Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

मेयर र वडाअध्यक्ष बाटै निषेधाज्ञाको उलंघन

मेयर र वडाअध्यक्ष बाटै निषेधाज्ञाको उलंघन

समाचार
पूर्णपुष्टि, जेष्ठ २० जनताहरुलाई सचेत गराउँदै हिन्नु पर्ने अवस्थामा  कैलालीमा जनप्रतिनिधिहरुबाटै निषेधाज्ञाको उलंघन भएको देखिएको छ । निति बनाउँदै हिड्ने जिम्मेवारी व्यक्तिहरुले नै नियमको उलंघन गर्दै हिडेको पाइएको हो । कोरोना संक्रमणका कारण देशव्यापी रुपमै गरिएको निषेधाज्ञामा त्यहाँको जनप्रतिनिधिहरुले प्रशासनको आदेश माथी उंलगन गरेको पाइएको छ । प्रशासन तथा नेपाल सरकारकै नियम अनुसार कुरा गर्ने हो भने अहिले सभा, छलफल, औपचारीक कार्यक्रम र भिँडभाँड नगर्ने भनिएको छ । यसै बिच कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर–१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहीबार मात्रै प्रमुख...
चिनीया खोपले ब्राजिलमा आशा जगायो, मर्नेको संख्यामा ९५ प्रतिशत कमि

चिनीया खोपले ब्राजिलमा आशा जगायो, मर्नेको संख्यामा ९५ प्रतिशत कमि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० ब्राजिलको एक शहरमा गरिएको चिनिया खोपको परिक्षणले त्याहाँको नागरिकमा कोरोनाबाट बच्ने आशा जगाएको छ । करिब ४५ हजार जनसंख्या रहेको सो सहरमा अहिले संक्रमित संख्या घट्नुका साथै मृतको संख्यामा पनि ९५ प्रतिश कमि आएको इन्स्टिच्युटका शोध निर्देशक रिकार्डो पालासियसले बताए । हाल त्यहाँ अस्पतालमा भर्ना हुनेको दरमा ८६ प्रतिशत कमी आउनुका साथै लक्षण देखिने संक्रमितको संख्यामा ८० प्रतिशतको कमी आएको अनुसन्धा तथा सोधकर्ता टोलीको भनाई छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो । वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरोना संक्रमणमा उल्लेख्य कमी आइस...
लकडाउनमा घुम्न निस्किएका यी प्रेमी  जोडी विरुद्ध एफआइआर दर्ता

लकडाउनमा घुम्न निस्किएका यी प्रेमी जोडी विरुद्ध एफआइआर दर्ता

मनोरञ्जन, समाचार, संसार
पूर्णपुष्टि, जेष्ठ २० चर्चित बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट रहेको छ । भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए ।...
उदयपुरमा एकै परिवारका तिन कोरोना संक्रमितको लगतार मृत्यु

उदयपुरमा एकै परिवारका तिन कोरोना संक्रमितको लगतार मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० उदयपुरमा एकै परिवारको तीन सदस्यको कोरोनाले ज्यान गएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीको एकै परिवारको ३ सदस्यहरुको मृत्यु भएको हो । ६ दिनभित्रमै परिवारको आमा, जेठो छोरो र साइलो छोरोको मृत्यु भएको हो । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आमा ७१ वर्षिय तिलमाया मश्राङ्गी मगरको आज विहान होम आइसोलेशनमै मृत्यु भएको हो । जेठो छोरो ५१ वर्षिय पुष्कल मगरको गत १८ गते नोबेल हस्पिटल विराटनगरमा र साइलो छोरो ४५ वर्षिय तुलबहादुर मगरको १५ गते विराट हस्पिटल विराटनगरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । जनता माध्यामिक विद्यालय मुकुर्चका प्राचार्य खड्ग मगरका अनुसार आमा तुलमायासहित तीनछोराको कोरोना परिक्षण हुदा पोजेटिभ देखिएपछि गाईघाटस्थित मदनमण्डारी आँखा अस्पतालमा उपचारमा राखिएको थियो । त्यहाँ जेठो र साइलोको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा...
खाल्डोको पानीमा डुब्दा एक बालकको मृत्यु

खाल्डोको पानीमा डुब्दा एक बालकको मृत्यु

समाचार
पुर्णपुष्टि, जेष्ठ २० इँटा उद्योगमा चिम्नीका लागि खनिएको खाल्डोको पनीमा डुबेर सर्लाहीमा एक बालकको ज्यान गएको छ । कविलासी नगरपालिका–५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ मा रहेको लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा बालक डुबेको प्रहरीले जनाएको छ । बाख्रा चराउन जाँदा बालक खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बन्द घरभित्र एक पुरुषको शव भेटियो

बन्द घरभित्र एक पुरुषको शव भेटियो

समाचार
पूर्णपुष्टि, जेष्ठ २० बन्द घर भित्र एक पुरुषको शव भेटिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एकजना पुरुषको शव भेटिएको हो । प्रहरीले बुधबार अन्दाजी ३० वर्षका पुरुषको शव स्थानीय वैद्यनाथ झाको घरमा फेला पारेको थियो । उक्त घरमा लामो समयदेखि कोही नबस्दा खाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा बाहिरबाट ताला लगाएको थियो । घरको भित्र ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव भटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घटना शंकास्पद देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
लिच्चिको दाना अड्किएर बच्चाको मृत्यु

