Saturday, August 8News That Matters

Month: ७ वर्ष अगाडि

प्रभाकारी बन्दै ‘म अघि बढ्छु’

प्रभाकारी बन्दै ‘म अघि बढ्छु’

समाचार
उदयपुर, मंसिर २८ गते ।   १ नम्बर प्रदेश सरकारले सञ्चालनमा ल्याएको अभियान ‘म अघि बढ्छु’ले उदयपुरमा तीब्रता पाएको छ । १३ वर्ष पूरा भई १९ वर्षसम्मका किशोर किशोरीहरुलाई सामाजिक आचारण र नैतिकवान बनाउने लक्ष्यका साथ सञ्चालित भएको अभियानले तिब्रता पाएको हो । जिल्ला व्यापी अभियानअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयसी इङ्लीस बोर्डिङ स्कुलका चार सय ५० विद्यार्थीलाई ब्याच बितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी धुर्बबहादुर खड्काबाट सगरमाथा टिन्स क्लव उदयसीका विद्यार्थीहरुलाई ब्याच बितरण गरिएको मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बताए ।१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सञ्चालित ‘म अघि बढ्छु’ अभियान मुख्यगरी किशोर किशोरीलाई आचरणमा परिवर्तन, नैतिकवान बनाउने, समाजप्रति सकारात्मक बनाउने उदेश्य रहेको उनले बताए । कार्यक्रममा बोल्दै प्रजिअ तथा सगरमाथा टिन्स क्लवक...
खड्का समाजको अध्यक्षमा गणेश

खड्का समाजको अध्यक्षमा गणेश

समाचार
उदयपुर, मंसिर २८ गते ।  भाईबन्धुहरुको संरक्षण र सम्र्बद्धन गर्ने उदेश्यले गठन भएको पुवाँर खड्का सेवा समाज चौदण्डीगढी नगर कमिटीको अध्यक्षमा गणेशबहादुर खड्का सर्वसहमत चयन भएका छन् । उद्यौली पर्वको अवसरमा आयोजित नगरअधिवेशनले खड्काको नेतृत्वमा ११ जना रहेको कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश तिलकबहादुर, धर्मराज, भरत र चन्द्रिका खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भिमबहादुर खड्का, विमला, लोकबहादुर, मन्दिरा, कविराज र विरेन्द्र खड्का चयन भएका छन् । त्यसैगरी नगरपालिकाका वडानं १० का वडाध्यक्ष रामकुमार खड्काको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा जगतबहादुर, सुर्यबहादुर, डिल्लिबहादुर र संगिता खड्का रहेको निर्वाचन समितिका सदस्य अम्बरबहादुर खड्काले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पुवाँर खड्का सेवा...
बम विष्फोटमा २ को मृत्यु ६ जना घाइते

बम विष्फोटमा २ को मृत्यु ६ जना घाइते

समाचार
मंसिर २८ गते ।  धनुषाको छिरेश्वरमा बम विष्फोट हुदाँ दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । छिरेश्वर नगरपालिका–५ महेन्द्रनगर बजारमा गतराती बम विष्फोट हुँदा दुई जनाको ज्यान गएका हुन् । महेन्द्रनगर निबासी राजेश्वर साह र उनका छोरा आनन्द साहको ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकै राखिएको बम विस्फोट हुँदा शाहका अर्का छोरा प्रकाश र छोरी अञ्जली र प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ । दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ भने प्रकाश र अञ्जलीको धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
अन्तर स्कुल खुला प्रतियोगीतामा उदयसीको जित

अन्तर स्कुल खुला प्रतियोगीतामा उदयसीको जित

खेलकुद, समाचार
उदयपुर, मंसिर २७ गते । उदयपुरमा संचालन भएको अन्तर स्कुल खुला प्रतियोगीता टि–१० क्रिकेटमा उदयसी स्कुलले जित हात पारेको छ ।  प्रतियोगीताको उद्घाटन खेलमा शुक्रबार प्याराडाईजलाई ६९ रनले पछि पार्दै उदयसीले जित हात पारेको हो । टि–१० क्रिकेटमा प्याराडाईज स्कुल र उदयसी स्कुल विचको प्रतियोगीतामा उदयसीले ६९ सनको फराकिलो अन्तरले जित हात पारेको आयोजकले जनाएको छ । उदयसीको खेलाडी म्यान अफ द म्याच निर्दोस बस्नेत भएको आयोजकले जनाएको छ ।...
ब्राउन सुगर सहित ५ जना पक्राउ

