Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

मालपोत कार्यालयका निमित्त प्रमुख ठुलो रकमको घुस सहित पक्राउ

मालपोत कार्यालयका निमित्त प्रमुख ठुलो रकमको घुस सहित पक्राउ

समाचार
 पूर्णपुष्टि, फागुन ८ मालपोत कार्यालय बाराका निमित्ति प्रमुख र लेखापढी कानुन व्यवसायी ६ लाख घुस सहित अख्तियारको फन्दामा परेको छ । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिए । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम...
आजको अन्तिम दुई खेलमा एक खेल समाप्त एक खेल बाकिँ

आजको अन्तिम दुई खेलमा एक खेल समाप्त एक खेल बाकिँ

खेलकुद, समाचार
 प्ुार्णपुष्टि, फगुन ७ राष्ट्रिय महिला लिगमा पुलिस क्लब र उदयपुरको चौदण्डिगढि नगरपालिका सँगको आज शुक्रबारको अन्तिम खेलमा पुलिस क्लबले चौडण्डिगढिलाई  पराजित गरेको छ । यस खेलमा १०–० को अन्तरमा पुलिस क्लबले चौदण्डिगढि नगरपालिकालाई हराएको छ । लिगको १२ खेलबाट पुलिस क्लबले १८ अंक सहित तेस्रो स्थान हात पार्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगमा पुलिस क्लबको खेलाडि निरु थापाले ह्याट्रिकसँग चार गोल,  निर्मला विकले ह्याट्रिक, सुनकलि राई र अमृता जैसीले एक एक गोल र एक गोल चाँहि आत्मा घाति गोल गरेका थिए । पहिलो खेलमा पुलिसले चौडण्डिगढि नगरपालिकालाई ६–० मा हराएको थियो । पुलिस क्लबको १२ खेलमा ५ खेल जितेका छन् , ३ खेल बराबरी र ४ खेल हार बेहोर्दै १८ अंक जोड्दै वालिङ नगरपालिका को टिम र बिराटनगर महानगरपालिकाको टिमलाई अंकले पछि पारि सकेको छ ।वालिङ १७ अंकमा चौथो बनेको छ भने १६ अंक...
२५ किलो गाँजासहित २ जना पक्राउ

२५ किलो गाँजासहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन ७ २५ किलो गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलील गाँजासहित पक्राउ गरेको हो । ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त अटोको थिङ चालक हुन् । पक्राउ परेको दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।...
विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते

समाचार
पूर्णपुष्टि,फागुन ७ स्काउट विद्यार्थी बोकेको बस आज विहान रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ  । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । आजदेखि मन्थलीमा संचालन हुने तेश्रो मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा भाग लिनका लागि सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थीहरु सदरमुकाम मन्थली आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा मन्थली जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिन खोज्दा भित्तामा ठोकिएर पल्टिएको थियो । बसमा ५३ जना विद्यार्थी सवार थिए ।...
प्रहरीको कुटाइबाट बालकको मृत्यु

प्रहरीको कुटाइबाट बालकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन ६ प्रहरीको कुटाइबाट एक स्थानीय १४ बर्षीय बालकको मृत्यु भएको मृत्कका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लाको खलंगामा घेराउ गरेको छ । गुठिचौर गाउँपालिका–३ का पदम बुढाको उपचारको क्रममा मृत्यु भएको हो । उनकोे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । १४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए । ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसियुमा राखेर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । उनको अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेको अस्पतालले जनाएको छ । मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट...
प्रचण्डको सुरक्षामा खटिएका प्रहरी नायव उपरिक्षक सहित भारी सुरक्षाकर्मीहरु कटौती

प्रचण्डको सुरक्षामा खटिएका प्रहरी नायव उपरिक्षक सहित भारी सुरक्षाकर्मीहरु कटौती

समाचार
पूर्णपुष्टि, फागुन ६ सरकारले प्रचण्डको सुरक्षामा भारी कटौती गरेको छ । प्रचण्डको सुरक्षामा खटाइएका प्रहरी नायव उपरिक्षक सहित भारी सुरक्षाकर्मीहरु गुहमन्त्रालयले कटौती गरेको छ । मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख अनुसार प्रचण्डको सुरक्षा कटौती गरेको हो । हाल प्रचण्ड सँग १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी मात्र सुरक्षाको लागि खटाईएको छ । प्रचण्ड सँग पहिले ४७ जना सशस्त्र प्रहरी र २७ जना नेपाल प्रहरीलाई सुरक्षामा खटाइएका थिए । पचण्डलाई सरकारले पर्याप्त सुरक्षाकर्मीहरु उपलब्ध गराउन नसकेको भन्दै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ । यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो ...
करणी मुद्दामा उदयपुरका फरार प्रतिवादी चतराबाट पक्राउ

करणी मुद्दामा उदयपुरका फरार प्रतिवादी चतराबाट पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन ६ जबरजस्ती करणी मुद्दामा उदयपुरका एक फरार प्रतिवादी चतराबाट पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–५ लालबजार बस्ने रबिन वि.क.लाई रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधवार सुनसरी जिल्लाको चतराबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चतरा सुनसरी संगको समन्वयमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले वि.क.लाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनलाई सुनसरी जिल्लाको चतरामा लुकिछीपी बसिरहेको अबस्थामा गरेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत उदयपुरमा फैसाला कार्यन्वयनको लागी बुझाईएको जिल्ला प्रहरी कार्यलय उदयपुरको सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो । जिल्ला अदालत उदयपुरले २०७२ साल जेठ ३ गते गर...
यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग गर्यो

यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग गर्यो

समाचार
पूर्णपुष्टि,फागुन ६ सरकारले एक सातामै दुई पटक तेल र सवारीजन्य पार्टपूर्जामा मल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले भाडा बढाउन माग गरेको छ । यातायात व्यवसायीहरुले तेलको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हो । यातायात व्यवसायीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् । महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ कम्तिमा ३० दखि ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने अवस्था रहेको बताउँछन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै सकेसम्म व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गर्न नभए भाडा बढाउन विभागलाई भनिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको...
परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन ६ परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द भएको छ । दैलेखको कालीका मा.वि.सिंहासैनबाट कक्षा १२ को  परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले ३ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।...
सुनको भाउमा आज पनि गिरावट

सुनको भाउमा आज पनि गिरावट

समाचार
पूर्णपुष्टि,फागुन ६ सुनको भाउमा आज पनि गिरावट आएको छ । बुधबार प्रतितोलामा १ हजार १ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ आज प्रतितोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १ हजार ३ सय ३५रुपैयाँ तोकिको महासंघले जनाएको छ ।...