स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा
पूर्णपुष्टि, मंसिर १० । बस दुर्घटनाबाट घाईते भएका विरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
शनिबार पिकनिक खायर फर्कदै गरेको स्कुल बस दुर्घटनामा घाईते भएका ३७ जनाको आर्थिक अवश्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस भन्ने हेतुले मानविय सहयोग स्वरुप निःशुल्क सेवा प्रवाह गरिएको बताए । उनले बिपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउनसमेत स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानविय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु । ‘अध्य...









