Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

बाँदर र दुम्सी देखि लिम्चुङबुङका कृषकह हैरान

बाँदर र दुम्सी देखि लिम्चुङबुङका कृषकह हैरान

समाचार
मिलन परियार लिम्चुङ्बुङ  साउन ११ उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाका कृषकहरुलाई बाँदर दुम्सीले हैरान बनाएको छ । पालिकाको  ५ वटै वडा बास्बोटे, बाराहा, ताम्लिछा, बलम्ता र जाँतेमा कृषकहरुले लगाएको बाली आतंकाका कारण कृषकहरु हैरान भएका हुन् । बर्षकै प्रमुख खाध्यबाली अन्तर्गत  मकै पाक्नै लागेको अबस्थामा बादर र दुम्सिको आतंक कृषकहरुको बालीमा अहिले बढ्दो छ । यसरी प्रमुख वालीहरुनै सखाप पार्ने गरी दुम्सी र बाँदरले कृषकहरुलाई हैरान बनाउँदा वाली जोगाउन कृषकलाई हम्मेहम्मे परेपछि कृषकहरु हैरान बनेका छन् । दिनभरि बादर  सुगा , लामपुछ्रे ,रुङ्ने काम गरे पनि राती को समयमा दुम्सीले मकै सखाप हुने गरि नस्ट पार्दै आएको जाँतेका कृषक इन्द्र कार्कीले बताए । बिगत २ बर्ष देखी  फौजी किराको आतंक  र खडेरीका कारण मकैको बिउ सम्म जोहो गर्न नसकेका कृषकहरुलाई यस बर्ष भने समय अनुसार पानी परेकोले राम्रै मकै उत्पादन भए...
करदाता सेवा कार्यलयको आयोजनामा कटारीमा कर शिबिर, २४ लाख राजस्व संकलन

करदाता सेवा कार्यलयको आयोजनामा कटारीमा कर शिबिर, २४ लाख राजस्व संकलन

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ११ आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको छ । कटारीका ब्यबसायीहरु लाई राजस्व बुझाऊँन सहज होस भन्दै कटारीमा १ दिन शिविर सञ्चालन गरिएको छ। शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो । कार्यालको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ । शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताउनु भयो । करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथ...
कोरोना आशंकामा कोशी र नोवेलले उपचार नलिएपछि  उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु, रिपोर्ट नेगेटिभ

कोरोना आशंकामा कोशी र नोवेलले उपचार नलिएपछि उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु, रिपोर्ट नेगेटिभ

स्वास्थ्य
पूणर्पुष्टि, साउन, ९ कोरोनाको आशंकामा नोवेल र कोशिले बिरामीको उपचारनगर्दा उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु भएको छ । पूर्वकै ठुलो हस्पिटलको रुपमा परिचित कोशि र नोवेलले नै युवाको उपचार गर्न मानेन । समयमै हस्पिटलले उपचार नगर्दा कटारी नगरपालिका ५ का २३ बर्षिय पदम राईको एम्वुलेन्समै मृत्यु भएको हो । मृत्यु भएपछि युवालाई कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने भन्दै कोसी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरियो । तर उनको रिपोर्ट भने नेगेटिभ अयो । यसरी हस्पिटलले रोग पक्ता लगाउन नसकी कोरोनाको निहुमा अन्य सामान्य रोगका विरामीहरुलाई पनि मारिरहेका छन् । यो भन्दा पहिले पनि नोवेलले उदयपुरको सुत्केरी महिलालाई उपचार बाट बन्चित गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुुमनलाल दासले रिपोर्ट नेगेभिट आएपछि शव शनिबार बिहान परिवारका सदस्यलाई बुझाइएको जानकारी दिनुभयो । शंकास्पद देखिएका का...
भूमि व्यवस्थापन सम्बन्धि सरोकारवालहरु सँग छलफल

