Saturday, August 8News That Matters

Month: ७ वर्ष अगाडि

उधौलीमा भुजेल जातिको मन्दिर उद्घाटन

उधौलीमा भुजेल जातिको मन्दिर उद्घाटन

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २६ गते ।  किरात राई समुदायको उधौली पर्वको अवसरमा भुजेल जातिको भुमे मन्दिरको विहिबार उद्घाटन भएको छ । चौदण्डीगढी नगरपालिका– ६ स्थित कुवाखानीमा निर्मित मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । वडा र नगरको १÷१ लाख रुपैया र स्थानीयवासीको जनश्रमदानगरी ५ लाख रुपैयामा वडा सदस्य उद्धव भुजेलको सकृयतामा निर्माण भएको हो । मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, चौदण्डीगढी नगरपालिकामा रहेका सबै जात÷जातिहरुको जातिय संस्कार संस्कृतिहरुको संरक्षण र सम्वद्र्धन गर्न सक्दो सहयोग गर्दै आईरहेका छौ । गत साल पनि माझि समुदायको मन्दिर बनाएका छौ । एवं प्रकारले सबैलाई समानरुपमा अधिकार प्रदान गर्दै आएका छौ कसैलाई काखा कसैलाई पाखा गरेका छौनौ हामी सबै नेपाली हो नेपाली भएको हैसियतले सबैको सुख दुख बुझ्दै अगाड...
सशस्त्र प्रहरीद्धारा ठूलो परिणाममा लागु औषध बरामद

सशस्त्र प्रहरीद्धारा ठूलो परिणाममा लागु औषध बरामद

समाचार
उदयपुर, मंसिर २५ गते ।  बेलकाको मकुन्दे खोला र सप्तकोशीको दोभानबाट ठूलो परिणाममा लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा बरामद गरेको हो । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज सोसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प  रामपुरबाट खेटेका प्रहरी टोलीले मंगलबार दिउँसो १ः१० बजे गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त गाँजा ओसार पासारमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुलाई खोजतलास भईरहेको छ भने बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको प्रह...
प्रहरीले रोके बालविवाह

प्रहरीले रोके बालविवाह

समाचार
उदयपुर, मंसिर २५ गते ।  उदयपुरमा हुन लागेको बालविवाह प्रहरीले रोको छ । त्रियुगा नगरपालिका–७ को केटी र ५ न. वडाको केटा विच हुन लागेको बालविवाह बुधबार प्रहरीले रोकेको हो हो । त्रिनपा–७ निबासी रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापा र ५ न. वडाको पदमबहादुर कार्कीको छोरा २४ वर्षीय भुपध्वज कार्की विच हुन लागेको बालविवाह रोकेको प्रहरीले जनाएको छ । बालविवाह हुदैछ भन्ने गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले दुवै पक्षलाई उक्त कार्यालयमा ल्याई स्थानीय निकायका जनप्रतिनिधि, बाल क्लब लगायतका उपस्थितिमा केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह हुने गरी केटा केटीलाई अविभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीले छान्यो खेलाडी

चौदण्डीगढीले छान्यो खेलाडी

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २५ गते । खोटाङको सदरमुकाम दित्तेलमा पुुस १ गते देखि शुरु हुने १ नं. प्रदेशको नगर स्तरीय व्याड्मिन्टन प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले खेलाडी छनौट गरेको छ । उक्त प्रतियोगिताको लागि शन्तोष कटवाल, भेषराज मगर, सनिल चौधरी र विजय चौधरीगरी ४ जनालाई छनौट गरेको हो । बुधबार खेलाडिहरुलाई छनौट गरी अन्य व्यवस्थापनमा जुटेकोे चौदण्डीगढी नगर व्याड्मिन्टन संगका संयोजक देवीराज राईले जानकारी दिनु भयो । प्रतियोगिताको लागि नगरपालिकासंग १ लाख ७५ हजार रुपैया आर्थिक सहयोग माग गरेको संयोजक राईले बताउनु भयो । खेलमा विजयी हुने समुहले १ लाख ५०, ७५ र ४५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृति गरिने आयोजकले जनाएको छ ।  पछिल्लो अवसथामा व्याड्मिन्टन खेल राम्रैसंग लोकप्रिय बन्दै गएको छ ।...

