आजको विदेशी मुद्राको विनिमयदर
मंसिर २३ गते ।
आज कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो आइतबार खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा...








