Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, साउन ३ पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । हिजो बेलुकी रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडीखोला तर्ने क्रममा देवबहादुर मुखियालाई बगाएर बेपत्ता भएको हो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडाका मुखियालाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...
भारतबाट सलह भित्रिने जोखिम कायमै

भारतबाट सलह भित्रिने जोखिम कायमै

समाचार
पूर्णपुष्टि, साउन ३ भारतबाट सलह किरा नेपालमा आउने जोखिम अझै कायमै रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ । भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो । नेपालमा अहिले खासै सलह छैनन् । सलह पानीमा निस्क्रिय हुने भएकाले राजस्थानमा पानी परे केही समयका लागि नेपाल आउने सम्भावना टर्ने जनाईएको छ । अस्ति पश्चिम कञ्चनपुरबाट प्रवेश गरेका सहलले नेपाल छाडिसकेका छन् । सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेको जनाईएको छ । अहिले नेपालको सीमामा यी कीरा छैनन् । तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना अझै रहेको हो । सहलको झुण्डले बालीनालीमा नोक्सानी गर्ने भएकाले सकेसम्म बालीमा बस्न नदिने उपाय नै अपनाउन सु...
जिफन्टको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान

जिफन्टको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान

समाचार, स्वास्थ्य
गाईघाट, साउन, ३ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उदयपुले आफ्नो ३१ औँ स्थापनाको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार नेपाल रेडक्रस सोसाईटी भवन कार्यलय बोक्से स्थित रक्तदान कार्यक्रमको अयोजना गरिएको हो । जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डे सहित अन्य व्यक्तिहरुले रक्तदान गर्नुभएको छ । प्रमुख अधिकारी पाण्डेले यो भन्दा पहिले ३० पटक रक्तदान गरिसको बताउँदै जिफन्टको स्थापनाको अवसरमा पनि रक्तदान गर्न पून अवसर मिलेको बताउनुभयो । संस्थाको उज्वल भविष्यको शुभकामना सहित रक्तदान प्रति सबैलाई प्रेरणा र जिवन रक्षाका लागि रक्तदानको ठुलो भुमिका रहने उहाँले बताउनुभयो । जिफन्ट त्रियुगा नगर कमिटिका अध्यक्ष माया भण्डारीले मानव जिवनमा रगत अति उपयोगी बस्तु रहेको र मानव जिवनको अतिआवश्यकमा पर्ने वस्तु रहेको बताउँदै रक्तदानको कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बिषेशगरी मजदुरहरु र...
बरण्डाबाट लडेर १ जनाको मृत्यु

बरण्डाबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, साउन ३ मोरङमा एक जना घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलबारी–१ निबासी ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो । हिजो राती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडेर वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
पाल्पा–बुटवलको सडक अवरुद्ध

पाल्पा–बुटवलको सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, साउन ३ अविरल वर्षासँगै आएको पहिरोले पाल्पा–बुटवलको सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरो गएको ठाउँमा रहेका गाडी सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक माथिल्लो भागबाट निरन्तर ढुंगा सहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।...
पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, साउन ३ अविरल वर्षासँगै आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो । स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा दुई वटा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा भने गाडी चलिरहेका छन् ।...
नेपालीलाई दुर्व्यवहार गनलाई कारबाही

नेपालीलाई दुर्व्यवहार गनलाई कारबाही

समाचार
पूर्णपुष्टि, साउन ३ भारतमा नेपाली नागरिकलाई दुर्वयवहार गर्ने र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तर प्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिनुभएको हो । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो । मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिनुभएको दुताबासले जनाएको छ । नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्...
जाल्पाद्वारा किशोरी बालिकालाई सेनेटरी प्याड बितरण

जाल्पाद्वारा किशोरी बालिकालाई सेनेटरी प्याड बितरण

समाचार, स्वास्थ्य
मिलन परियार लिम्चुङ्बुङ, साउन ३  जल्पा एकिकृति विकास समाज उदयपुरले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । सरकारले ल्याएको प्रत्येक बिद्यालयमा किशोरी बालिकाहरुलाई सेनेटरि प्याड बितरण गर्ने कार्यक्रमलाई थप सहयोग पुर्याउने उद्देश्यले वितरण गरेको हो । वर्ल्ड भिजन सिंगापुरको सहयोगमा  जाल्पा एकीकृत बिकास समाज उदयपुरले वडा बाल संरक्षण तथा सम्बद्र्धधन समिति र स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा ९ बर्ष भन्दा माथीका बालिकाहरुलाई सेनेटरी प्याड बितरण गर्न सुरु गरेको बाल प्रायोजन फिल्ड परिचालक प्रलाद खत्रीले बताए । स्वास्थ्य कर्मीहरुले किशोरीहरुलाई सेनेटरी प्याडको महत्त्व, फाईदा, प्रयोग, ब्याबस्थापन  र ब्यक्तिगत  सरसफाइ सम्बन्धि अभिमुखिकरण सहित साउन १ र २ गते उदयपुरगढी गाउँपालिका भित्रका सबै बिद्यालयमा ९ बर्ष भन्दा माथिका १ सय ३७ जना बालिकालाई सेनेटरी प्याड बिररण गरेको...
भोलीदेखि ठूलो पानी पर्ने सम्भावना

भोलीदेखि ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, सउन ३  आज देशको विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ । मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको छ । अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै मानवीय क्षति घटाउन सतर्क रहन प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १ सय १ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १ सय ३६ घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । खराब मौसमका कारण उद्धार र राहत वितरणमा केही ढिलाइ भइरहे...
टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ३ आगामी सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ । खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुने आयोजकले जनाएको छ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।...