Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

एमसीसी पास गर्ने ओलीको ठुलो योजना बनाए पनि किन राेकियाे ?

एमसीसी पास गर्ने ओलीको ठुलो योजना बनाए पनि किन राेकियाे ?

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसीसीको विरोध गर्ने नेताहरुको कमी छैन । एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले यसलाई संशोधन नगरी अनुमोदन गर्न नहुने मत राख्दै आएका छन् । यसै कारण उक्त प्रस्ताव लामो समयदेखि संसद्मा रोकिएको छ । एमसीसीलाई संसद्बाट पारित गर्ने विषयमा तत्कालीन नेकपाभित्र चर्को विवाद भएको थियो । सोही कारण एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने सुझाव दिएपछि यो विषय थप पेचिलो बनेको थियो । ...
गण्डकी प्रदेश सरकार धरापमा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जाने पक्का

गण्डकी प्रदेश सरकार धरापमा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जाने पक्का

समाचार
गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन । यद्यपि, गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढल्ने वा नढल्ने भन्ने विषयमा टीकाटिप्पणी सुरु भइसकेको थियो ।गण्डकीमा हाल नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ । गत २५ चैतमा माओवादी केन्द्रका...
टिप्पर दुर्घटनामा चालक र प्रअको मृत्यु

टिप्पर दुर्घटनामा चालक र प्रअको मृत्यु

समाचार
बैशाख २  रसुवामा टिप्पर दुर्घटना हुँदा चालक विद्यालयका प्रअको मृत्यु भएको छ । कालीका गाउँपालिका–२ स्याउबारीमा दुर्घटना हुदा गाउँपालिका–१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको मृत्यु हो । गतराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा घाईते भएका उनीहरुलाई रसुवा अस्पताल लागी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परमा कालीका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला परेको प्रहरीले जनाएको छ ।...
बुटवलमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
वैशाख २ ।  बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा निमोनिया र खोकीको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।...
आफैले जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

आफैले जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

Breaking News 1, समाचार
बैशाख २  काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ । देशभरका १ सय २६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको नापी विभागले जनाएको छ । घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको विभागले जनाएको छ । अनलाइन प्रणाली ‘मेरो कित्ता’ मार्फत सेवाग्राहीले सेवा लिन सक्ने छ । नक्सा, प्लट रजिष्टर, फिल्ड रेखाङ्कन निवेदनलगायत सेवा अनलाइनबाटै पाइने प्रणाली ‘मेरो कित्ता’ को आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।...
देशभरको प्रदूषण कायमै

देशभरको प्रदूषण कायमै

समाचार, स्वास्थ्य
बैशाख २ काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । त्यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाण्डौमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको विभागले जनाएको छ । काठमाण्डौको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् । भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ । यसैबीच, प्रदूषण र कोरोना सङ्क्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन् । मास्क...
अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ

अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ

समाचार, संसार
वैशाख २  अमेरिकामा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा  ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो । उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ । सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्ष कैद र २० हजार डलरसम्म जरिवाना हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरी अधिकारीको हातबाट गोली चल्दा २० वर्षीय डन्टे राइटको मृत्यु भएको थियो । उनलाई हत्कडी लगाउन खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । त्यही क्रममा दुर्घटनाबस गोली चलेको प्रहरीले जनाएको थियो । यो घटनापछि प्रहरी प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिँदा तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन क...
भारतमा एकैदिन २ लाखमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन २ लाखमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख २ भारतमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको जनाइएको छ । कोरोना भाईरसको संक्रमण तिब्र रुपले फैलिदै गएपछि भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, ...
आईपीएलमा बेङ्ग्लोरको जित

आईपीएलमा बेङ्ग्लोरको जित

खेलकुद, समाचार
बैशाख २ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गतराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर जित हात पारेको छ  । चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित हात पारेकोे हो । बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।...
नयाँ वर्षमा राैतामा राज्यमन्त्री ओझा

नयाँ वर्षमा राैतामा राज्यमन्त्री ओझा

आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, वैशाख १ । उदयपुरको रौतामाई गाउँपालिका ६ रौतापोखरी स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले लामो समय दिदै अवलोकन गर्नुका साथै स्थानीय जनताहरुसंग साक्षत्कार गर्नुभयो । झण्डै ७ घण्टा त्यस क्षेत्रका जनतासँग व्यतित गर्नुभएको उहाँले धार्मिक तथा पर्यटकिय क्षेत्रको पदमार्ग उद्घाटन र पदमार्गमा प्रतिष्ठान गरिएका मुर्तिहरुको अनावरण गर्नु भयो ।  उहाँले पदमार्गको उद्घाटन र त्यहाँ निर्मित मुर्तिहरु अनवरण गर्दै यसले रौता क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप बढाउने बताउनुभयो । मेहनत र कलात्मक ढंगले बनाइएका मुर्तिहरु अनावरण गर्दै सेल्फि फोटो समेत खिच्नुभयो । राज्यमन्त्री आफैले सेल्फि खिचेपछि अधिकांसले सेल्फि खिचे, धेरै जसोले उहाँलाई साथमै राखेर सेल्फी खिचे । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्...