Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

लघु उद्यम विमा प्रभावकारी बन्दै

लघु उद्यम विमा प्रभावकारी बन्दै

आर्थिक, समाचार
उदयपुर, पुस १८ गते ।  उदयपुरमा लघु उद्यम विमा प्रभावकारी बन्दै गएको छ । कृषी क्षेत्रका पशु, पंछि र बालीको समेत विमा गर्न थालेपछि लघु उद्यम विमा प्रभावकारी बन्दै गएको हो । नेपाल विमक संघको आयोजना तथा युके एण्ड सक्षमको सहकार्य र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको व्यावस्थापनमा शुक्रबार लघुविमा सम्बन्धि देशव्यापी अभिमुखिकरण कार्यक्रममा भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहको भएको थियो । कषी क्षेत्रको विमा गर्ने भएकाले ग्रामिण भेगका सर्वसाधरण जनतलाले बढी सेवा लिन थालेको छ । ग्रामिण भेगका साना ठूला कृषकहरुले पशु चौपाया र बालीको विमा गर्न पाएकाले निकै प्रभावकारी बन्दै गएको देखिएको छ ।  गार्हस्थ, दुर्घटना, स्वास्थ्य, लघु उद्यम, पशुधन,बाली विमा गर्ने भएकाले कृषकहरुले लाभ लिन थालेको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी उपशाखा गाईघाटले जनाएको छ । लघु विमाले...
कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
पुस १८ गते । आज कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५० तोकेको छ । हिजो यसको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २६ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको थियो ।  त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र...
सुनको भाउ आकाशीयो

सुनको भाउ आकाशीयो

आर्थिक, समाचार
पुस १८ गते ।  सुनको भाउ बढेर अहिलेसम्मकै सवै भन्दा महंगो बनेको छ । शुक्रबार तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो । आज पनि चाँदीको भाउ जस्ताको तस्तै रहेको छ । आज चाँदी  तोलाको नौ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
हवाई आक्रमणमा कुद्स फोर्सका प्रमुखको मृत्यु

हवाई आक्रमणमा कुद्स फोर्सका प्रमुखको मृत्यु

समाचार, संसार
पुस १८ गते ।  हवाई आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको मृत्यु भएको छ । ईरानको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा सोलेमानीको मृत्यु भएको हो । आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि मृत्यु भएको छ । हवाई आक्रमणमा प्रमुख सोलेमानीसँगै आठ जनाको मृत्यु भएको थियो भने आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । अमेरिकी रक्षा विभागले जारी गरको बयानका अनुसार ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’...
वर्षा सहित हिमाली भेगमा हिमपात

वर्षा सहित हिमाली भेगमा हिमपात

समाचार
पुस १८ गते ।  उच्च पहाडी तथा हिमाली भेगमा वर्षा सहित हिमपात हुदा जाडो बढ्ने सम्भावना बढेको छ । पश्चिमी भेगमा पानी पर्नुका साथै हिमाली भेगमा हिमपात परिरहेकाले जाडो बढ्ने सम्भावना बढेको हो । आकाशमा बादल लागेपछि तापक्रम घट्दै गएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु शनिबारदेखि केहि कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

समाचार
इलाम पौष १७ गते । ईलामको इलाम नगरपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–१ लिङलिमा टोल निबासी ३५ बर्षीय कृष्ण बहादुर राईको  मृत्यु भएको हो । घर नजिकै रहेका खेतको बाँसमा चढी घाँस काट्ने क्रममा  बिहान ८ बजे एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।...
लागु औषध सहित २ जना पक्राउ

लागु औषध सहित २ जना पक्राउ

समाचार
मोरङ, पौष १७ गते । मोरङको बिराटनगरबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ आईतवारेबाट बुधबार साँझ ६ बजे पक्राउ परेका हुन्् । प्रहरी चौकी बखरीबाट खटेका प्रहरी टोलीले सुनदर हरैचा नगरपालिका–४ निबासी २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट  फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा

जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा

समाचार
उदयपुर, पुस १७ गते । जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको एक तथ्यांकले देखाएको छ । उदयपुरको त्रियुगामा चेतना महिला समूह उदयपुरले गरेको एक अनुसन्धानले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको देखाएको हो । जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समुह उदयपुरले त्रियुगा नगरपालिका १ र २ को जोगिदहमा अनुसन्धान गरेको थियो । चुरे क्षेत्रको वढ्दो दोहन नै जिल्लाको लागि जलवायु परिवर्तनको मुख्य आधार भएको औल्याइएको छ । सामुदायिक वन क्षेत्रको अवधारण विकास भएपनि त्यसको संरक्षण नहुनु, चुरे क्षेत्र दिन दिनै मासिँदै जानुले विनास निम्त्याइएको तथ्यांकले देखाएकोछ । बढ्दो विनास नरोक्ने र सरोकारवालाहरुले विपद् पुर्वका योजना तर्जुमा नगर्ने हो भने अबश्था अझ भयाभय बन...
बैकल्पिक बाटो प्रयोग गर्ने सहमति

बैकल्पिक बाटो प्रयोग गर्ने सहमति

समाचार
कटारी / पुस १७ गते । आशिष बस्नेत कटारीमा टिफर र ट्रकहरुले चुनढुङ्गा ढुवानी गर्दा बैकल्पिक बाटो प्रयोग गर्ने सहमति भएको छ । मारुती सिमेन्टको चुनढुङ्गा ढुवानी गर्दा खोलाको बाटो प्रयोग गर्नु पर्नेमा सहमति भएको हो । टिफरहरुले ढाला बराबर मात्रै ढुङ्गा ढुवानी गर्नु पर्ने, ढुङ्गा ढुवानी गर्दा सडक विगारेमा मर्मत सुधार र धुलो उडेको ठाउँमा पानी छिट्ने कम्पनीले गर्नु पर्नेमा कम्पनी सहमती भएको छ । धुवा धुलोबाट पिडित स्थानीय र कम्पनी विच भएको छलफलबाट उक्त सहमती भएको हो । विगतका वर्षहरुमा झै यस वर्ष पनि टिफर ट्रक संचालन गर्ने सहमती भएको स्थानीयहरुले बताएका छन् ।...
रौतामा भ्रमण वर्षको भब्य स्वागत

रौतामा भ्रमण वर्षको भब्य स्वागत

पर्यटन, समाचार
उदयपुर, पुस १७ गते । नेपाल भ्रमण वर्ष सन् २०२०लाई रौतामाई गाउँपालिकाले भब्यताका साथ स्वागत गरेको छ । देशैभर एकैसाथ विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गरिहेको बेला रौतामाईले जिल्लाकै प्रमुख धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरीमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको स्वागत गरेको हो । उत्तरमा सर्वोच्च शिखर सगरमाथादेखि तराईका समथर फाँट हुदै भारतका विभिन्न भुभाग अवलोकन गर्न सकिने भ्यू प्वाईन्टको रुपमा रौता पोखरी रहेको छ । समुन्द्रि सतहदेखि करिब २१ सय मिटर उच्चाईमा रहेको रहेको रौता पोखरी पुग्न सदरमुकामदेखि करिब ४४ किलो मिटर रहेको छ । उक्त पोखरीको छुट्टै पहिचान रहेको छ । पालिका भित्र रहेको पर्यटकिय स्थलहरुको अध्ययन अनुसन्धानपछि पहिचान गरी गुरुयोजनामा समेट्ने काम भईरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पर्यटन विकासले आर्थीक स्तरमा सुधार ल्याउने भएकाले प...