Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

प्रधानपञ्च तथा पूर्व वडा अध्यक्ष  राई सहित ३९ जना कांग्रेस परित्याग गरि नेकपा प्रवेश

प्रधानपञ्च तथा पूर्व वडा अध्यक्ष राई सहित ३९ जना कांग्रेस परित्याग गरि नेकपा प्रवेश

समाचार
पूर्णपुष्टि, फागुन ६ त्रियुगा नगरपालिका १६ मा पार्टी प्रवेशको लहर लागेको छ । प्रधानपञ्च तथा पूर्व वडा अध्यक्ष बम वहादुर राई सहित ३९ जना कांग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरी  नेकपा प्रचण्ड–माधव समूहमा प्रवेश गरेको छ । प्रधानपञ्च राईको नेतृत्वमा प्रवेश गर्ने ३९ जनालाई बुधबार पार्टीको एक भव्य कार्यक्रम बिच नेकपा केन्द्रिय सदस्य नेता सुरेश कुमार राई, नेकपा केन्द्रीय सदस्य तथा उदयपुरका इन्चार्ज बलदेव चौधरी र नेकपाकै सचिवालय युवा नेता किरण राईले पार्टी प्रवेश गराउनु भएको हो । राई नेपाली काग्रेसबाट ३५ बर्ष सम्म प्रधानपञ्च चलाएका व्यक्ति पनि हुन् । उहाँ कांग्रेसबाटै प्रधानपञ्च देखि वडा अध्यक्ष समेत बनेर जनताहरुका लागि काम गर्दे आउनु भएको थियो ।  उहाँले वडामा कांग्रेसको बिकासी गतिबिधि आफुलाई चित्त बुझ्दो नरहेको र स्थानीय स्थरमा रहेर कुनै पनि नेताहरुले काम नगरेको गुनासो गर्नुभयो । आफ्...
भागरथी दोषी कार्वाही मागको बिरोध प्रदर्शनमा ह*त्या आरोपित भट्ट आफै पनि सहभागी थिए

भागरथी दोषी कार्वाही मागको बिरोध प्रदर्शनमा ह*त्या आरोपित भट्ट आफै पनि सहभागी थिए

समाचार
पूर्णपुष्टि, फागुन ५ भागरथी ह*त्यामा संलग्न रहेको दिनेश भट्ट सोयम आफै भागरथी ह*त्या दोषि कार्वाहीको माग विरोधमा समावेश हुदै आएको प्रहरीले जनाएको छ । तर उनलाई प्रहरीले दोषि पहिचाान गरी पक्राउ गर्न सफल भएको छ । पक्राउ पछि भट्टले प्रतिशोधको बदलामा भागरथीलाई ह*त्या गरेको प्रहरीलाई बयान दिएको छ । उनले आफ्नो फुफुलाई भागरथीको बुबाले पहिल्यै दुव्र्यवहार गरेको भन्दै प्रहरीमा बयान दिएका थिए । ब*ल*त्का*र पछि पोल खोल्ने डरले भागरथीलाई ह*त्या नै गर्ने निर्णय पछि घटना भएको उनले बताएको छ । आफै घटना घटाएर उनि पनि भागरथीको ह*त्याका दोषीमाथि कारबाहीको विरोध प्रदर्शनमा सशक्त लागि परेका थिए । तर, उनी भिडभित्र रहेपनि प्रहरीले पहिचान गरी पक्राऊ गर्न सफल भएको छ । २१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको ब*ला*त्का*र* पछि ह*त्या भएको थियो । उनको श*व २२ माघमा फेला परेको थियो...
त्रिनपां १६ जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

त्रिनपां १६ जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ५ त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभान जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । बुधबार नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का सचिव सुरेश कुमार राई र त्रियुगा नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला इन्चार्ज बलदेब चौधरीले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै संञ्चालनमा ल्याएको हो । हरेक नागरिको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखी वडाले वडावासीहरुलाई स्वास्थ्यमा पहँुच पुराउन वडाको जाँते बेल्दोभानमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य राईले भवन उद्घाटन गर्दैे स्थानीय सरकारको जिम्मेवारमा १६ नं वडा सफल भएको बताउनुभयो । हरेक मानिस स्वास्थ्य रहेमा राष्ट्र स्वाथ्य हुने भन्दै हरेक व्यक्ति, परिवार, टोल, वडा, पालिका गर्दै राष्ट्र सम्म स्वास्थ्यको पहँुचमा स्थानीय स्थ...
भागरथी हत्याका आरोपी सार्वजनिक, ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमती

भागरथी हत्याका आरोपी सार्वजनिक, ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमती

