Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

पृथ्वी राजमार्ग तत्काल नखुलेपछि हेलीकप्टर बाट विरामीको उद्धार

पृथ्वी राजमार्ग तत्काल नखुलेपछि हेलीकप्टर बाट विरामीको उद्धार

समाचार
पूणर्पुष्टि, साउन, ६ पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा अलपत्र परेका विरामीको हेलीकप्टर देखि उद्धार गरिएको छ । तत्काल राजमार्गको सडक नखुलेपछि सिम्रिक एयरको हेलीबाट बिरामिलाई काठमाण्डौँ लगिएको छ । धादिङ र चितवनको सीमाना मौवाखोलाबाट मंगलबार बिरामीलाई काठमाडौं ल्याइएको हो । ती बिरामी सोमबार बिहानदेखि मौवाखोला नजिक सडकमै थिए । मंगलबारको बाढीले मौवाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएपछि सडक अवरूद्ध अवस्थामा छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज दुइटा हेलिकप्टरले उडान अनुमतिका लागि सिफारिस मागेको जानकारी दिए । ‘राजमार्गमा रोकिएका बिरामीहरू उद्धार गर्न अनुमति माग भएकोमा गृहमा सिफारिस दिएका थियौं,’ प्रजिअ भट्टराईले सेतोपाटीसँग भने, ‘दुइटा एम्बुलेन्समा रहेका बिरामीको आज उद्धार गरी काठमाडौं लगिएको छ ।’उनीहरू दम र प्यारालाइसिसका बिरामी रहेको आफूलाई जानकारी आए...
हराएको मोवाइल सजिलै पत्ता लगाउन प्राधिकरणमा यसरी रिपोर्ट गर्नुहोस्

हराएको मोवाइल सजिलै पत्ता लगाउन प्राधिकरणमा यसरी रिपोर्ट गर्नुहोस्

समाचार
पूणर्पुष्टि, साउन ६  मोवाइल हराउने समस्यालाई मध्यनजर गरी नेपाल दुरसञ्चारले सर्वसाधरणहरुका लागि मोवाईल ट्रयाकिङ सेवा उपलब्ध गराएको छ । अब हराएको मोवाइल ट्रयाकिङ सेवाको आधारमा सहजै पक्ता लगाउन मिल्ने गरी दुरसञ्चारले यो सेवा उपलब्ध गराएको हो । विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राविधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधकिरणले जानकारी दिएका  छन् । आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यति कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको छ । ’कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ । यदि कसैले त्यस्तो...
साउन ८ देखि सार्वजानिक यातायात खोल्ने निणर्य

साउन ८ देखि सार्वजानिक यातायात खोल्ने निणर्य

समाचार
पूणर्पुष्टि, साउन, ६ कोरोना भाइरसका कारण लकडान भए सँगै लामो समय देखि सार्वजानिक यातायात ठप्प छ । चैत्र ११ देखि गरिएकको लकडाउन पश्चात अहिले सम्म कुनै पनि सार्वजानिक यातयातहरु आधिकारिक रुपमा चल्ल पाएका छैन् । नेपाल यातायात व्यवसायी संघले बन्द गरिएको सार्वजानिक यातायात साउन ८ देखि आधिकारिक रुपमा संञ्चालन गर्ने निणर्य गरेको छ । मंगलबार व्यवसायीहरुले पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निणर्य गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।...
उदयपुरको बेलकामा २ बर्षिय बालिका र ७० बर्षिया बृद्धा सहित ८ जनामा कोरोना संक्रमण

उदयपुरको बेलकामा २ बर्षिय बालिका र ७० बर्षिया बृद्धा सहित ८ जनामा कोरोना संक्रमण

समाचार
पूणर्पुष्टि, साउन, ६ उदयपुरको बेलका नगरपालिकामा २ बर्षिय बालिका र ७० बर्षिया बृद्धा सहित ८ जनामा कोरोना संक्रमण फेला परेको छ । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । बेलका क्वारेन्टाइनमा रहेका बिदेशबाट आएका ८ जनाकै स्वाब संकलन गरी धरान पठाइएका थिए । उनिहरु सबैको रिपोर्ट पोजेटिभ देखिएको उदयपुरका स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । संक्रमित ४ जनालाई चौदण्डीगढी नगरपालिकाको कोरोना अस्पतालको आइसोलेसनमा ल्याइने जानकारी पाएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । बाँकी ४ जनालाई भने बाहिरै लैजाने जानकारी रहेको मेयर राईले बताउनुभयो ।...
ओलीले एक पद छाड्नु पर्ने बैठकको निष्कर्ष

