Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

किरियापुत्री बसेका दुई जनाको आग्लागीबाट ज्यान गयो

किरियापुत्री बसेका दुई जनाको आग्लागीबाट ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ किरियापुत्री बसेका दुईजनाको आग्लागीबाट ज्यान गएको छ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुईदम्पतीको ज्यान गएको हो । ४७ वर्षीय राजेन्द्रबाबु र ४४ वर्षीय कमला भण्डारी दाहालले ज्यान गुमाएको वडाध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो । सात दिन अघि मात्रै बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर ज्यान गएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारको लागि ओखरबाटे बजार ल्याउँदै गर्दा बाटैमा ज्यान गएको र उनकी श्रीमती कमलाको घटनास्थलमै ज्यान गएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।...
मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष राउत चढेको गाडीले ठक्कर दिएका दुई घातईते, बिराटनगरमा उपचार हुँदै

मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष राउत चढेको गाडीले ठक्कर दिएका दुई घातईते, बिराटनगरमा उपचार हुँदै

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष भागत राउत चढेको गाडीले ठक्कर दिँदा दुई जना घाईते भएका छन् । निषेधाज्ञाको समयमा तिन दिन अघी गाईघाट बाट काठमाण्डौँ जाने क्रममा उदयपुरगढी गाउँपालिका -६ मा मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालक र मोटरसाईकल पछाडी सवार  घाईते भएक हुन् । घाईते दुवैलाई उपचारको लागि बिराटनगर लगिएको छ । परिवारका अनुसार दुवैजनाको आईसियुमा राखेर उपचरा भईरहेको जनाएको छ । घाईते हुनेमा मोटर साइकल चालक उयपुरगढी गाउँपालिका ६ बस्ने ठटबहादुर राई र अमृत तामाङ्ग रहेका छन् । उनीहरुको गाईघाट जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो । बुधबार साँझ ६ः४० बजेको समयमा बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्...
ब्राउन सुगरसहित ३ जना पक्राउ

ब्राउन सुगरसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ झापाको बिर्तामोड नगरपालिका—९ धौलापुरबाट लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दिपक चौधरी र एक १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा को ३ प १५३६ नम्बरको मोटरसाईकललाई बिहिवार राती ७ बजे चेक जाँच गर्दा १ ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । ब्राउन सुगरसहित पक्राउ परेको तीनजनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सुनको मूल्यमा भारी गिरावट मूल्य

सुनको मूल्यमा भारी गिरावट मूल्य

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ २१ आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तोलाको १५ सयले मूल्य घटेपछि बिहीवार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो । अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ । बिहीवार उक्त सुनको प्रतितोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।...
विपन्न परिवारलाई दाजुभाई समुह दोहा कतारको खाद्यन्न सहयोग

विपन्न परिवारलाई दाजुभाई समुह दोहा कतारको खाद्यन्न सहयोग

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ दाजुभाई समूह दोहाकतारद्धारा त्रियुगा र चौदण्डीगढीका ८१ विपन्न परिवारलाई खाद्यन्न सहयोग भएको छ । समूहले लगतार तीन दिन देखि त्रियुगाको बिभिन्न वडाहरु र चौदण्डीगढीको वडा नं ६ सातधारेमा विपन्न परिवारसामु नै खाद्यन्न वितरण गरिरहेको छ । “सम्बन्ध हाम्रो सबै भन्दा राम्रो सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो” भन्ने मूल नाराको साथ स्थापना गरेको दाजुभाई समुह कतारले खाद्यन्न सहयोग गरेको छ । राहत वितरण कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्बर ९ का १० परिवार, वडा नम्बर १२ डिएमगेटका ६ परिवार, बोटे टोलका ४४ परिवार, वडा नम्बर १६ सुकौराका १५ परिवार र चौदण्डीगढी नगरपालिका वडा न ७ सातधारे ६ परिवार गरी ८१ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको समुहका नेपालका लागि सहयोगी सदस्य सरोज श्रेष्ठले जानकारी दिएका छन् । महामारीको समयलाई मध्यनजर गर्दै यस्तो अवस्थामा सम्बन्धित ...
काेराेना महामारीमा आफ्नै बाउबाट छाेरी बलात्कृत

