजल्ट नेगेटिभ आएको छ । हिजोमात्र उदयपुरको बेलसोत क्वारेन्टाइनबाट थप २६ जनाको स्वाप नमुना लिइ धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सोको रिपोर्ट भोलीसम्ममा आउने जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।...