Thursday, August 20News That Matters

स्वास्थ्य

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र दाङका एक/एक जनाको मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो । असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ । त्यस्तै दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज...
नेपालमा एक लाख भन्दा बढी कोरोना संक्रमित

नेपालमा एक लाख भन्दा बढी कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २३ वितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । त्यस्तै वितेको २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २३  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी हप्तादेखि नियमित काममा फर्किने भएको छ । कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् । उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने जनाएको छ । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको संचारमाध्यमले जनाएको छ ।...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २३ कोरोना संक्रमणबाट आज विराटनगर र धरानमा थप चार जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुई जनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका–९ र धरान उपमहानगरपालिका–१२ का पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो । यहि असोज १७ गते नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका–१२ का ...
सवैले प्रवेश परीक्षामा दिन पाउने

सवैले प्रवेश परीक्षामा दिन पाउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ चिकित्सा शिक्षा आयोगले लिन लागेको स्नातकोत्तर तहको परीक्षामा सवै सहभागि हुन पाउने भएको छ । यहि असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तहको प्रवेश परीक्षामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर  परीक्षा लिईने भएको हो । आयोगले आज सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने दाबी गरेको छ । यदि कोरोना सङ्क्रमित विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगले जनाएको छ ।...
नेपालमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ नेपालमा आज थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ । अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।...
बुटवलमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बुटवलमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २२ बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपािलका–६ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । बुटवलस्थित कोरोना अस्पतालमा उपचारको क्रममा आज दिउँसो साढे १ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुष मधुमेह र उच्च रक्त चापको बिरामी रहेको अस्पतालले जनाएको छ ।...
धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २२ धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । शहीदनगर नगरपालिका–१ का ७० वर्षीय पुरुषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो । उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि असोज २० गते अस्पतालमा भर्ना भएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा हिजो दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।  मुटुका रोगी समेत रहेका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
बीपी प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २२ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो । मृतक पुरुषमा ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ । स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।...
कोरोना संक्रमणबाट १ वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट १ वडा सदस्यको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २२ कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका एक वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचारको क्रममा हिजोराति तुलाचनको मृत्यु भएको वडाले जनाएको छ । ४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएको थियो । उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो । वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको वडाकार्यालयले जनाएको छ ।...