लिच्चिको दाना अड्किएर बच्चाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २० लिच्चीको दाना घाँटीमा अड्किएर कन्ञ्चनपुरमा एक बालकको ज्यान गएको छ । बुधबार अपराह्न साढे ४ बजेतिर ६ महिने बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पु¥याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिनुभयो । भीमदत्त नगरपालिका–५ सुकासालका भुपेन चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

उदयपुर- काेराेना खबर अपडेट, १९ जेठ ०७८ : मृत्यु हुने बृद्धबृद्धा भन्दा उमेरदार बढी

समाचार, स्वास्थ्य
https://youtu.be/Dm6rsHHxRrA अब खबर विस्तृतमा... १. उदयपुरमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । १०९ जनाको एन्टिजेन परिक्षण गर्दा २० महिला र १८ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, उदयपुरगढीको ६, ताप्लीको ६, बेलकाको ५, चौदण्डीगढीको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । पालिकास्तरमा सक्रिय संक्रमित संख्या सबैभन्दा बढि त्रियुगामा छ, दोस्रोमा चौदण्डीगढी र तेस्रोमा बेलका रहेको छ । त्रियुगामा सक्रिय संक्रमित ५०५, चौदण्डीगढीमा १२०, बेलकामा ११९, कटारीमा ११४ जना रहेका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढि रौतामाईमा ७९, दोस्रोमा लिम्चुङबुङमा ६०, देस्रोमा उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् । २ उदयपुरमा आज कोरोनालाई जितेर निको हुनेको संख्या १० थपिएको छ । आज निको हुनेमा चौदण्डीगढीको ५, त्रिय...
कोरोना संक्रमित परिवारलाई गाईघाटका व्यापारी रसाईलीले गरे खाद्यन्न र किट  सहयोग

कोरोना संक्रमित परिवारलाई गाईघाटका व्यापारी रसाईलीले गरे खाद्यन्न र किट सहयोग

समाचार
पूर्णपुष्टि, जेष्ठ १९ व्यापारी तथा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका रमेश रसाईलीले बेलका नगरपालिका २ मा रहेको होम आईसोलेसनका संक्रमितलाई पोषणयुक्त खाद्यन्न र आईसोलेसन किट  सहयोग गरेको छ । रसाईलीले संक्रमित ३० विपन्न परिवारलाई पोषणयुक्त खाद्यन्न र होम आईसोलेसन किट्स सहयोग गरेको हो । कोरोना सँग लड्न थप मजबुद राख्न संक्रमितहरुलाई पोषणयुक्त खाद्य वितरण गरेको उपाध्यक्ष रसाईलीले बताउनुभयो । रसाईलीले वडाअध्यक्ष मिश्रलाल चौधरीको रोहबरमा सामाग्री वितरण गरेको छ । कोरोना माहामारीका बिच रसाईलीले अन्य थुपै्र क्षेत्र तथा व्यक्तिहरुलाई पनि सहयोग गरेको छ । रसाईली समूहका व्यवसायी टोलीले आपत विपत्तका परिवार, व्यक्ति तथा कुनै पनि क्षेत्रलाई राहत वितरण गर्दै आईरहेको छ । रसाईलीको आफ्नो व्यक्तिगत खर्चबाट त्रियुगा नगरपालिका विभिन्न टोल बस्तीहरुमा खाद्यन्न तथा स्वास्थ्य सामाग्री...
लिम्चुङबुङमा एक जनाको मृत्यु

लिम्चुङबुङमा एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १९ लिम्चुङबुङमा कोरोना संक्रमित एक ब्यक्तिको आज मृत्यु भएको छ । पालिकाको आइसोलेशनमा उपचाररतसंक्रमित पुरुषको आज एक्कासी मृत्यु भएको हो । पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार मृत्यु हुने संक्रमित वडा नं. २ ताम्लिछाका ५५ वर्षिय पुरुष हुन् । गत ११ गते परिक्षण गर्दा उनी पोजेटिभ देखिएका थिए । होम आइसोलेशनमा बस्दै गरेका उनलाई स्वास्थ्य समस्या देखिएपछि पालिकाको आइसोलेशनमा तीनदिन अघि ल्याइएको थियो । विहानसम्म सामान्य अवस्थामै बोलचाल गरिरहेका उनको एक्कासी मृत्यु भएको जनाइएको छ । शब ब्यवस्थापनमा नेपाली सेना पुग्न लामो समय लाग्ने भएपछि पालिकाकै पहलमा ब्यवस्थापन गरिने भएको छ । पालिकाका स्वास्थ्यकर्मीटोलीले पिपिइ सेट लगाई शब लैजाने र आफन्तको जिम्मामा दाहसंस्कार गरिने भएको छ । आफन्तलाई पनि स्वास्थ्य सुरक्षाका लागि पिपिइ सेट पालिकाले उपलब्ध गराएको छ ।...