Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ४ एफए कप फुटबलको फाईनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल प्रवेश गरेको छ । गतराति वेम्वली स्टेडियममा भएको खेलमा सिटीलाई आर्सनलले २–० गोलले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औँ मिटनमा आर्सनलका कप्तान पिएरे इमिरिक औवमियाङले १ गोल गरे भने खेलको ७१ औँ मिनटमा दोस्रो गोल गर्दै आफ्नो टिमलाई फाईनलमा पुर्याएको थियो । आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।...
सम्बन्धविच्छेद् , बलात्कार र लागुऔषका घटना बढ्दो

सम्बन्धविच्छेद् , बलात्कार र लागुऔषका घटना बढ्दो

समाचार
पूर्णपुष्टि, साउन ४ आर्थिक बर्ष २०७६/७७ मा जिल्ला अदालत उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद् र लागुऔषधका घटना सबैभन्दा बढि देखिएका छन् । न्यायपालिकाको चौथोँ पंञ्चवर्षिय रणनीतिक योजना कार्यक्रमअन्र्तगत अदालतले आफुले सम्पादन गरेको कामकारवाही सार्वजानिकक्रममा पछिल्लो बर्ष यस्ता प्रकृतिका मुद्दाको चाप बढेको देखिएको हो । सम्बन्धविच्छ्ेद २ सय १८, लागुऔषध ८३ र जवरजस्तिकरणी ६२ थान रहेका छन् । पछिल्लो तीन बर्षका आकलनमा सबैभन्दा बढि आव. ०७६/७७ मा यस्ता प्रकृतिका मुद्दा तुलानात्मकरुपमा बढेको श्रेष्तेदार धनबहादुर कार्कीले  बताए । ‘तीन आर्थिक बर्षको तथ्यांक आँकडा हेर्दा मुद्दा प्रत्येक बर्ष बढ्दै गएको छ ।, न्यायाधिश दिपक खनालले भने, ‘यसलाई न्युनिकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयाभह् बन्छ । दर्ता भएका मध्ये सम्बन्ध विच्छ्ेदका १ सय ४९, लागुऔषध ५२ र जवरजस्तिकरणीका २२ वटा मुद्दा फछ्र...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-04-03

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-04-03

समाचार
नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । -*- नेपालको ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघे । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ । -*- छिनु र हतोडाले उत्खन्न गरेको तामा खानी ओझेलमा । उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी सम्बन्धित निकायबाट नै ओझेलमा परेको हो । -*- सुनसरीको हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा दुई जना घाईते भएका छन् । -*- सिरहाको औरही गाउँपालिका–५ मा गतरात...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार विश्वका १ करोड ४२ लाख १५ हजारभन्दा धेरै संक्रमित भएका मध्ये ६ लाखभन्दा धेरैको मृत्यु भएको छ भने ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने १ लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ७७ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै कोरोना तेस्रो स्थानमा भारत रहेको छ । भारतमा १० लाख ४० हजार ९ ...
नेपालको ६ जिल्ला कोरोना मुक्त

नेपालको ६ जिल्ला कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ नेपालको ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै रौतहट, कैलाली, र बाजुरामा ५ सय भन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८ सय २५ जना सङ्क्रमित उपचाररत छन् । १ न. प्रदेशमा ७९, २ न. प्रदेशमा १ हजार ८ सय ४४, वाग्मती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८, ५ न. प्रदेशमा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सङ्क्रमित उपचाररत छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ भने निको हुनेको सङ्ख्या ११ हजा...
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ । देशको विभिन्न अस्पतालको आईसोलशनमा ५ हजार ८ सय २५ जना विरामी उपचाररत हरेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ४० जनाको मृत्यु भईसकेको छ ।...
सार्वजनिक यातायात चलाउन व्यवसायी राजी

सार्वजनिक यातायात चलाउन व्यवसायी राजी

समाचार
पूर्णपुष्टि, साउन ३ सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा ३ जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । तर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरुले बताएका छन् । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, साउन ३  सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी–३ निबासी ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय  ईटहरीले जनाएको छ ।...
सुरक्षाकर्मी र तस्कर झडप, २ जना घाईते

सुरक्षाकर्मी र तस्कर झडप, २ जना घाईते

समाचार
पूर्णपुष्टि, साउन ३ सुनसरीको हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा दुई जना घाईते भएका छन् । हरिनगर गाउँपालिका–७ घुस्कीमा गतराती तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा गोली लागेर हरिनगरका–२० वर्षीय सहजद जट अन्सारी र सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेर घाईते भएको प्रहरीले जनाएको छ । घुस्कीमा भारतबाट आएका समूहले काममा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किएको थियो । बन्दुक पड्किंदा अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीको नम्बर ४ गण सुनसरीले जनाएको छ । यसअघि हिजो पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरी र भारतबाट आएका केही नागरिकबीच झडप भएको थियो ।...
सिरहामा बम बिष्फोट

सिरहामा बम बिष्फोट

समाचार
पूर्णपुष्टि, साउन ३ सिरहाको औरही गाउँपालिका–५ मा गतराति बम बिस्फोट हुदा एक जना घाईते भएको छ । बम बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादव तत्कालीन औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता हो ।...