Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, फागुन १० मोरङको विराटनगरबाट उदयपुरका एक युवा लागुऔषधसहित पक्राउ परेको छ । कटारी नगरपालिका–७ तकिया निबासी २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेको हो । सोमबार दिउसो ३ बजे विराटनगर–१६ दुर्गा मन्दिरबाट फुयालले चलाएको को २ ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ९ सय ४० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा संलग्न टेम्पो सहित फुयाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रिमियर लिगमा क्रिस्टल प्यालेस विजयी

प्रिमियर लिगमा क्रिस्टल प्यालेस विजयी

खेलकुद, समाचार
पूर्णपुष्टि,  फागुन ११ इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले जित हासिल गरेको छ । गतराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात परेको हो । क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । त्यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेको थियो । लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।...
७ महिनामा ४९ अबको खाद्यान्न आयात

७ महिनामा ४९ अबको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १० चालु आर्थिक वर्षको सात महिनामा करिब ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल आयात भएको भन्सार विभागले जनाएको छ । हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । सात महिनामा करिब २० अर्ब रुपैयाँ बराबरको धान चामल मात्रै आयात भएको जनाएको छ । सात महिनामा व्यापार घाटा पनि सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालले विदेशबाट आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर यसै अवधिमा नेपालले जम्मा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा मात्रै निर्यात गर्न सकेको जनाएको छ । आयात ०.१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ । भारतबाट सात महिनामा पाँच खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने जम्मा ४९ अर्ब ९३ ...
नेप्से ३२ अङ्कले घट्यो

नेप्से ३२ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १०  आज शेयर बजार परिसूचक नेप्से करिब ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२.६७ अङ्कले घटेर २६ सय ७.६७ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ । दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् । सेन्चुरी बैंक, सिभिल बैंक, मेगा बैंक र नबिल इक्विटी ...
काली मार्सी धान फल्ने छुमचौर पर्यटकीय गन्तव्यमा

काली मार्सी धान फल्ने छुमचौर पर्यटकीय गन्तव्यमा

पर्यटन, समाचार
पूर्णपुष्टि,  फागुन १० विश्वको सवै भन्दा अग्लो ठाउँमा जुम्लाको काली मार्सी धान फल्ने छुमचौर पर्यटकीय नयाँ गन्तब्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमा पातारासी गाउँपालिका–३ छुमचौर जिउलो पर्यटकीय नयाँ गन्तव्यको सूचीमा काली मार्सी धान फल्ने छुमचौर नयाँ गन्तव्यको सूचीमा परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो । देशभरका २०० पालिकामा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको जनाइएको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुकासाथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने काली मार्सी धानको संरक्षण तथा सम्वर्द्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्र...
हर्न निषेधबारे सवारी चालकहरुलाई हात जोडेर सम्झाउँदै उदयपुर ट्राफिक

हर्न निषेधबारे सवारी चालकहरुलाई हात जोडेर सम्झाउँदै उदयपुर ट्राफिक

समाचार
पूर्णपुष्टि, फागुन १० वातावरण प्रदुषण फैलाउने सवारी हरण ३ बर्ष पहिल्यै बाट निषेधित रहेको भएपनि पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन् । जथाभावी सवारी हर्नले वातावरण प्रदुषण हुनुका साथै बिरामी तथा बिभिन्न मानसिमा वातावरणीय असर पुराउने भन्दै यसलाई आवश्यक भन्दा अन्य काममा बजाउन नपाउने ट्राफिक नियममा उल्लेख गरिएको छ । राजधानीमा ५ बर्ष पहिल्यै बाट यो कार्यन्वयन सुरु गरिएको भएपनि प्रदेश नं १ मा भने ३ बर्ष देखि यो नियम लागु गर्दे आएको थियो । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीको निर्देशनमा १४ ओटै जिल्लामा रहेको ट्राफिक कार्यालयहरु र त्यस माताहतमा रहेको सबै ट्राफिक पोष्टहरुमा सोमवार ठुला तथा साना सवारीहरुलाई हर्न निषेधबारे सम्झाउने काम भएको छ । १ नंम्वर प्रदेशलाई वातावरण प्रदुषण मुक्त बनाउन ट्राफिक प्रहरीले हर्न निषेध गर्ने अभियान अन्तगरगत उदयपुरमा पनि हर्न निषेधबारे सवारी चालकहरुलाई हात ...
प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार विरुद्ध गाईघाटमा आईतबार भएकाे विरोध प्रदर्शनका फाेटाे फिचर