समाचार
पूर्णपुष्टि,फागुन ५ १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने १८ बर्षीय दिनेश भट्ट पक्राउ परेका हुन् । आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । भागरथी बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । हत्या आरोपी दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिनुभयो । आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा ...
छतबाट खस्दा २ बर्षीय बालकको मृत्यु

छतबाट खस्दा २ बर्षीय बालकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन ५ सप्तरीमा छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । बालक छतबाट खस्दा गम्भिर घाईते भएका थिए । घाइते बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।...
हडियामा सुविधा सम्पन्न भवन उद्घाटन

हडियामा सुविधा सम्पन्न भवन उद्घाटन

समाचार
पूर्णपुष्टि,फागुन ५ चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित २ तले १२ कोठा भएको जनता माध्यामिक विद्यालय भवनको उद्घाटन मंगलबार भएको छ । नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा प्राप्त कूल अनुदान २ करोड ३५ लाख मध्ये १ करोड ९० लाख रुपैयामा भवन निर्माण भएको हो । नव निर्मित भवनको उद्घाटन नगरप्रमुख खगेन्द्र राईले हिजो गरेका हुन् । कूल बजेटबाट बाँकी रहेको ४५ लाख रुपैयाले भवन नजिकै व्याड्मिन्टन कवर्ड हल निर्माण भएको छ । व्याड्मिन्टन कवर्ड हलको पनि नगरप्रमुख राईले एकैसाथ उद्घाटन गरेको प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा हलेसी निर्माण सेवा काठमाण्डौले लिएको थियो ।...
सुनको भाउमा भारीगिरावट, आठ महिनायताकै सस्तो

सुनको भाउमा भारीगिरावट, आठ महिनायताकै सस्तो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन ५ सुनको भाउ आज पछिल्लो आठ महिनायताकै सवै भन्दा सस्तो भएको छ । सुनको भाउ एकै दिन आज १ हजार १ सय रुपैयाँले घटेकोले सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ । कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाउँदा बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सामान्य अवस्थामा बजारमा दैनिक ४० किलोको दरले सुनको कारोबार ...
२५ लाख बराबरको घडी बरामद

२५ लाख बराबरको घडी बरामद

समाचार
पूर्णपुष्टि,फागुन ५ सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विदेशी घडीसहित एक जना युवकलाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका–४ बाट गौर नपा–५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले २५ लाखको घडीसहित खानलाई नियन्त्रण लिएको छ । प्रहरीले ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको थियो । बरामद  घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ । खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएको छ ।...
एपीएफ क्लबको उत्कृष्ट खेलाडी सावित्रा भण्डारी घाईते

एपीएफ क्लबको उत्कृष्ट खेलाडी सावित्रा भण्डारी घाईते

समाचार
पुर्णपुष्टि, फागुन ५ एपीएफ क्लबको एक उत्कृष्ट खेलाडी सावित्रा भण्डारी नेपाल पुलिस विरुद्दको खेलमा उनको घोडामा चोट लागेको छ ।  एमआरआई गराएर हेदा एसिएल च्यातिएको र बुधबार सम्म चोटको रिपोर्ट आएको अनुसार उनी १ बर्ष सम्म नखेल्न सक्ने सम्भावना रहेको छ । राष्ट्रिय महिला लिग सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको नेपाल पुलिस क्लबसँग को खेलमा ल्याण्डिङ नमिल्दा उनको घोडामा चोट लागेको थियो । महिला राष्ट्रिय टिमको उत्कृष्ट खेलाडी सावित्रा भण्डारीको घोडामा चोट लाग्दा अब आउने दिनहरुमा यस टिमलाई अपुरणीय क्षति हुनेछ । उनको उपचारकको लागी एन्फाले सहयोग गर्ने र शिघ्र लाभको कामना गर्दछु , एन्फका अध्यक्ष कार्माछिरिङ शेर्पाले मंगलबार सामाजिक संजाल मार्फत जानकारि गर्नु भएको  हो । उनले १० खेलमा ४३ गोल गरेको छ । आर्मि र पुलिससँगको खेलमा भने गोल गरेकि छैन । एक खेलमा २ गोल गरेकी छिन भने बाँकिको ७ खेलमा ...
भागरथी बलात्कार–हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने किशोर पक्राउ, म्याद थप गर्न अदालत लगिँदै

भागरथी बलात्कार–हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने किशोर पक्राउ, म्याद थप गर्न अदालत लगिँदै

समाचार
पूर्णपुष्टि,फागुन ५ भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा एउटै स्कुलमा पढ्ने एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ पर्ने व्यक्ति सनातन माविमै कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट हुन् । दिनेश भागरथीका छिमेकीसमेत रहेका प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार दिनेशले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् । दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा दिनेशको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भागरथीको हत्या गरेको बयान दिएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा ...