Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालको ११ जिल्लामा ५०० भन्दा धेरै संक्रमित

नेपालको ११ जिल्लामा ५०० भन्दा धेरै संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालको ११ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । काठमाण्डौमा मात्रै १५ हजार ९ सय सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् भने मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हिजो ३ हजार ७ सय ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । हिजो ३ हजार ५ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुन...
कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना सङ्क्रमणबाट बच्न प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । युरोपमा अब दैनिक एक हजारभन्दा धेरैको मृत्यु हुने चेतावनी पनि दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ । त्यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै ब...
नेपालमा थप ३७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २९  नेपालमा आज थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ । अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।...
पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २९ फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आगामी शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने जनाईएको छ । दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको मृत्यु भएको छ ।...
नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपष्टि, असोज २८ नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा२ हजार १ सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको छ । अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।...
अब १ हजारमै कोरोना परीक्षण हुने

अब १ हजारमै कोरोना परीक्षण हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ सरकारले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको छ । शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने छ । यसैबीच सरकारले कोरोनाको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका ७ सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न र गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ३५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ नेपालमा आज थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ । अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।...
बेलकामा वडा सदस्यसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी

बेलकामा वडा सदस्यसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ उदयपुरको बेलका एक वडा दस्यसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका–९ का वडा सदस्यसहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यहि असोज २२ गते ३२ जनाको स्वाब संकलन गरी परिक्षणको लागी  प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वावमध्ये २४ जनाको रिर्पोट आएकोमध्ये तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ४० वर्षिय पुरुष र २० र २४ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । वडा सदस्य पुरुष रहको पुरुष रहेको जनाईएको छ ।...
कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ कोरोना संक्रमणबाट चितवनको चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यहि असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।...
कोरोनाबाट मोरङमा थप ३ जनाको मृत्यु

कोरोनाबाट मोरङमा थप ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ मोरङमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एक जना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जनाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रले जनाएको छ । बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको जनाईएको छ । वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको थियो त्यस्तै बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको जनाए...