Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

दुर्घटनामा ४ को मृत्यु,  १८ घाइते, वडा अध्यक्षको स्वास्थ्य अवस्था नाजुक

दुर्घटनामा ४ को मृत्यु, १८ घाइते, वडा अध्यक्षको स्वास्थ्य अवस्था नाजुक

समाचार
सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ। दोलखाको बिगु गाउँपालिकामा दुर्घटना हुँदा वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ। दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको छ ।...
बिस्केट जात्रामा लिङ्गो ठड्याइँदै

बिस्केट जात्रामा लिङ्गो ठड्याइँदै

समाचार
चैत ३१ । नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै छ । चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा रहिआएको छ । चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ । लिच्छविकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । त्यस्तै भक्तपुरको कुम्हा टोलमा आज दिउँसो हात नभएको लिङ्गो ठड्याउने गरिन्छ । हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढा...
मुख्यमन्त्री पद जोगाउन महेन्द्रबहादुर शाहीको अन्तिम कसरत

मुख्यमन्त्री पद जोगाउन महेन्द्रबहादुर शाहीको अन्तिम कसरत

समाचार
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका केही सांसदमा देखिन्छ। ‘गणीतीय हिसावले हेर्दा सरकार टिकाउन गाह्रो छ,’ माओवादी केन्द्रका सांसद ठम्मरबहादुर विष्टले भने, ‘एमालेका सांसदले फ्लोर क्रस गर्छन् र सरकार टिक्छ भन्नेमा अपेक्षा गरेका छौं।’ एमालेको माधव नेपाल समूहका सांसदमध्ये केहीले अझै पनि आफूलाई साथ दिने मुख्यमन्त्री शाहीको अपेक्षा देखिन्छ। त्यसो हुन नसके संसद बैठकमा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्रीको तयारी छ। प्रदेशसभाको सातौं ९हिउँदे० अधिवेशन वैशाख ३ गते सुरु हुँदैछ। ‘एमाले बाहेकका दल मिल्दा पनि बहुमत पुग्ने अवस्था कर्णालीमा छैन्,’ माओवादी केन्द्रका एक सांसदले भने। ४० सांसद...
जिप दुर्घटनामा ४ जनाको मृत्यु

जिप दुर्घटनामा ४ जनाको मृत्यु

समाचार
चैत ३१ दोलखाको बिगुमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने १७ जना घाइते भएका छन् । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गतराति साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै सिँगटी गाउँका हुन् । घाइतेमध्ये १० जनालाई गतराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
तत्काललाई कुनै क्षेत्र बन्द नहुने

तत्काललाई कुनै क्षेत्र बन्द नहुने

समाचार
चैत ३१ । कोरोना भाईरसको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको जनाईएको छ । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो । अवस्था र परिस्थिति हेरेर थप निर्णय गर्ने सरकारको तयारी छ । नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरहरु...
कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

समाचार, संसार, स्वास्थ्य
चैत ३१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्ने जनाएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र सङ्क्रमितहरुले ज्यान गुमाएकाले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओले आग्रह गरेको छ । कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिईएको छ । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको जनाइएको छ । कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको डब्ल्यूएचओले जनाएको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गत २४ घण्टामा भारतमा १ लाख ६० ह...
केशब बडाललाई कांग्रेस नेता मोहन बस्नेतले डाका, देशद्रोही कम्युनिष्ट भनेपछि…

केशब बडाललाई कांग्रेस नेता मोहन बस्नेतले डाका, देशद्रोही कम्युनिष्ट भनेपछि…

Breaking News 1
। नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत र एमाले नेता केशब बडालवीच भनाभन भएको छ। पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।” बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।” उता, बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, ...
नेपालमा थप १३ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप १३ जनाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या   मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । त्यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । त्यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।...
नेप्से १७ अङ्कले बढ्यो

नेप्से १७ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३० आज शेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से १७.२० अङ्कले बढेर २६ सय ९१.५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो । बैकिङ समूहको शेयर १७.८१ अङ्कले, विकास बैंकको शेयर ३९.३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३.७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८.५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७.७९ अङ्कले बढेको छ । दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावरलगायत पाँच कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सान्जेन जलवि...