प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार विरुद्ध गाईघाटमा आईतबार भएकाे विरोध प्रदर्शनका फाेटाे फिचर

समाचार
तस्विरहरू : सुनिल राइ, पूर्णपुष्टि खबर
सरकारले संकटकाल लगाएर पेल्न सक्दैन, बरु आफै सिद्धिन्छ : मदन कटुवाल, प्रवक्ता, नेपाली कांग्रेस उदयपुर

सरकारले संकटकाल लगाएर पेल्न सक्दैन, बरु आफै सिद्धिन्छ : मदन कटुवाल, प्रवक्ता, नेपाली कांग्रेस उदयपुर

समाचार
पूर्णपुष्टि, फागुन १० । नेपाली कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले अहिलेको सरकारले संकटकाल लगाएर पेल्न नसक्ने, त्यासो गरेमा सरकार आफै सिद्धिने बताउनुभएको छ । नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई असंवैधानिक भन्दै विरोधमा रहेको प्रष्ट्याउदै सरकार संकटकालतिर लागेमा कांग्रेस एक्लैले ठेगान लगाउने बताउनुभयो । पूर्णपुष्टि खबर संवादमा कुराकानी गर्दै उहाँले कांग्रेस एक्लैले आन्दोलन गरेर सरकारलाई घुडा टेकाउने र जनताको संविधान जनतालाई फिर्ता गराउने बताउनुभयो । संविधान भन्दा बाहिर गएर न्यायलय र निर्बाचन आयोगको फैसला नआउने विश्वास उहाँको छ । नेकपाको फुट र समर्थन र विरोधको जनप्रदर्शनले राष्ट्रिय संकट पैदा गरेको भन्दै उहाँले समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । पार्टी फुटको अवस्थामा लोकतन्त्र संकटमा पर्ने भन्दै लोकतन्त्र, संविधान रक्षाका लागि जुट्नु पर्ने बत...
प्रतिगमन र हत्या, हिंसा, बलात्कार विरुद्ध विरोध प्रदर्शन

प्रतिगमन र हत्या, हिंसा, बलात्कार विरुद्ध विरोध प्रदर्शन

समाचार
पूर्णपुष्टि, फागुन १० । प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार विरुद्ध गाईघाटमा आईतबार विरोध प्रदर्शन भएको छ । अखिल नेपाल महिला संघ, जिल्ला संघर्ष समितिले नाराजुलुससहित विरोध प्रदर्शन गरेको हो । जिल्लाभरबाट प्रतिनिधिमुलक उपस्थिति भएका महिलाहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई प्रतिगमन भन्दै विरोध जनाए । संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले प्रतिगमन विरुद्ध महिलाहरु संघर्षमा उत्रिएको उद्घोष गरे । त्यसैगरी ओली नेतृत्वको सरकारले महिला हत्या, हिंसा र बलात्कार रोक्न नसकेको आलोचना गरे । दोषीलाई पक्राउ र कारवाही गर्न नसकेको भन्दै आलोचना गरे । महिलाहरु दिनदिनै असुरक्षित भईरहदा सरकार त्यसप्रति गम्भिर नभएको आरोप लगाए । निर्मला, भागिरथी जस्ता पिडितको बलात्कारी, हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारको लाचारीपनप्रति विरोध जनाए । उनीहरुले ती अपराधीहरुलाई पक्राउ गरी कडा भन्दा कडा का...
कक्षा २ मा अध्ययनरत छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा २ मा अध्ययनरत छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १० कक्षा २ मा अध्ययनरत छात्रालाई करणी गरेको आरोपमा डडेल्धुराका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम जानकारी दिएको छ । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।...