Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

करणी मुद्धामा फरार रहेका ८४ वर्षीय वृद्ध पक्राउ

करणी मुद्धामा फरार रहेका ८४ वर्षीय वृद्ध पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २० प्रहरीले जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजना अभियुक्तलाई सार्वजनिक गरेको छ । दाङको घोराही उपमहानगरपालिका–४ भकारे बस्ने ८४ वर्षीय रामु केसीलाई आज प्रहरीले सार्वजनिक गरेको हो । केसीलाई  प्रहरीले आज विहान साढे १० बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । अदालतले केसी विरुद्ध २०७६  मंसिर २६ गते जबरजस्ती करणी मुद्धामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका अभियुक्त केसीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो ।...
उदयपुरमा थप २ संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

उदयपुरमा थप २ संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० पछिल्लो २४ घण्टामा उदयपुरमा थप दुईजना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै जिल्लामा मृतकको संख्या ३८ पुगेको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ का २७ वर्षीय पुरुष र लिम्चुङबुङ गाउँपालिका–२ का ५५ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो केही दिन यता जिल्लमा संक्रमणदर घट्न थालेको छ । आज (बिहिवार) थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६५ पुगेको हो । २४ पुरुष र १२ महिला गरी थप ३६ जनामा आज संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार त्रियुगा, बेलका र चौदण्डीगढीमा संक्रमण देखिएको छ । सबै भन्दा बढी त्रियुगमा १५ पुरुष र ४ महिला गरी १९, चौदण्डीगढीमा ८ पुरुष र ८ महिला गरी १६ र बेलकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । क...
वेवारिसे अवस्थामा बम भेटियो

वेवारिसे अवस्थामा बम भेटियो

समाचार
पूर्णपुष्टि, जेष्ठ २० वेवारिसे अवस्थामा दार्चुला सदरमुकाम खलंगास्थित बम भेटिएको छ । खेल मैदान बनाउने बेला वेवारिसे अवस्थामा पाइपको सकेट बम भेटिएको हो । २ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खुलामञ्चको मध्य भागमा मजदुरले फिल्ड निर्माण गरिरहेको बेला सवा ११ बजे बम भेटिएको प्रहरीले जनाएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङमा औषधी र खाद्यन्न बाहेकको अन्य आवत जावतमा रोक

लिम्चुङबुङमा औषधी र खाद्यन्न बाहेकको अन्य आवत जावतमा रोक

समाचार
 पूर्णपुष्टि, जेष्ठ २० लिम्चुङबुङले गाउँबाहिर र पालिका भित्र आवत जावतमा पूर्ण ठप्प पारेको छ । उदयपुरको पहाडी भुगौलको रुपमा रहेको यस पालिकामा पनि संक्रमणको दर सँगै मृत्यु समेत हुन थालेका कारण कडाई गर्नु परेको पालिकाले जनाएको छ । पालिका स्तरीय कोरोना रोकथाम समितिको छलफल बाट तत्कालका लागि २९ गते सम्मलाई पालिका भित्र तथा बाहिर आवत जावत र आमनमा रोक लगाएको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । पालिकाले औषधी र खाद्यन्नलाई भने अनुमति दिएको छ । त्यसबाहेका अन्य आवत जावतलाई रोक लगाइएको अध्यक्ष राईले जानकारी दिनुभयो । पालिकाले अन्य समयमा आधारभुत आवश्यकता अनुसार आवत जावतमा सहज गरेको भएपनि हाललाई भने पूर्ण रुपमा ठप्प पारिएको हो । राईले यस प्रति पालिकावासीमा पर्न गएको असरलाई क्षमाप्राप्ती माग्दै कोरोना नियन्त्रण नभए सम्म धैर्यधारण गर्न र नियन्त्रणका लागि सबैले पालिकालाई सहयोग पुराउन ...
मोरङमा शिकारीको गोली लागेर १ जनाको मृत्यु, फरार रहेका ४ पक्राउ

मोरङमा शिकारीको गोली लागेर १ जनाको मृत्यु, फरार रहेका ४ पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २० मोरङमा ज्यान मुद्दाका फरार प्रतिवादीहरू हतियारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बुधबार चार जना फरार प्रतिवादीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । वैशाख ८ गते हस्तकुमार राई, रुविन लिम्बु, गजेन्द्रबहादुर राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा सिकार खेल्न गएका थिए । उनीहरूमध्ये गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्तबहादुरको ज्यान गएको थियो । त्यसको भोलिपल्टै रुविन लिम्बु र गजेन्द्रबहादुर राई पक्राउ परे पनि अन्य व्यक्तिहरू फरार थिए । केराबारी गाउँपालिका–३ का हस्तबहादुर राईको कर्तव्य ज्यान मुद्दामा फरार रहेका सोही स्थानका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय वुद्धवीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बुलाई फाक्रउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए...
३५ बर्षिय चिकित्सकको कोरोना संक्रमण बाट मृत्यु

