Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने भएको छ। मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको हो । साथै अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । कोरोनाको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएपछि यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो । मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन बनेको छैन । स्रोतका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।...
५० लाख ठगी गरेको अभियोगमा एकजना पक्राउ

५० लाख ठगी गरेको अभियोगमा एकजना पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ३१ नक्कली बैना कागज बनाएर ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय सकुल शाही ठकुरीलाई शनिबार दिउँसो काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । ठकुरीले नागार्जुन नगरपालिका–६ मा रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाएर पीडितको ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।...
पार्टी एकिकरण पछि उदयपुरमा राप्रपाको प्रथम जिल्ला अधिवेशन सम्पन्न

पार्टी एकिकरण पछि उदयपुरमा राप्रपाको प्रथम जिल्ला अधिवेशन सम्पन्न

समाचार
पूर्णपुष्टि, चैत्र ३१ राप्रपाले उदयपुरमा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । मंगलबार गाईघाटको ए वान होटलमा पूर्व भुमिसुधार मन्त्रि तथा अञ्चल प्रशासक राम कुमार सुब्बाको पूमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । ३ ओटा पार्टि एकिकरण पश्चात देशभर नै प्रथम अधिवेशन सम्पन्न गर्ने क्रममा उदयपुरमा पनि अधिवेशन सम्पन्न गरेको हो । राप्रपा कमल थापा, राप्रपा प्रकाश चन्द्र लोहनी र राप्रपा पशपपति शम्सेर जबरा रहेको पार्टी हाल एकीकरण गरी एउटै पार्टी निर्माण भएको पार्टीका नेता धुर्व रायमाझीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुब्बाले उदयपुरे जनताहरुले राप्रपा प्रति देखाएको उत्साह र जोस जागरलाई सरहनिय र अतुलनिय रहेको व्यक्त गर्नुभएको छ । उहाँले सम्पर्ण पार्टीका कार्यकर्ताहरुलाई प्रोत्साहन गर्दै आफ्नो पार्टीले जनताहरुको मन जित्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।पछिल्लो समय राजनितिक अस्थिरता बाट वाक...
श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ३१ बाँकेमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ । ३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
भैंसीको डोरीमा बेरिएर एक महिलाको ज्यान गयो

भैंसीको डोरीमा बेरिएर एक महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ३१ भैंसी बाँधेको डोरीमा अल्झिएर सप्तरीमा एकजना महिलाको ज्यान गयो । बलान बिहुल गाउँपालिका–३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर ज्यान गएको प्रहरीले जनाएको छ । खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा भैंसीले घिसार्दा उनको टाउको, अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।...
खोटाङको गणेश फर्निचर उद्योगमा आगलागी, ५० लाख क्षति

खोटाङको गणेश फर्निचर उद्योगमा आगलागी, ५० लाख क्षति

समाचार
पूर्णपुष्टि,चैत ३१ खोटाङमा आज बिहान फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा भएको आगलागीमा ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रहरीले जनाएको छ । स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको का...
उदयपुरको कटारीमा करेन्ट लागी एक महिलाको ज्यान गयो

उदयपुरको कटारीमा करेन्ट लागी एक महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत ३१ उदयपुरको कटारीमा करेन्ट लागी एक महिलाको ज्यान गएको छ । कटारी नगरपालिका–४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी ज्यान गएको हो । सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो

आर्थिक, समाचार
चैत ३१ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको...
प्रेमिका भर्जिन नभएपछि हत्या, १५० युवतीमाथि बलात्कार

प्रेमिका भर्जिन नभएपछि हत्या, १५० युवतीमाथि बलात्कार

रोचक
कोलम्बियामा एक व्यक्तिले प्रेमिकाको कुमारित्व नरहेको पत्तालगाएपछि अरुमाथि आपराधिक कार्य गरे । ती युवकले १५० युवतीहरुमाथि बलात्कार गरेका छन् । यस घटनाका पात्र डैनियलले आफ्नी प्रेमिकालाई धेरै प्रेम गर्थे । तर, पछि उनी खुंखार सिरियल किलर बने । डैनियल कामर्गोले एकदिन आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राखे । सम्बन्ध राखिसकेपछि उनलाई लाग्यो कि प्रेमिका कुमारी थिइइनन् । ती युवतीको अन्य युवासँग पनि सम्बन्ध भएको थाहा पाएपछि उनी मानसिक तनावमा परे । त्यसपछि उनी साइको सिरियल किलर बने । साइको किलर बनेपछि सबैभन्दा पहिला प्रेमिकाको हत्या गरे । त्यसपछि सन् १९७४ देखि १९८६ सम्म १५० केटीहरुको बलात्कार गरे । उनले युवतीहरुलाई बलात्कार गर्दै हत्या गर्न थाले । डैनियलले पहिला युवतीलाई मायाजालमा फसाउने र पछि कुनै एकान्त स्थानमा लगेर बलात्कार गर्न थाले । डैनियलले सबै युवतीहरुको एकै तरिकाले हत्या गरेका थिए ।-एजेन्सीक...
आयु बढाउन यौन सम्पर्कबाट टाढा हुनुपर्ने वैज्ञानिकको दाबी

आयु बढाउन यौन सम्पर्कबाट टाढा हुनुपर्ने वैज्ञानिकको दाबी

रोचक
प्रोफेसर एलेक्स जावरान्कावले गरेको दाबी अनुसार यदि मानिसले यौन सम्बन्ध बनाउन बन्द गरेमा लगभग १५० वर्ष सम्म बाँच्न सक्छ । एलेक्सले यौन सम्बन्ध सम्बन्धि कुरा र डाटा लिन गाह्रो भएको यथार्थ बताएका छन् । उनले आफुलाई यस विषयमा बोलेकोमा माफ पनि मागेका छन् । उनले यौनको विषयमा कुरा गर्न विवाह, बच्चाको कारण पनि सावधान रहन पर्ने बताए । अमेरिकाका बायोजेरेन्टलजी रिसर्च फाउन्डेशनको निर्देशक प्रोफेसर एलेक्सको नयाँ किताबले दावी गरे अनुसार यौन सम्बन्धबाट टाढा रहदा सजिलै मानिस १५० वर्ष भन्दा धेरै बाच्न सक्ने बताउछ । उनले लामो उमेरको लागि नियमित व्यायाम गर्न पनि सल्लाह दिएका छन् ।-एजेन्सीको सहयोगमा...