Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

सरकारको भ्रममा नपरी कोरोना बाट आफै बच्न डाक्टरहरुको सल्लाह, पहिले भन्दा अझै सचेत हुनु आग्रह

सरकारको भ्रममा नपरी कोरोना बाट आफै बच्न डाक्टरहरुको सल्लाह, पहिले भन्दा अझै सचेत हुनु आग्रह

Breaking News 1
पूणर्पुष्टि, साउन, ७ सरकारले कोरोना संक्रमण नियन्त्रणमा नाआइनै लकडाउन खुलाइसकेको अवस्था छ । करिब ४ महिनाको लामो लकडाउनमा उकुसमुकुस भएका नागरिकहरु पनि लकडाउन खुलेको घोषणा पछि खुलाम्य बजारमा हिडडुल गर्न थालेको अवस्था छ । यो अवस्थाले कोरोना पुरै टरेको बिर्साउँछ । तर पनि यो कुनै पनि वेला वयावह भई संक्रमणले धन जनमा क्षेती पुराउन सक्ने डाक्टरहरुको भनाई छ । यस्ता थुप्रै देशहरु  छन् जाहाँ लकडाउन खुलिसकेपछि र कोरोनालाई वास्ता नगर्दाको उदाहरणीय क्षतीहरु विश्वका शक्तिशाली देश अमेरीका, इटाली, स्पेन जस्ता ठाउँहरुमा वेवस्ताकै कारण कोरोनाको सिकार हजारौ मानिसहरु भए । छिमेकी देश भारतमै पनि कोरोनाले ठुलो जनको क्षेती गरेको छ । भारतमा लकडाउन खुलाएपछि यसरी संक्रमणले गति लिइएको थियो । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो । अब लामो दूरीको यातायात, विद्य...
हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा

हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ७ २६ अर्बको नयाँ नोट नेपाल राष्ट्रिय बाणिज्य बैँकले नेपाली बजारमा पठाएको छ । २६ अर्ब बराबरको १ हजारको नयाँनोट नयाँ विषेशता सहित बजारमा बैँकले पठाएको हो । पहिलेको १ हजारको नयाँ नोटमा एउटा मात्र हात्ति राखिन्थ्यो भने अबको हजारको नयाँ नोटमा भने २ ओटा हात्ति राखिएको छ । बुधबार मात्रै २६ अर्बको जुम्ल्याहा हात्ति सहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिनुभयो । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट ज...
लकडाउन खुलेपनि काठमाण्डौँ प्रवेशका लागि पास अनिवार्य

लकडाउन खुलेपनि काठमाण्डौँ प्रवेशका लागि पास अनिवार्य

समाचार
पूणर्पुष्टि, साउन, ७ लकडाउन खुलेको भएपनि काठमाण्डौँ छिर्न भने पास चाहिने भएको छ । अन्य जिल्ला वा ठाउँवाट काठमाण्डौँ प्रवेश गर्न परेमा पास चाहिने गृह मन्त्रालयले जनाएको छ । लकडाउन सकिएका भएपनि अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने मन्त्रालयको अडान छ । सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ । तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन् । त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ । कोरोना पूणर्तया नियन्त्रणमा नआइसकेको हुदा विविध समस्याहरुका कारण उपत्यकामा भने लकडाउन पूणर्तया खुलेको भएपनि अन्र्तजिल्लाहरुमा सवारी खुल्ने अनुमति नभएको हो । बाहिरबाट आउने सवारीहरुलाई कडाई गर्दै उपत्यकामा मात्र सवारीहरु संँञ्चालन भएको छ ।...
ठुला नदीहरुको वहाव घट्दै

ठुला नदीहरुको वहाव घट्दै

समाचार
 पूणर्पुष्टि, साउन, ७ अविरल बर्षाका कारण नेपालका मुख्य नदीहरुमा ह्वातै बढेको पानीको वहाव घट्दै गएको छ । जल तथा मौसम वज्ञिान विभागका अनुसार अहिले पानीको वहाव घट्दो अवस्थामा रहेको जनाएको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको वहाव घट्दै गएको विभागले जनाएको छ । महाकाली, कणर्ाली र त्यसका सहायक नदीमा पनि बहाव घट्दो क्रममा रहेको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायक नदीहरुमा पानीको बहाव घट्दो क्रममा रहेको बताउनुभयो । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरिको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आउँदो २४ घण्टामा प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदे...
काठमाण्डौँमा जाम सुरु

