लडेर २ जनाको ज्यान गयो
पूर्णपुष्टि, असार ४
ओखलढुंगा र पाँचथरमा लडेर दुई जनाको ज्यान गएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका–४ रुम्जाटारका ६७ वर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पु¥याउन साथ ज्यान गएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै, आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका–३ का ३९ वर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि ज्यान गएको हो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...








