एक बर्षीया शिशु हत्या आरोपमा आमाबाबु पक्राउ
पूर्णपुष्टि,फागुन ११
एक बर्षीया शिशुको हत्या आरोपमा आमाबाबुसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान् २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि प्रहरी उक्त स्थलमा पुगेको थियो । शिशुको शवलाई गाडेको ठाउँबाट प्रहरीले निकालेको छ ।
प्रहरीका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ ।
घटना बारेमा थप अनुसन्धान भइरहेको प्...