भूमि व्यवस्थापन सम्बन्धि सरोकारवालहरु सँग छलफल

समाचार
पूणर्पुष्टि, साउन, १०, भूमि व्यवस्थापन समस्याबारे शनिवार जिल्ला समन्वय समितिको हलमा सरोकारवालाहरु सँग छलफल भएका छन् । बर्षौँ देखि जनताहरुको ठुलो समस्याको रुपमा तगारो बनेको यस विषयलाई तत्काल समधान गर्न जिल्लामा समिति गठन हुने पनि छलफलमा बताइएका छन् । नेपालभरी नै भूमि समस्या मध्यको एक प्रमुख जिल्लाको रुपमा उदयपुर पनि रहेको भन्दै समिति गठन गरी सामाधानको तर्फ लाग्ने छलपलमा कुरा भएको छ । यो बिगत देखिनै आयोगले समधान गर्ने भन्दै पटकपटक जनताहरुलाई दुख दिइरहेको उपस्थितिहरुले जनाए । आयोग, सरकार, राजनीतक दल नेताहरुले पटकपटक जनताहरुलाई झुक्याइरहेको उपस्थितिहरुको भनाई छ । हरेक पटक आयोगले समस्याको समधान हुन्छ भन्ने, नेताहरुले आस देखाउँदै भोट माग्ने र सरकार पटकपटक फेरवदलले जनताहरु यो समस्यामा खाली अल्झि रहेको र खर्च गरिरहेको आयोगहरु बताउँछ । भुमिको व्यवस्थापन नेपालकै एक ठुलो समस्या हो । भूमि समस...
उदयपुरमा आफ्नै निधारमा भरुवा बन्दुक पड्काएर राइले  गरे अात्मह*त्या

उदयपुरमा आफ्नै निधारमा भरुवा बन्दुक पड्काएर राइले गरे अात्मह*त्या

समाचार
पूणर्पुष्टि, साउन, ९ मिलन परियार उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका विध्याराज राईले घरमा भरेर राखेको भरुवा बन्दुकले आफ्नै निधारमा हानेर अात्मह*त्या गरेको छ । शुक्रबार साँझ ७ बजेको समयमा पहिल्यै भरेर राखेको बन्दुकले निधारमा हानेर अफ्नै ह*त्या गरेको राईको घटना स्थलमै मृत्यु भएको हो । घटनापछि लिम्चुङबुङबाट तत्काल प्रहरी टोली घटना स्थलतर्फ लागेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट पनि प्रहरी टोली घटना स्थल तर्फ जाने जानकारी आएको छ । १ बर्ष अघि मात्रै श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिए । राई विगत बाटै बढी मात्रामा मादक पदार्थ सेवन गर्ने स्थानीयले जनाएको छ ।...
ट्याक्टरबाट लडेर उदयपुरमा एकको मृत्यु

ट्याक्टरबाट लडेर उदयपुरमा एकको मृत्यु

समाचार
पूणर्पुष्टि, साउन, ९ उदयपुरको बेलका नरपालिकामा ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । विहिबार साँझ ५ः१५ बजेको समयमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट बेलकाको आम्वासीमा सोही वडाका ४५ वर्षिय तिर्थ बहादुर कार्कीको मृत्यु भएको हो ।  ट्याक्टरबाट खसेको कार्कीलाई पछाडीको चक्काले किच्दा घाइते भएका थिए । उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लगिएको भएपनि साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । चालक र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लियर थप अनुसन्धान थालेको छ ।...
काठमाण्डौँमा ९ जना कोरोनो संत्रमित थपियो

काठमाण्डौँमा ९ जना कोरोनो संत्रमित थपियो

समाचार
पूणर्पुष्टि, साउन, ८ काठमाण्डौँमा आज मात्रै ९ जना कोरोना संक्रमण थपिएको छ । गएको २४ घण्टामा ९ संक्रमित उपत्यकामा थपिएको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।...
काठमाण्डौँमा भाडा चर्कोभएको यात्रुको गुनासो, २ सय ६३ सवारी ट्राफिक कार्वाहीमा

