Monday, August 10News That Matters

Month: ५ वर्ष अगाडि

विराटनगरमा छोराको कुटाइबाट बुबाको ज्यान गयो

विराटनगरमा छोराको कुटाइबाट बुबाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख २ मोरङमा छोराको कुटाइले बुबाको ज्यान गएको छ । विराटनगर महानगर–५ मा घरायसी विवादमा छोराको कुटपिटबाट स्थानीय ६५ वर्षीय काले साहको बुधबार ज्यान गएको हो । बुबा माथि कुटपिट गरेका साहका छोरा अजयलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी विवादमा अजयले बुबालाई चैत २६ गते निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । उपचारका क्रममा घाइतेको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभउयो । कुटपिट गरी लुकेर बसेको अवस्थामा अजयलाई विराटनगर–५ बाट पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव भेटियो

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव भेटियो

समाचार
पूर्णपुष्टि, वैशाख २ बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित जस्तीखोल्सामा बुधबार दिउँसो अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव भटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङकले जनाएको छ । शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।...
लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख २ मोरङ बिराटनगर–१६ हुलास चौक स्थितबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरी खनार–१० का १९ वर्षीय अर्जुन  चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा   चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्कीसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
बैशाख २  आज सुन चाँदीको भाउ बढेको छ । सुनको तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ ।
ट्याक्टरबाट लडी सह–चालकको ज्यान गयो

ट्याक्टरबाट लडी सह–चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख २ पाँचथरमा ट्याक्टरबाट लडी एक जना सह–चालकको ज्यान गएको छ । फाल्गुनन्द गाउपालिका–४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी ज्यान गएको हो । बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर र चालक पाँचथर कुम्मायक–३, रानिगाँउ का २३ वर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो प्रहरीले जनाएको छ ।...
एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको ज्यान गयो

एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख २ झापा शिवसताक्षी नगरपालिका–११ दुधे स्थित पुर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एक जना सवार गम्भिर घाईते भएका छन् । एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका–७ का २० वर्षीय उत्सब घिमिरेको ज्यान गएको हो भने सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० वर्षीय सन्तोष तामाङ गम्भिर घाईतेका हुन् । आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक घिमिरे र सोहि एम्बुलेन्समा सवार तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई विएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घाईते तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मे १ देखि अफगानिस्तानबाट अमेरिकी सेना फर्किने

मे १ देखि अफगानिस्तानबाट अमेरिकी सेना फर्किने

समाचार, संसार
बैशाख २ अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना मे १ देखि फिर्ता बोलाउने घोषणा गर्नुभएको छ । मे १ देखि फिर्ता हुन थाल्ने र आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने राष्ट्रपति बाइडेनले बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सन् २००१ मा अमेरिकामा रहेको विश्व व्यापार संगठनको भवनमा भएको हमलाको २० औं वार्षिकीसँगै आतङ्कवादविरुद्ध लड्न अफगानिस्तान पठाएका आफ्ना सेना फिर्ता बोलाउन थाल्ने राष्ट्रपति बाइडेनले घोषणा गर्नुभएको जनाईएको छ । २० वर्षदेखि जारी युद्धमा २५ सयभन्दा धेरै अमेरिकी  सैनिकहरूले ज्यान गुमाएका छन् । विश्वभर आतङ्कवादविरुद्ध लड्ने भन्दै अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना पठाएको थियो । अफगानिस्तानमा अहिले २५ सय अमेरिकी सेना रहेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानमा शान्ति वार्ता गरेर...
कोशी अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु

समाचार
वैशाख २  विराटनगरको कोशी अस्पताल कोरोना भाइरस (कोभिड–१९) उपचार केन्द्रमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान करिब ४ बजे विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला बुधबार दिउँसो श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । स्कुटरमा अस्पताल पुगेकी महिलाको अवस्था सामान्य थियो । तर एक्कासी अक्सिजनको मात्रा कमी भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।...
भद्रपुर र काँकडभिट्टा नाका सिल

भद्रपुर र काँकडभिट्टा नाका सिल

समाचार
वैशाख २  भारतको पश्चिम बंगालमा हुन लागेको निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । आज विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको जिल्ला प्रशासन झापाले जनाएको छ । यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ ।...
यी व्यक्तिले नपाउने कोरोना बीमा

यी व्यक्तिले नपाउने कोरोना बीमा

समाचार
कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ । आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् । पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्र...