Thursday, August 20News That Matters

स्वास्थ्य

बुटवलमा कोरोनाबाट एकको ज्यान गयो

बुटवलमा कोरोनाबाट एकको ज्यान गयो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २७  बुटुवलमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकपुरुषको कोरोनाबाट मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ९ः४५ बजे मृत्यु भएको बुटुवल अस्पतालले जनाएको छ । असोज २ गते ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो। । सोही दिन कोरोना रिपोट पोजेटिभ आएपछि उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।  ...
उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो पटक  दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतामाई गाउँपालिका–७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यहि असोज २२ गते १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वाव मध्ये  दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २७ महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भङ्गाहा नगरपालिकाका मेयर  सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेको थियो । केही दिनदेखि ज्वरो आउने, हात कटकटी दुख्दै थालेपछि मयेर साहले सोमबार जनकपुरमा पिसीआर परिक्षणका लागी स्वाब दिएको थियो । परिक्षणमा पोजेटिभ नतिजा आएको जनाएको छ । उनी होम आइसोलेसनमा बसेको जनाएको छ । त्यसैगरी महोत्तरीका रासस र कान्तिपुरकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु अहिले होम आइसोलेसनमा छन् । यसअघि अन्नपूर्ण र न्यूज–२४ का रिपोर्टरलाई पुष्टि भएको थियो । तर उनीहरु अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।...
विरामी श्रीमती छाडेर श्रीमान् बेपत्ता, विरामीको अवस्था गम्भिर, पक्राउ गरीदिन भन्दै प्रहरीमा उजुरी

विरामी श्रीमती छाडेर श्रीमान् बेपत्ता, विरामीको अवस्था गम्भिर, पक्राउ गरीदिन भन्दै प्रहरीमा उजुरी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २६ । विरामी श्रीमतीलाई छाडेर उदयपुरबाट एक पुरुष वेपत्ता भएका छन् । झापा घर भई त्रियुगा नगरपालिका ११ गाईघाटमा डेरागरी बस्ने चुडाप्रसाद फुयल गम्भिर अवस्थाकी श्रीमती अनिता फुयललाई छाडेर बेपत्ता भएका हुन् । व्यवसायको सिलसिलामा गाईघाट बस्दै आएका फुयलले एकवर्षदेखि श्रीमतीको हेरचाह र भेटघाट नगरी बाहिर बाहिरै वेपत्ता हुदै आएको ससुरा काँशीनाथ बरालले बताउनुभयो । श्रीमान्बाट वेवारिसे अवस्थामा छाडिएकी अनिताको भने विमारका कारण स्वास्थ्य अवस्था गम्भिर बनेको छ । उनी प्यानक्रिज विमारी (आन्द्राको सातपत्रे ड्यामेज) का कारण चार महिनादेखि थलिएकी छिन् । हिड्डुल गर्न सक्दिनन् । खान खान र चर्पी जानसमेत अरुकै साहारा चाहिन्छ । काठमाडौं टिचिङ अस्पतालमा आइसियुमै राखेर उपचार गरिएको थियो । हाल खर्चको अभावले गाइघाटमै ल्याएर राखिएको छ । उनको पेट चिरेर पाईपबाट नै दिसा पिसाव गराइन्छ । माइतीबाट...
नेपालमा थप ४०४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ४०४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २६ नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना ंसंक्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी वितेको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७७ हजार २ सय ७७ पुगेको छ । नेपालमा ३३ हजार ८ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ४ हजार ८ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिलो २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २६ उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डिगढी नगरपालिका–७  को प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा कार्यरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आफ्नो जिनीकाममा काठमाण्डौ गएर यहि असोज २२ गते बेल्टार आएर सेल्फ क्वारेन्टाईनमा बसेको थियो । उनको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।...
बदाम, चना र केराले कुपोषणबाट बचाउँछ

बदाम, चना र केराले कुपोषणबाट बचाउँछ

स्वास्थ्य
पुर्णपुष्टि,असोज २६ मानव शरिरमा पोषणको मात्रा कमि भएमा कुपोषणको बढी जोखिम देखिन्छ । बढी जसो यो रोग केटाकेटीहरुमा देखिन्छ । यस रोगबाट बच्न हामिले बिभिन्न पोषण तथा भिटामिनयुक्त खानाहरु प्रसस्त मात्रामा खानुपर्छ । यसका लागि बदाम, चना र केरा यस रोगको विकल्प हो । सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ । यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ । साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण  विश्वभरि नै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । विश्वभरि १५ करोड बालबालिका कुपोषणबाट प्रभावित छन् भने पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये आधाभन्दा धेरै कुपोषित रहेका छन् । कुपोषित बालबालिका अरु स...
कोरोनाबाट धरामा थप १ जनाको मृत्यु

कोरोनाबाट धरामा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गतराति ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा उच्च रक्तचापको पनि समस्या थियो । यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैबीच नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाईएको छ ।...
प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २६ प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया एक सय नाघेको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु  हुनेको सख्ंया १ सय ४ जना पुगेको हो । अहिलेसम्म कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ । मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिले जनाएको छ । प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको छ । प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।...
शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।...