काठमाण्डौँमा जाम सुरु

समाचार
पूणर्पुष्टि, साउन, ७ लकडाउन खुलेपछि काठमाण्डौ उपत्यकामा जाम सुरु भएको छ । करिब ४ महिनाको लगतार बन्दले काठमाण्डौँ सुनसान अवस्थामा थियो । सरकारले काठमाण्डौ उपत्यकामा पूणर् रुपले लकडाउन खुलेको घोषणा पश्चात काठमाण्डौँमा निजि तथा सार्वजानिक सबै खाले सवारीहरु सडकमा गुड्न थालेको छ । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै जोररबिजोर प्रणाली पनि हटेको छ जसले सडकमा सवारी साधनको संख्या वृद्धि हुँदा जाम भएको हो । सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन भदौ १ गतेसम्मका लागि बन्द गरेको छ । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।...
१८ घर पहिरोमा पुरीयो

१८ घर पहिरोमा पुरीयो

समाचार
पूणर्पुष्टि, साउन, ७ लमजुमङमा पहिरोले १८ ओटा घर पुरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पहिरोमा पुरिएको हो । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । मिजारका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए । ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३र४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने । मंगलबार पहिरो गएको ठाउँबाट पुन पहिरो ग...
बुधबार सुनको भाउ ह्वातै बढ्यो

बुधबार सुनको भाउ ह्वातै बढ्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ७ बुधबार सुनको भाउ आकाशिएको छ । सुनको भाउ तोलाको १३०० रुपयाँले ह्वातै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।...
तुइनबाट खसेर बृद्धाको मृत्यु

तुइनबाट खसेर बृद्धाको मृत्यु

Breaking News 1
पूणर्पुष्टि, साउन, ७ मकवानपुरमा तुइनबाट खसेर एक जना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ बर्षिय कृष्ण प्रसाद पराजुली रहेका छन् । पराजुली हेटौँडा उपमहानगरपालिका १ लालझाँडीका हुन् । तुइनबाट पारीपटी खेतमा जाने क्रममा तुइन चड्न लाग्दा खुट्टा चिप्लियर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी इन्द्र बहादुर रानाले जनाए । उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी रानाले बताए । गम्भीर घाइते भएका पराजुलीलाई प्रहरी पुग्नु अगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएको उनलाई भरतपुर अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।...
नेपालमा कोरोना संक्रमण बाट मर्नेको संख्या ४१ पुग्यो

नेपालमा कोरोना संक्रमण बाट मर्नेको संख्या ४१ पुग्यो

समाचार
पूणर्पुष्टि, साउन, ७ नेपालमा हाल सम्म कोरोना बाट मर्नेको संख्या ४१ पुगेको छ । हालै महोत्तरी गाउँपालिका-३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु पछि मृत्यु संख्या ४१ पुगेको हो । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले उपचारको क्रममा मृत्यु भएको जानकारी जिानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको सापकोटाले बताए । उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो । सापकोटाका अनुसार अस्पताल आउँदा बिरामी गम्भिर अवस्थामा रहेको थियो ।, उनको ‘आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’ योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोन...
आगलागी बाट मृत परिवारलाई वडाको पहलमा आर्थिक सहयोग

आगलागी बाट मृत परिवारलाई वडाको पहलमा आर्थिक सहयोग

समाचार
पूणर्पुष्टि, साउन, ६ अग्नि पिडितलाई १६ नं वडाको पहलमा आर्थिक सहयोग जुटेको छ । गत मंसिरमा त्रियुगा नगरपालिका वडा नं १६ रातापानीमा आगलागि बाट २ घर जल्दा धन जनमा क्षेती पुगेको थियो । चन्द्र बहादुर राई र बम बहादुर राईको घर आगलागि हुदा चन्द्र बहादुर राईको ४ बर्षिय छोरा विष्णु बहादुर राईको भने मृत्यु भई जनमा समेत क्षेति पुगेको थियो । पिडित परिवारलाई आगलागी भएको अवस्थामनै तत्कालको लागि १६ नं वडा कार्यलयले आर्थिक सहयोग सँगै खाद्यन्न र त्रिपाल व्यवस्था गरेका थिए । पछि आगोले घर विहिन भएपछि वडाले घर निर्माणका लागि जस्तापता सहयोग गर्यो र अहिले वडाकै पहलमा नगरपालिकाले २५ हजार आर्थिक सहयोग मृत परिवारलई गरेको छ । वडा अध्यक्ष मान वहादुर राईले आगलागि बाट मृत्यु भएका चन्द्र बहादुर राईको परिवारलाई नगरबाट वाट प्राप्त सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।...