ब्राउन सुगर सहित ५ जना पक्राउ

समाचार
बिराटनगर, मंसिर २७ गते ।  झापा र मोरङको विभिन्न ठाउँबाट लागु औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका नगपालिका, कमल गाउँपालिका र विराटनगर महानरपालिकाबाट ११ ग्राम छ सय २० मिलग्राम ब्राउन सुगरसहित पाक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटेका प्रहरी छोलीले मेचीनगर नगरपालिका–६ निबासी २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटेका प्रहरी टोलीले ईलामको चुलाचुली घर भई हाल कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ ...
तालमा डुबेर १ जनाको मृत्यु

तालमा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी, मंसिर २७ गते । सुनसरीको रामधुनीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ निबासी ५५ बर्षीय पुरन चौधरीको मृत्यु भएको हो । रामधुनीको रास तालमा पौडी खेल्ने क्रममा बिहिवार दिउँसो पौने ५ बजे अचानक डुबेर घाईते भएका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, मंसिर २७ गते ।  मोरङको मिक्लाजुङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ निबासी ८५ बर्षीय बेद प्रसाद लिम्बुको मृत्यु भएको हो । घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा बिहिवार दिउँसो ४ बजे अचानक लडेर घाईते भएका लिम्बुको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २७ गते । नेपालमा रोहिंग्या समुदायका शरणार्थीले पनौतीमा २३ वटा टहरा बनाएका छन् ।  म्यानमारबाट विस्थापित भएका रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका हुन् । ठेकेदार रामेश्वर थापाले स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी गराएर निर्माण गरिएको हो । तिनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए । स्थानीय ठेकेदार थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबासको व्यावस्था मिलाएका हो । काठमाडौंको बूढानिलकण्ठका कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।...
उदयपुरमा क्युपेक नेपालको तेस्रो महाधिवेशन सुरु

उदयपुरमा क्युपेक नेपालको तेस्रो महाधिवेशन सुरु

समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरमा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक)को दुई दिने तेस्रो महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । “क्यूपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार” भन्ने मुल नाराको साथ दुई दिने अधिवेशन विहिबारदेखि सुरु भएको हो । मजदुरको हक हितका लागि ठूलो संघर्ष गर्दै आएको २०७४ सालमा श्रम ऐन आएपनि कार्यन्वयन नभएको केन्द्रिय महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मनोहरी सिवाकोटीले बताए । स्थानीय तहले श्रमीकलाई सुरक्षाको लािग कानुन बमोजिक कम गर्नु पर्ने उनले बताए । सरकारले भौतीक पूर्वधारमा बढी बजेट विनियोजन गर्ने भएपनि त्यस क्षेत्रमा काम गर्ने श्रमीकलाई सामाजिक सुरक्षाको क्षेत्र भित्र नराखेको सिवाकोटीले बताए । राज्यले दिएको अधिकार सरकारले लागु गर्दैन भने कार्यन्वयनमा ल्याउदैन भने त्यसलाई हामी के गर्ने भन्ने विषयहरु समेत अधिवेशले तय ग...
दोस्रो नगर अन्तर विद्यालय प्रतियोगिता शुरु

दोस्रो नगर अन्तर विद्यालय प्रतियोगिता शुरु

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २६ गते । चौदण्डीगढीमा संचालित निजि विद्यालयहरुको छाता संगठन, आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को आयोजनामा दोस्रो चौदण्डीगढी गनर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको सुरु भएको छ । ७ नं. वडा स्थित प्रस्तावित सहित रामप्रसाद राई खेल मैदान बेल्टारमा विहिबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, “खेलकुदजगतले आफ्नो घरपरिवार, अभिभाबक, विद्यालय, स्थानीय तहको मानमर्यादा, ईज्जत त राख्ने नै भयो त्यसमा अझ  भविस्यमा देशलाई अन्तराष्ट्रसम्म चिनाउन ठुलो योगदान पुग्ने भएकोले शिक्षा र स्वास्थ्यलाई संगसंगै मिलाएर अगाडी बढियो भने पक्कै पनि सफल हुने प्रेरणा मिल्ले बताउदै प्रतियोगिताको शुभकामना व्यक्त गर्दछु ।” उद्घाटनको दिन भने १ सय मिटरको दौड,ज्याव्लीङ थ्रो,  स्पोन रेस, बौद्धिक परिक्...