क्याम्पस, विद्यालयलाई मिलन स्मारिका वितरण

शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर २५ गते ।  पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ क्याम्पस तथा विद्यालयहरुलाई बुधबार मिलन स्मारिका वितरण गरिएको छ । कर्मचारी मिलन केन्द्र उदयपुर र संगम सामुदायिक पुस्तकालय गाईघाटले आयोजना गरेको पठन संस्कृति वहस तथा मिलन स्मारिका वितरण कार्यक्रममा क्याम्पस तथा विद्यालयहरुलाई मिलन स्मारिका वितरण गरिएको हो । जिल्लाको आठैवटा पालिकाका विविध विषयलाई समेट्दै बौधिक खुराकको रुपमा कर्मचारी मिलन केन्द्रले हालै प्रकाशन गरेको मिलन स्मारिका, त्रियुगा नगरपालिकाभित्रका एकदर्जन बढी क्याम्पस तथा विद्यालयहरुलाई वितरण गरिएको हो । क्याम्पस तथा विद्यालयका पुस्तकालयमा राखेर विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले स्मारिका वितरण भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले बताउनुभयो । जिल्ला न्यायधिस दिपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिलन केन्द्र र...
नेपाली सेनाद्वारा बेलकामा वृक्षारोपण

नेपाली सेनाद्वारा बेलकामा वृक्षारोपण

समाचार
पुर्णपुष्टि सम्बादाता बेलका/मंसिर २४ गते ।  हजार भन्दा बढि बिरुवा रोपेर  “एक सिपाही एक फलफूल विरुवाको अभियान” को थालनि नेपालि सेनाले बेलकामा सुरवाट गरेको छ । नेपाली सेनाले मंगलबार बेलका नगरपालिका–८ सोमबारेमा नगरसँगको सहकार्यमा एक हजार एभोकाडो र सिन्कौलीको बिरुवा रोपेको हो ।नेपालिहरुले सिरानी मुनि सुन राखेर नुन खोजिरहेको पुर्ब रक्षा सचीव देबेन्द्र सिटौलाले बताए । सिटौलाले भने ‘नेपाली सेनाले राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा सधै देशको नाम उच्च राखेको छ । सेनाले थालेको बृक्षारोपण अभियान देशको लागि एउटा महत्वपूर्ण काम हो ।’“हरियो वन नेपाल धन” भन्ने नेपालिहरुको मुल नाराको साथ १ न.प्रदेशमा एक लाख बिरुवा वृक्षारोपण गर्ने पुर्बी पृतनापति इटहरीका उपरथी अनन्त कार्कीले बताए । नेपाली सेनाले नेपाल र नेपालीको समृद्धिको लागि सधै काम गर्ने उनले बताए । नगरलाई हरित नगरी बनाउनका लागि वृक्षारोपण गर...
दोस्रो मेयर कपको उपाधी  वडा न. ७ लाई

दोस्रो मेयर कपको उपाधी वडा न. ७ लाई

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २४ गते । चौदण्डिगढी दोस्रो मेयर रनिङ शिल्ड कपको उपाधी वडा न. ७ ले चुमेको छ । गत सालको प्रथम मेयर रनिङ शिल्ड कपको उपाधी पनि वडा न. ७ ले नै चुमेको हो । चौनपा–१० हडियाको फुलबारी खेल मैदानमा गत मंसिर १५ देखि दोस्रो मेयर कप सुरु भएको थियो । फाईनल खेलमा हडियालाई (पेनाल्टि सुट आउट)मा ३–२ गोलको अन्तरले ७ नं. वडाले उपात्री चुमेको आयोजकले जनाएको छ । निर्धारित समयसम्म दुवै टिमबाट २÷२ गोल भई खेल बरावरीमा टुङ्गीएपछि खेल पेनाल्टिमा परिणत भएकोे थियो । खेलमा प्रथम विजेता र उप विजेतालाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले नगद ५० र २५ हजार रुपैया सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो ।...
जापानी भाषा नेपाली कमजोर

जापानी भाषा नेपाली कमजोर

समाचार
मंसिर २४ गते । जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सवै भन्दा कमजो देखिएको छ । नेपाली युवालाई रोजगारीको अवसर दिने उद्देश्यले लिईएको परिक्षामा सहभागी पाँच राष्ट्रमध्ये कमजोर देखिएको हो । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिएको छ । जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो अतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

खेलकुद, समाचार
मंसिर २३ गते नेपालकी गौरिका सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जित्दै नयाँ कीर्तिमानी कायम बनाएकी छिन् । सातदोबाटोमा भएको एक सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । निर्धारित दुरी ५८.१३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै स्वर्ण जितिकी हुन् । आइतबार भएको एउटै सागमा तीन स्वर्ण जित्दै गौरिकाले कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइ...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

समाचार
उदयपुर, मंसिर २३ गते ।  जबरजस्ती बलात्कार गरी फरार रहेको अभियुक्त पक्राउ परेको छ । २०६८ सालमा जबरजस्ति बलात्कार गरेर फरार रहेको रामबहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । त्रियुगा नगरपालिका–१३ बरुवा खोला निबासी एक युवतीलाई जबरजस्ति करणी गरी फरार रहेको त्रिनपा–३ निबासी रिठे कामीको छोरा ३७ वर्षीय विकलाई निरन्तर खोजतलासको क्रममा त्रिनपा–१३ बाट दिउँसो करिब १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । जबरजस्ति करणी गरी लुकिछिपी बस्दै आएका विकलाई पक्राउ गरी जिल्ला अदालतमा फैसला कार्यान्वयन गराउन पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...