Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

एकै परिवारका ३ जना मृत फेला

एकै परिवारका ३ जना मृत फेला

समाचार
पूर्णपुष्टि,फागुन १० गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका वृद्ध, बालिका र एक महिला आज बिहान मृत फेला परेका हुन् । हिजो राति सुतेका ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेर्दा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतको मुखमा फिँज आएको प्रहरीले जनाएको छ । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।...
मुन्धुम पदमार्ग निर्माण कार्य तिब्र

मुन्धुम पदमार्ग निर्माण कार्य तिब्र

पर्यटन, समाचार
पूर्णपुष्टि, फागुन १० नेपालको सय वटा पर्यटकिय गन्तब्यभित्र परेको मुन्धुम पदमार्ग निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने सय वटा पर्यटकीय गन्तव्यभित्र सूचीमा परेको मुन्धुम पदमार्ग स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भईसकेको परियोजनाले जनाएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ । स्थानीय आर्थिक विकासको लागि मुन्धृुम पदमार्ग पर्यटन प्रवर्द्घन परियोजना अन्र्तगत निर्माण भइरहेको छ । अहिले पदमार्ग फराकिलो बनाउने, सिँढी बनाउने, चौतारा बनाउने, किराँत पहिचानसँग जोडिएका चीह्नहरुको सम्बर्धन तथा प्रवर्धन गर्ने, साइनबोर्ड राख्ने कार्य भइरहेको जनाईएको छ । मुन्धुम पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिकाका ...
लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १० मोरङमा अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका–२ निबासी ३३ वर्षीय धनिराम चौधरी, वडा नम्बर ४ का ३७ वर्षीय मनराज शेखर र २३ वर्षीय कैलाश मण्डल खैरो हिरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषध ब्यूरो विराटनगरबाट खटेका प्रहरी टोलीले आईतबार दिउँसो साढे ३ बजे कटहरी गाउँपालिका–४ को चमराही चौकबाट प्लाष्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन आठ ग्राम र डिजिटल काटा एक थानसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
मेलम्ची खानेपानीको सुरुङ परीक्षण हुदै

मेलम्ची खानेपानीको सुरुङ परीक्षण हुदै

समाचार
पूर्णपुष्टि, फागुन १० आजदेखि मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ । खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ मा रहेको अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । आयोजनाका ...
सैन्य विमान दुर्घटना

सैन्य विमान दुर्घटना

समाचार, संसार
पूर्णपुष्टि, फागुन १० मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको जनाइएको छ । विमान दुर्घटनामा मृत्यु हुनेको परिचय खुलिनसकेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएका छन् । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।...
अवैध औषधि ओसारपसार गर्ने ३ जना पक्राउ

अवैध औषधि ओसारपसार गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १० अवैध औषधी ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरको छ । बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र २ नम्बर वडाका १८ वर्षीय समीर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार एक सय ६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको चार सय ३६ ट्याब्लेट, स्टागन चार सय ४० ट्याब्लेट फेला परेको जनाइएको छ । त्यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट नगद पाँच हजार तीन सय २५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदीपको साथबाट नगद एक लाख २९ हजार आठ सय २...
किशोरकिशोरी समग्र विकासबारे ४० किशोरीहरुलाई गाईघाटमा तालिम

किशोरकिशोरी समग्र विकासबारे ४० किशोरीहरुलाई गाईघाटमा तालिम

समाचार
पूर्णपुष्टि, फागुन १० जाल्पा एकिकृत विकास समाजको आयोजना १० दिने किशोरकिशोरी बिकासका लागि रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम संञ्चालन भईरहेको छ । ५ गते देखि होटल कोहबरमा संञ्चालन १० दिने तालिम ६ दिन देखि निरन्तर संञ्चालनमा छ । समाजमा किशोरकिशोरी मजबुद भएमात्र राष्ट्रको विकास हुने भन्दै उनिहरुलाई बिभिन्न क्षेत्रमा बिकास र क्षमतावान वनाउने भन्दै तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको सामाना परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका ४० जना किशोरकिशोरीहरु सहभागी छन् । पछिल्लो समय बालिकाहरु माथी हिंसा तथा बलत्कारका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाएको भन्दै यस्ता समस्या समाधान गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, अभिभावकले आफ्ना सन्तानहरुको बिशेष निगरानी राख्ने तथा सरोकारवालाहरुले सचेतनामूलक अभियानलाई ...
आगलागीबाट १ घर जलेर नष्ट

आगलागीबाट १ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, फागुन १० उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । स्थानीय कमल राईको घारमा हिजो दिउँसो करिब साढे ३ बजे घरमा कोहि नभएको बेला एक्कासी आगलागी हुदा घरसहित घरभित्र रहेको अन्नपात, करिब डेढ तोला सुन, ५० हजार नगद र भैँसी, सुगुर, बाख्रा एक–एक वटा, कागजपत्र र एउटा चर्पी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २० लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको जनाईएको छ ।...
मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेस

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेस

समाचार
पूर्णपुष्टि, फागुन १० प्रदेश १ सभाको हिजो बसेको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । ओली पक्षका सांसदहरुको अनुपस्थितिमै बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गर्न प्रचण्ड–माधव समूहका सांसद ईन्द्र आङ्बोलाई समय दिनुभएपछि आङ्बोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेको जनाईएको छ ।...
बिहारमा १२ बर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, ९ जनाले गरे आत्मसमर्पण

बिहारमा १२ बर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, ९ जनाले गरे आत्मसमर्पण

समाचार
पूर्णपुष्टि,फागुन ९ १२ बर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा बालिकालाई बलात्कार गरेकोे र प्रमाण मेटाउन,शव जलाउन सहयोग गरेका ९ जना आरोपीहररुले आत्मसर्पण गरेका छन् । हिजो कुण्डवा चैनपुर थानामा उनीहरुले आत्समर्पण गरेको बिहार प्रहरीले जनाएको छ । एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिनु एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् । ९ जना मध्ये ४ जनाले बालिकामाथि करणी गरी हत्या गरेको आरोप रहेको र अन्य ७ विरुद्ध करणीको प्रमाण मेटाउने र जलाएको आरोप छ । बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा पुगेका थिए । गत माघ ८ गते बारबर्दिया नगरपालिका—३ कि १२ वर्षीया बालिका सुमित्रा विकलाई भारत बिहार राज्यमा सामुहिक बलात्कार पछि हत्...