Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

खर्चका कारण बिदेशमा अलपत्र नेपालीहरुलाई निशुल्क टिकट

खर्चका कारण बिदेशमा अलपत्र नेपालीहरुलाई निशुल्क टिकट

समाचार
पूणर्पुष्टि, साउन, ४ बैदेशिक रोजगारीको शिलशिलामा पैसा विहिन विदेशमा रहेका नेपालीहरुलाई नेपाल सरकारले फ्रि टिकटको व्यवस्था गरी नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ । दूतावासहरुले प्राथमिकताको सूचीमा राखेको नेपालीहरु खर्चका कारण चार्टर्ड उडानको टिकट किन्ने खर्च नपाएर अलपत्र परेका अवस्थामालाई मध्यनजर गरी फ्रि टिकटको व्यवस्था गरेको हो । यदि खर्च अभाव हो भने तुरुन्तै दूतावासमा एउटा निवेदन दिएमा विदेशमा बेर्खची भएका श्रमिकलाई सरकारी खर्चमा उद्धार गरिने सरकारले बताएको छ । सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट समेत नेपाल फिर्ताको लागि हवाई टिकट र विमानस्थलबाट सम्बन्धित क्वारान्टिनसम्म पुर्‍याउन लाग्ने खर्च नभएका श्रमिकले टिकटसहितको सुविधा पाउने श्रम मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले बताउनु भएको छ । थुनामा परी आममाफ...
उदयपुरमा नयाँ सिडियो, कानुन बिपरित काममा लचक नहुने प्रतिवद्धता

उदयपुरमा नयाँ सिडियो, कानुन बिपरित काममा लचक नहुने प्रतिवद्धता

समाचार
पूणर्पुष्टि, साउन, ४ उदयपुरमा दिपक कुमार पहाडीको छाटो कार्यकाल पश्चात जिल्ला प्रशासन कार्यलय उदयपुरमा तत्काल नयाँ  सिडियोको आगमन भएको छ । जिल्ला प्रमुख अधिकारीको कार्यभार सम्माल्न चक्रपाणि पाण्डे उदयपुर आइग्नु भएको हो । प्रमुख अधिकारी पाण्डेले प्रशासनको काम र आफ्नो जिम्मेवारी अधिकारको सहि सदुपयोग गरी उदयपुरलाई प्रशासनमुखी काममा सहज गराउने बताउनुभएको छ । आइतबार जिल्ला प्रशासन कार्यलय स्थित पत्रकारहरु सँगको भेटघाट तथा परिचयत्मक कार्यक्रममा आफ्नो कार्यलाई जनतामुखी र सेवामुखीमा चुस्त तुरुस्त बनाउने प्रतिवद्धताका साथ काम थालेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेले जिल्लामा प्रशासन सँग सम्बन्धित हरेक काम कार्वाहिलाई सरल र सहज तरिकाले गर्न गराउन समन्वयको आधारमा काम गर्ने बताउनु भएको छ । जिल्लामा हुने थुप्रै कामहरु प्रशासन सँग सम्बन्धित हुने हुदा सम्बन्धित निकायहरु सँग सहज वातावरणका साथ ...
मापदण्ड विपरीत यात्रु बोक्ने गाडीलाई कारबाही

मापदण्ड विपरीत यात्रु बोक्ने गाडीलाई कारबाही

समाचार
पूर्णपुष्टि, साउन ४ सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना विपरित यात्रु बोक्ने सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कार्बाही गरेको छ । मापदण्ड पालना नगरी धेरै यात्रु बोकेका सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई चलेका ३० वटा गाडीलाई हिजो महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी चलेका सार्वजनिक गाडीको विशेष जाँच गर्दा कारबाहीमा परेको महाशाखाले जनाएको छ । दिनभर नियन्त्रण लिएर आउँदा दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्काे पटक पनि गल्ती गरेको भेटिए थप कारबाही गरिने प्रहरीले जनाएको छ । सार्वजनिक गाडी चढ्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै य...
बनारसमा मुण्डन गरेको भिडियोमा देखिएको व्यक्ति नेपाली नभएको पुष्टि

