साेमबार उदयपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ४ पुग्याे, एकजना आइसोलेशनमा
पूर्णपुष्टि, चैत १७
संकास्पद तथा विरामीको लक्षण जस्तो देखिएकाले क्वारेन्टाइनमा बसेर आफु र अरुलाई सुरक्षित पार्नुपर्छ भन्ने चेतना बढेसंगै आज उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या चार रहेको छ । एक जना आइसोलेशनमा बसेका छन् ।
त्रियुगा नगरपालिकाले बनाएको मोतिगडास्थित क्वारेन्टाइनमा तीनजना बसेका छन् भने एक जना रौतामाई गाउँपालिकाले बनाएको मुर्कुची स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका छन् ।
जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार मोतिगडामा बस्ने तीनजना मध्ये दुईजना मजदुरी गर्न गई नवलपारासीबाट फर्केका कामदार हुन् । उदयपुरको रौतामाई गाउँपालिका बासी उनीहरु गएराती बसबाट आएका थिए । दुईवटा बसमा आएका ८१ जना मध्ये दुइजनालाई सामान्य ज्वरो देखिए पछि चिकित्सकको सल्लाहमा क्वारेन्टाइनमा राखिएको हो । जिल्ला अस्पतालमा जाँच गरिएको थियो । अन्यको अवस्था सामान्य देखिए पछि घर पठाइएको छ । अ...









