मेयरको पहलमा गम्भीर प्रकृतिका विरामी बृद्धलाई सहयोग
अभिमन्यु लामिछाने
उदयपुर, भदौ २० गते ।
गम्भिर प्रकृतिको विरामी बुद्ध तामाङ्लाई कटारी नगरपालिका मेयरको पहलमा आर्थिक सहयोग जुटेको छ । नाजुक आर्थिक अवस्था भएका तामाङको उपचार खर्च जुटाउन नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा एक लाख रकम जुटेको हो ।
कनपा–४ मरुवा निबासी १४ बर्षीय तामांगको उपचार गर्ने क्रममा नोबेल अस्पतालका डाक्टरको लापरबाहीले मोटो आंद्रा ठुलो आंद्रामा जोडे पछि बिरामीको अबस्था गंभीर बनेको तामाङको फुपु सबीना तामांगले बताइन ।
अहिले त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराईरहेको तामांगको स्वास्थमा केहि सुधार भएको तामाङ्को परिवारले जनाएको छ । उनका वुवा समेत टिबी रोले थला परेको छ भने तामाङ तीन महीनाको हुदा उनको आमाले छोडेर हिडेको थियो ।
तामाङको आर्थिक अवस्था अत्यन्त नाजुक र दयनिय रहेकाले मेयरको सहयोग उनीहरुको लागि भगवान सरह भएको उनको फुपु सबीनाले भनिन् । यसर...







