Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

नायिका ऋचा शर्मा पनि आमा बन्दै, भावुक स्टाटस लेख्दै फ्यानहरुलाई जानकारी गराईन्

नायिका ऋचा शर्मा पनि आमा बन्दै, भावुक स्टाटस लेख्दै फ्यानहरुलाई जानकारी गराईन्

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख १ नायिका तथा कमेडि च्याम्पियनको जर्ज ऋचा शर्मा पनि आमा बन्ने भएकीछिन् । नायिका शर्मा र दिपेक्ष विक्रम राणाले गतबर्षको वि.सं २०७६ सालको मंसिर महिनामा बिहे गरेका थिए । उनिले सामाजिक संञ्जालको फेसबुक पेजमा फ्यानहरुलाई आफु गर्भवती रहेको र गर्भमा एउटा जिवन हुर्किरहेको संकेत गरेकी छिन् । उनीले एउटा जिवन गर्भमा हुर्कदै गर्दा आफुलाई सौभाग्य ठानेको बताएकी छिन् । शर्माले गर्भमा हुर्कदैँ गरेको जिवनको स्वागतमा घरको दैलमा श्रीमान सँग बिरुवा रोपको समेत बताएकी छिन् । (शर्माले लेखेको स्टाटस जस्ताको तस्तै) आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माँझ य...
नयाँ बर्षको दिन  बिरुवा रोपेर ‘क्लिन सिटी, ग्रिन सिटी’ अभियान शुभारम्भ

नयाँ बर्षको दिन बिरुवा रोपेर ‘क्लिन सिटी, ग्रिन सिटी’ अभियान शुभारम्भ

समाचार
पूर्णपुष्टि, बैशाख १ नयाँ बर्षको दिन पारेर त्रियुगा नगरले स्वच्छ सहर, हरित शहर अभियान लाई बिरुवा रोपेर सुरुवात गरेको छ । नगरले ‘स्वास्थ्य, शिक्षित, उद्यमशिल हाम्रो शहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ भन्ने मूल नाराका साथ सदरमुकाम गाईघाटलाई हरित शहरको रुपमा विकास गर्न बिरुवा रोपेर यस अभियानलाई बैशाख १ गते नयाँ वर्षबाट शुभारम्भ गरेको हो । गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत गाईघाटको मुख्य चोकबाट वृक्ष्यारोपण गरेर अभियान शुरु गरिएको हो । अभियानलाई त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी र उप–मेयर देवी कुमारी चौधरीले बिरुवा रोपेर सुभारम्भ गर्नुभयो । मेयर चौधरीले नयाँ बर्षको सम्पूर्ण त्रियुगा नगरबासीहरुमा शुभकामना ब्यक्त गर्दै नयाँ सालमा नयाँ कामको सुरुवात नगरले गरेको बताउनुभयो । सबैमा नयाँ कार्य, नयाँ सोँच र थप सफलताहरुका लागि ननगरले यस्तो काम थालनी गरेको बताउनुभयो । त्रियुगा नगरप...
कोरोना फेरी भयावह हुने  बिज्ञहरुको ठहर, तत्काल विद्यालय बन्द गर्न सुझाव

कोरोना फेरी भयावह हुने बिज्ञहरुको ठहर, तत्काल विद्यालय बन्द गर्न सुझाव

Breaking News 1
पूर्णपुष्टि, बैशाख १ कोरोना क्षेत्रका विद्यालयहरु तत्काल बन्द नगरे स्थिति भयावह हुन सक्ने बिज्ञहरुले बताएका छन् । स्थिति बिग्रन नदिनलाई कोरोना फैलिएको क्षत्रका विद्यालयहरु तत्काल बन्द गरी कोरोनालाई सामान्य तर्फ लैजान बिज्ञहरुले सल्लाह दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ । बिज्ञहरु भन्छन् यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’ केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको...
छुट्टाछुटै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु

छुट्टाछुटै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १ मोरङ सुन्दरहरैचा–७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन । गम्भिर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा–५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ सुनबर्षी–८ बस्ने ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सवा ४ बजे सुनबर्षी–८ स्थितमा द्यच्घडच् डठढण् नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट ...
पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख १ सुनसरीको ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन । हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय र प्रहरीले खोजी गरिर फेला पारेको थियो । दुवैजनालाई नहरबा ट उद्धार गरी उपचारको लागी घोपा धरान लगिएको भएपनि उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...
प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख १ मोरङ कानेपोखरी–७ बाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली–६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा–७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...
अहिले लकडाउन गर्नु पर्ने अवस्था छैन ः प्रधानमन्त्री  ओली