काठमाण्डौँमा भाडा चर्कोभएको यात्रुको गुनासो, २ सय ६३ सवारी ट्राफिक कार्वाहीमा

समाचार
पूणर्पुष्टि, साउन, ८ लडकडाउन खुले सँगै काडमाण्डौँमा सार्वजानिक यातायातहरु तिव्र रुपले संञ्चालनमा आएको छ । केहिदिन बाट मात्रै पूणर् रुपमा सवारी गुड्न थाले सँगै सवारीहरुले भाडा बढी उठाएको यात्रुहरुले गुनासो पोखेका छन् । सरकारले सामाजिक दूरी कायम गरी बसमा यात्री राख्न र पहिलेको भाडाअनुसार ५० प्रतिशत बढी लिन सहमति दिएको भएपनि सरकारले तोके भन्दा बढी भाडा सवारीले लिएको यात्रुहरुको भनाई छ । त्यसअनुसार बसले १५ रुपैयाँ भाडामा ५० प्रतिशत बढाउँदा साढे २२ रुपैयाँ भाडा लिनुपथ्र्यो । विकास मगर लतिपुरको एकान्तकुनाबाट खरिबोटसम्म बसमा यात्रा गर्ने गर्छन् । उनले १५ रुपैयाँ भाडा तिर्ने  गरेकोमा अहिले ३० रुपैयाँ तिर्नुपरेको बताए । भाडा ठ्याक्कै दोब्बर भएको उनको गुनासो थियो । रमेश विष्ट पहिले विद्यार्थी परिचयपत्र देखाएर १० रुपैयाँमा छोटो दूरीको यात्रा गर्थे । तर अहिले उनले ३० रुपैयाँ तिर्ने गरेका छ...
बिहिबार पनि सुनको भाउ तोलाको ५ सयले बढ्यो

बिहिबार पनि सुनको भाउ तोलाको ५ सयले बढ्यो

आर्थिक, समाचार
 पूणर्पुष्टि, साउन, ८ नेपाली बजारमा सुनको भाउ दिन दिनै नयाँ रेकर्ड राख्दै बढीरहेको छ । हिजो बुधवारको सुनको दर रेट प्रति तोला ९४ हजारले किन बेच भएको थियो भने, बिहिबार मात्र तोलाको ५ सयले रेट बढेर प्रति तोला ९४ हजार ४ सयमा किनबेच भइरहेको छ । बुधबार मात्रै प्रतितोला १३ सय रुपयाँले बढेर ९४ हजार पुगेका थिए । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ ।  ...
वडा नं ८ देउरी उत्राइ टोलमा सरस्वती खोलको कटान, नगरको सहयोगमा तत्काललाई जालि भर्ने काम

वडा नं ८ देउरी उत्राइ टोलमा सरस्वती खोलको कटान, नगरको सहयोगमा तत्काललाई जालि भर्ने काम

समाचार
पूणर्पुष्टि, साउन, ८ त्रियुगा नगरपालिका वडा नं ८ देउरी उत्राइटोलमा सरस्वती खोलाले कटान गर्दा स्थानीयहरुलाई समस्या भएको छ । बस्ती नजिकै खोला कटान सुरु भएपछि त्यहाँका स्थानीयहरुमा त्रास बढेको छ । तत्कालका लागि त्रियुगा नगरपालिकाले ३० ओटा जाली सहयोग गरी जाली भर्ने काम भएको छ । नेपाली सेना, स्थानीयहरुले बिहिबार बाट जाली भर्ने काम सुरु गरेको छ । खोला कटान भएपछि तत्काल फुलवारी टोल विकास संस्थाले वडालाई जानकारी गराइ वडाको पहलमा नगरले जाली सहयोग गरेका छन् । वडामा बजेटको अभाव भएपछि नगरलाई पहल गरी स्थानीय र नेपाली सेनाको सहयोगमा सामान्य बाँध निर्माणको काम भइरहेको वडा अध्यक्ष कमल राउतले जनाए । बर्षेनी यस्तो समस्यामा रहेको उत्राइटोल टाप्पु जस्तो वस्ती छ । त्रियुगा र सरस्वती खोलाको विचमा रहेको टोल बर्षेनी बर्खामा समस्या भोग्दै आएको छ । बर्खामा दुवै खोला बाट कटान हुन सक्ने र वारी पारी गर्...