पहाडी गाउँपालिकामा निःशुल्क स्वस्थ्य शिविर
उदयपुर, मंसिर ३० गते ।
विकट पहाडी गाउँमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय आमाहरुले सेवा लिएका छन् । रौतामाई गाउँपालिका–४ सल्लेमा महिलाको आङ्ग (पाठेघर) खस्ने समस्या सम्बन्धि शिविरबाट उक्त संख्यामा आमाहरुले प्रत्यक्ष सेवा लिएका थिए । बागमती सेवा समाजको आयोजना, आड्रको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयनमा शिविर संचालन भएको थियो । शविरबाट प्रत्यक्ष सेवा लिएका ९६ जना मध्ये ७ जनाको रिङ राखिएको छ भने ६ जनालाई अप्रेशनको लागि बाहिर पठाएको शिविरका डाक्टर रुवी सिंहले बताईन् । शिविरमा आएका विरामीहरु मध्ये ६ जना बाहेक ७ जनालई रिङ राखेको र अन्य सामान्य विरामीलाई पाठेघर सम्बन्धित स्वास्थ्य परामर्श र औषधी दिएर घर पठाएको उनले बताईन् ।
रेफर गरिएका विरामीहरुलाई कोशी अञ्चल अस्पालमा उपचार हुने र त्यस अस्पतालमा उपचार हुन सकेका विरामीहरुलई बनेपाको सिरमेमोरियल अस्पतालमा निःशुल्क उपचार हुने ब...