बनारसमा मुण्डन गरेको भिडियोमा देखिएको व्यक्ति नेपाली नभएको पुष्टि

समाचार
पूर्णपुष्टि, साउन ४ भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ । उनी भारतीयको बनारसी नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेको बाराणसी प्रहरीले जनाएको छ । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो । भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो । भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो । विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो । नयाँदिल्ली स्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थ...
ठोरीको सिता गुफा नजिकैको नेपाल–भारत सिमा स्तम्भ उखेलेर फाले

ठोरीको सिता गुफा नजिकैको नेपाल–भारत सिमा स्तम्भ उखेलेर फाले

समाचार
पूर्णपुष्टि, साउन ४ पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो । ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै भएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीले जनाएको छ । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केको थियो । तर श...
१ हप्तामा खाडीमा कोरोनाबाट १६ जना नेपालीको मृत्यु

१ हप्तामा खाडीमा कोरोनाबाट १६ जना नेपालीको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ४ पछिल्लो एक हप्तामा खाडी देश कतार, कुवेत र यूएईमा १६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत हप्ता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको जनाईएको छ । २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । पछिल्लो समय अफ्रिकी देशमा कोरोना सङ्क्रमित नेपाली बढेका थिए । तर अहिले सबैजना उपचारपछि निको भएका छन् । अहिलेसम्म विदेशमा ३० हजार ...
सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ४ प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर गराती करिब १२ः५५ वजे दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुने सबै रोल्पाका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलि नसकेको प्रहरीले जनाएको छ ।  साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एक जना भने बाच्न सफल भएको छ । अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
भारतबाट अब आउने सलहले ठूलो नोक्सानी गर्न सक्ने, सावधानी अपनाउन विज्ञको आग्रह

भारतबाट अब आउने सलहले ठूलो नोक्सानी गर्न सक्ने, सावधानी अपनाउन विज्ञको आग्रह

समाचार
पूर्णपुष्टि, साउन ४ भारतबाट अब आउने सलहको झुण्डले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् । भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ । तर त्यसमध्ये कति नेपाल आउँछन् र कत्रो झुण्डमा आउँछन् भन्नेमा भर पर्ने जनाईएको छ । भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना भएको जनाईएको छ । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर बहने र तीब्र बेगमा बहने हुनाले नेपाल आउनसम्भावना भएको केन्द्रले जनाएको छ । नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने जनाएको छ । यी झुण्ड नेपाल आउँदा पश्चिम तराईबाट आउने भएकाले पश्चिम तराईका किसानले सावधानी अपन...
समस्या हटाउन महाधिवेशन

समस्या हटाउन महाधिवेशन

समाचार
पूर्णपुष्टि, साउन ४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरेकोे छ । पार्टीमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्रि तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो । प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको छ । त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको जनाइएको छ । समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अहिले राष्ट्रको आवश्यकता के हो ? त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको जनाई...
स्थापना भएको १८ वर्षपछि नियमावली बन्दै

स्थापना भएको १८ वर्षपछि नियमावली बन्दै

समाचार
पूर्णपुष्टि, साउन ४ विशेष अदालतको स्थापना भएको १८ वर्षपछि नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो । नियमावली नबन्दा कार्यविधिको सरलीकरण, फैसला कार्यान्वयनको संयन्त्र स्थापना तथा कार्यविवरण निर्धारण लगायतको व्यवस्था हुन सकेको थिएन । विशेषले असार २१ गते नियमावली तर्जुमा प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको छ । नियमावली तर्जुमा गर्न मन्त्रालयमा पत्राचार भइसकेको अदालतले जनाएको छ । विशेष अदालत ऐन २०५९ ले ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियम बनाउन सक्ने व्यवस्था गरेको भएनि अहिलेसम्म पनि नियमावली बन्न सकेको छैन ।...