अहिले लकडाउन गर्नु पर्ने अवस्था छैन ः प्रधानमन्त्री ओली

समाचार
पूर्णपुष्टि, बैशाख १ कोरोनाको दोस्रो लहरको डर नेपालमा पनि भईरहेको छ । गत बर्ष पनि चैत्र देखि नै नेपालमा पनि निकै त्रास रहेको कोरोना यो बर्षको चैत्रमा पनि दोस्रो चरणको सुरु भएको हल्लाले जनमानसमा निकै त्रास फैलिएको अवस्था छ । विद्यालयहरु बन्दको हल्ला पनि सुनिन्छ । तर प्रधानमन्त्रि केपी शर्मा ओलीले हाल सालै नेपालमा लकडाउनको जरुरी नरहेको बताउनुभयो भएको छ । अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन् । त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं ।’ लकडाउनको असर सबैले भोगि सकेको हुनाले मापदण्डको पालना गरी अवस्था बिग्रन नदिने गरी सुरक्षित भएर...
गाईघाटको NJP अप्टिकलमा नयाँ बर्ष अफर, बैशाख महिना भरी निशुल्क आँखा सिविर,  हरेक चस्मा खरिदमा ३० प्रतिशत छुट्

गाईघाटको NJP अप्टिकलमा नयाँ बर्ष अफर, बैशाख महिना भरी निशुल्क आँखा सिविर, हरेक चस्मा खरिदमा ३० प्रतिशत छुट्

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ भर्खरै संञ्चालनमा आएको NJP अप्टिकल चस्मा पसलले १ महिने निशुल्क आँखा सिविर संञ्चालन गर्ने भएको छ । नयाँ बर्ष २०७८ को सो अवसरमा हरेक प्रकारको चस्मा खरिदमा ३० प्रतिशत छुटका साथै निशुल्क आँखा सिविरको आयोजना गरिएको अप्टिकलका प्रोपाईटर जावेद अख्तर खानले बताउनुभयो । नयाँ बर्षको सुबर्ण अवसरमा सम्पूर्णमा ग्राहाकहरुमा शुभकामना र उत्तर उत्तर प्रगति स्वास्थ्य तथा दिर्घायुको कामना गर्दै मानव जिवनमा आँखा जस्तो महत्वपूर्ण अंगलाई बिषेश ध्यानमा राखी यो सिविर संञ्चालनमा ल्याएको खानले बताउनुभयो । सिविरमा सामान्य आँखाको समस्यालाई अप्रेसन समेत गर्ने व्यवस्था सहित ठुलो समस्यालाई भने भरपर्दो आँखा हस्पिटलमा रेफर गरिने खानले बताउनु भएको छ । आँखाको मोतिया विन्दु र आँखा सँबन्धि सबै खाले समस्याहरुको चेक गर्नुका साथै पावर चेकहरु समेत गरिने बताउनभुयो । यस अप्टिकलले उद्घाटन समारोहमा पनि ...
१६ नं वडा सुकौरामा पनि ल्याव सहितको स्वास्थ्य सेवा सुरु

१६ नं वडा सुकौरामा पनि ल्याव सहितको स्वास्थ्य सेवा सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ त्रियुगा नगरपालिका १६ नं वडाले स्वास्थ्य क्षेत्रलाई बिषेश ध्यान दिँदै वडामै ल्याव सहितको स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । मंगलबार वडा अध्यक्ष मान वहादुर राईले ल्यावको उद्घाटन गरी सेवा संञ्चालनमा ल्याएको हो । आधारभुत स्वास्थ्य केन्द्र सुकौरामै अब ल्याव सहितको सेवाले स्थानीय तथा वडावासीहरुमा खुसी छाएको छ । अव सानो तिनो स्वास्थ्य समस्यामा पनि बढी खर्च गरी सदरमुकाम धाई राख्नु नपर्ने स्थानीयहरुको भनाई छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राईले जनताको मर्म भावना अनुरुप सेवा गर्नु आफ्नौ कर्तब्य भएको बताउनुभयो । उहाँले अब छिट्टै एम्बुलेन्स सेवा तथा प्रसुती सेवा प्रवाह गर्न लागीपरेको समेत बताउनुभयो । राईले स्थानीय सरकारको प्रमुख बुदाको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई वडाले प्राथामिकताको साथ ध्यानमा राखेको बताउनुभयो । नगरको दुर्गम वडाको रुपमा रहेको भएपनि विकासको...
नेप्से २६.२३ अंकले बढ्यो

नेप्से २६.२३ अंकले बढ्यो

आर्थिक, समाचार
चैत ३१ ।   आज शेयर बजार परिसूचक नेप्सेले २३.२३ अङ्कले बढेर बढेको छ । नेप्से बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४.७९ अङ्कमा पुगेको हो । यसअघि सोमवार (हिजो) १७.२० अङ्कले बढेर नेप्से २६ सय ९१.५५ विन्दुमा पुगेको थियो । आज बैंकिङ समूहको शेयर ४२.३६ अङ्कले, व्यापार समूहको शेयर ६९.२९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१.६९ अङ्कले बढेको छ । दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रति...