आफ्नै छोरीलाई गोली हानेर भागेका बाबुले राति घरमा आगो लगाए
पूर्णपुष्टि,माघ २५
आफ्नै छोरीलाई गोली हानी हत्या गरेर फरार रहेका बाबुले राति घरमा आगो लगाएका छन् । बैतडीमा पुर्चौडी नगरपालिका–१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।
हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी फरार हरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । फरार रहेका महराले राति आएर आफ्नै घरमा आगो लगाएको छ । आगो लगाएर भागेको महराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महराले छोरीको हत्या के कारणले गरेको सो कारण पनि खुलि नसकेको प्रहरीले जनाएको छ ।...