३५ बर्षिय चिकित्सकको कोरोना संक्रमण बाट मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २० कोरोना संक्रमणका कारण कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा। पशुपति रजौरियाको उपचारको क्रममा मृत्यु भएको छ । उनको ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । उनि युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत थिए । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा। रजौरियाकी श्रीमती डा। हसिना बानु पनि कोरोना संक्रमित थिइन् । डा। बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए ।  ...
निषेधाज्ञा थप कडाईका साथ लिम्चुङबुङ गाउँपालिका सिल गरियो, उलंघन गरे हजार रुपयाँ सम्म जरिवाना

निषेधाज्ञा थप कडाईका साथ लिम्चुङबुङ गाउँपालिका सिल गरियो, उलंघन गरे हजार रुपयाँ सम्म जरिवाना

समाचार
पूर्णपुष्टि, जेष्ठ २० हिजो मात्रै लिम्चुङबुङका एक कोरोना संक्रमितको मृत्यु भए सँगै लिम्चुङबुङ गाउँपालिका सिल गरिएको छ । संक्रमण उच्च हुने भन्दै गाउँपालिका भित्र थप कडाई निषेधाज्ञा सहित पालिकानै सिल गरिएको हो । पालिकाले संक्रमण रोक्न बिभिन्न कार्यलाई थप निरन्तरता र दायर बढाई गर्ने जनाएको छ । बुधबार गाउँपालिका स्थरीय कोरोना रोकथाम समितिले बसेको बैठक अनुसार बिभिन्न काम र योजनाहरुलाई तत्काल लागु गर्ने छलफल भएको छ । पालिकाले बिगत देखिनै संक्रमितहरुलाई औषधीको घरदैलो अभियान र प्रतिदिन वडावाईज एन्टीजेनको परिक्षण बढाईरहेको अवस्थामा पनि मानिसहरु सचेत नभएको र संक्रमण लुकाएर बस्ने, स्वास्थ्य मापदण्डको पालना नगर्ने, सुरक्षित नभई गाउँघरमा भेला हुने, बिभिन्न खेलहरु खेल्ने जस्ता कार्यले पालिकामा संक्रमण रोक थाम नभएको छलफलले निष्कर्ष निकालेको छ । अबको दिन बाट यसलाई पूर्ण बन्द गराउने र लापर्वाही गर...
हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण

हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २०  कोरोन भाइरस कोभिड–१९ को दोस्रो चरणको संक्रमलाई रोकथाम तथा नियन्त्रण गर्नका निम्ती विभिन्न निकायलाई आधारभुत पि.पि.ई.स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हुरेण्डेक उदयपुरको आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ्य केन्द्र र अग्रपंतीमा रहेर काम गर्ने  कार्यलयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरु १२ थान अक्सिजन सिलिण्डर, २०० वटा एन्टीजिन किट, १६ वटा अक्सिमिटर, ३५० प्याकेट सर्जिकल माक्स, २३० (१०० एमएल) सेनिटाईजर, ३ वटा जार (५ लिटर), ९५ वटा लिकुइड ह्याण्ड वास् र १२ प्योकट सर्जिकल ग्लोब्स् रहेको  हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो । रौतामाई गाउपालिका– लाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्ज...
ब्ल्याक फंगस (कालो ढुसीको) संक्रमणले  नेपालमा एक जनाको ज्यान गयो

ब्ल्याक फंगस (कालो ढुसीको) संक्रमणले नेपालमा एक जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० कालो ढुसी संक्रमण एक बिरामीको बिहिबार मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।  ...
मोरङको कर्सिया बजारमा आगलागी, लाखौंको क्षति

मोरङको कर्सिया बजारमा आगलागी, लाखौंको क्षति

समाचार
पूर्णपुष्टि, जेष्ठ २० मोरङको कर्सिया बजारमा आगलागी हुँदा लाखौं क्षती भएको छ । धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको हो । रंगेली–२ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली–२ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । कोरोना महामारीको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत बन्द भएको समय विद्युत सट भई आगलागी भएको रंगेली प्रहरीले जनाएको छ । आगलागी बिहान ९ बजेदेखि सुरू भएको र डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की होटलमा रहेको ग्यास, फ्रिजलगायत १० लाख बराबरको क्षति भएको छ । फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटरलगायत ६० लाख बराबरको क्षति भएको राजेन्द्र शर्माले बताए । आगो नियन्त्रणका लागि रंगेली, कानेपोखरी र विराटनगरबाट आएको दमकल ...