सकारले किनेको १० लाख डोज ‘कोभिशिल्ड’ कोरोना खोप काठमाडौं आइपुग्यो
पूर्णपुष्टि,फागुन ९
सरकारले कोभिड–१९ कोरोना विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ कोरोना खोप भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत काठमाडौं आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति अनुरुप १० लाख डोज कोरोना खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई सोही खोप दिइरहेको छ ।...









