आजदेखी प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन शुरु
पूर्णपुष्टि,फागुन ५
आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमलाई निरन्त्रता दिँदै भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ ।...