ओलीले एक पद छाड्नु पर्ने बैठकको निष्कर्ष

समाचार
 पूणर्पुष्टि, साउन, ५ प्रचण्ड पक्षीय स्थायी समिति सदस्यहरु बिच खुमलटारमा बसेको बैठकमा ओलीले दुइ मध्य एक मात्रै नेतृत्व लिनु पर्ने निष्कर्ष निकालेको छ । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका छन् । पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग खुलटारमा गरेको छलफलमा यस्तो निष्कर्ष निकालेको हो । लगत्तै प्रचण्डले सोमबार बिहान पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग पनि झण्डै तीन घण्टा छलफल गरेका छन् । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका नाताले ओलीले नै निकास दिनु पर्ने र पार्टी एकतालाई पनि बचाउनु पर्ने छलफलमा सहभागी एक नेताले बताउनुभयो । उहाँका अनुसार पार्टीमा देखिए...
नारायणगढ मुग्लिन सडक अबरुद्ध

नारायणगढ मुग्लिन सडक अबरुद्ध

समाचार
पूणर्पुष्टि, साउन, ५  दैनिक १० हजार गाडी गुड्ने नारायणगढ मुग्लिन सडक खण्ड लगतारको बर्षाका कारण पहिरोले अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि सवारीहरु पूणर् रुपले ठप्प भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनु भयो । भट्टराईले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गर्नु भएका छन् । नारायणगढ-मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खसेपछि अहिले तत्कालका लागि सवारी आवागमन ठप्प भएको हो । संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक रुपमा रहेको नारायणगढ मुग्लिन सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पह...
नारायणी नदीले खतराको तह नाघ्यो

नारायणी नदीले खतराको तह नाघ्यो

समाचार
पूणर्पुष्टि, साउन, ५ बर्षाका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेपछि नदी आसपासको स्थानीयहरुमा त्रास बढेको छ । जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेक...
पहिरोमा परि २ जनाको मृत्यु,

पहिरोमा परि २ जनाको मृत्यु,

समाचार
पूणर्पुष्टि, साउन, ५ दार्चुलामा २ जनाको पहिरोमा परि मृत्यु भएको छ । नौगाड गाउँपालिका ६ परिगाउँ स्थित राति गएको पहिरोमा परि २ जनाका मृत्यु हुनुका साथै ७ घर पहिरोले पुरिएको छ । ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा अन्य बेपत्ताहरुको खोजिकार्य भइरहेको छ । उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका छन् । पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेको स्थानीय फागुनसिंह ठगुन्नाले जानकारी दिए । पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको छ ।...
भारतमा कोरोना संक्रमित ११ लाख नाघ्यो

भारतमा कोरोना संक्रमित ११ लाख नाघ्यो

समाचार
 पूणर्पुष्टि, साउन, ५ भारतमा हाल सम्म ११ लाख भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै अहिलेसम्म भारतमा  सात लाख ८७ संक्रमित भने निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा तीन लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यता  मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।...
ओली र प्रचण्ड बिच वालुवाटारमा छलफल

ओली र प्रचण्ड बिच वालुवाटारमा छलफल

समाचार
पूणर्पुष्टि, साउन, ४ पार्टी भित्रका विवादवारे छलफल गर्न आज वालुवाटारमा प्रधानमन्त्रि केपि शर्मा ओली र प्रचण्ड पुष्प कमल दाहालको भेटवार्ता भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको हो । विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा  महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए । अध्यक्ष प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न आएको बालुवाटार स्रोतले जनाएको...