काेराेना महामारीमा आफ्नै बाउबाट छाेरी बलात्कृत

समाचार
पूर्णपुष्टि, जेठ २० ।  कोरोना महामारीको बेला उदयपुरमा एक किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । दुईदिन अघि कटारी नगरपालिका वडा नं. १ की १५ वर्षिय किशोरी आफ्नै बाउबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय उदयपुरकाे प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिनुभयाे । घरमा अरु नभएको मौका छोपी किशोरीलाई बाउले बलात्कार गरेको बुझिएको छ । आफ्नै छोरी बलात्कार गर्ने ३५ वर्षिय पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी दाहालका अनुसार जेठ १८ गते राती १० बजेको समयमा १५ वर्षिया छोरीलाई आफ्नै बाउले जबरजस्ती करणी गरी फरार भएको उजुरी आजै आएको हो । पिडितको उजुरीको आधारमा तत्काल इलाका प्रहरी कार्यालय कटारीको इन्चार्जसहितको टोलीले खोजतलास गरी पिडकलाई पक्राउ गरेको थियो । घरबाट भागेर लुकीछिपी बसेको अवस्थामा सोही पालिकाको वडा नं. २ बाट पक्राउ गरिएको जनाइएको छ । प्रहरीले सुचना पाएको २४ घण्...

उदयपुर – काेराेना खबर अपडेट | २० जेठ ०७८ : फेरी थपियाे निशेधाज्ञ

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/qQS_CRqUMpg खबर विस्तृत... १. उदयपुरमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । ६४ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र २४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, चौदण्डीगढीको १६ र बेलकाको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५२२, चौदण्डीगढीमा १२५, र बेलकामा ११९ पुगेको छ । साथै कटारीमा ११४, रौतामाईमा ७८, ५९, उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् । २ उदयपुरमा आज १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको १०, त्रियुगाको २, बेलकाको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २६३ पुगेको छ । ३ आज २ जना कारोनाले मृत्य भएकाको संख्या थपिएको छ । त्रियुगा नगरपालिका ११ को २७ वर्षिय पुरुषको र लिम्चु...
उदयपुरमा फेरी निषेधाज्ञा थपियो, बैँकहरु हप्ताको ३ दिन खोल्न पाईने

उदयपुरमा फेरी निषेधाज्ञा थपियो, बैँकहरु हप्ताको ३ दिन खोल्न पाईने

समाचार
पूर्णपुष्टि, जेष्ठ २० जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा छैटौँ पटक निषेधाज्ञा थपेको छ । कोरोना संक्रमणको दर मृत्युदर जारि नै रहेको भन्दै २१ गते शुक्रबार रातको १२ बजे देखि २८ गते शुक्रबार रातको १२ बजे सम्मलाई निषेधाज्ञा थप गरिएको प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले जानकारी दिनुभयो । बिहिबार प्रशासनले आदेश जारी गर्दै निषेधाज्ञा थप भएको सूचना प्रकासन गरेको छ । निषेधामा अत्यावश्यक सवारी र व्यक्तिलाई भने खुल्ला गरिएको छ । खाद्यन्नका लागि भने बिहान ७ देखि ९ बजे सम्मलाई खुल्ला गरिएको छ । यता केहि समय देखि पूर्ण रुपमा ठप्प पारिएको बैँक बित्तिय पनि हप्ताको ३ दिन खोल्न पाउने भएको छ । साताको आईतबार, मंगलबार र बिहिबार गरी ३ दिन बैँक कारोबारका लागि आदेश दिएको हो ।  ...
उदयपुरमा छोरी करणी गरेको आरोपमा आमाले प्रहरीमा जाहेरी दिएपछि बुबा फरार

उदयपुरमा छोरी करणी गरेको आरोपमा आमाले प्रहरीमा जाहेरी दिएपछि बुबा फरार

समाचार
पूर्णपुष्टि, जेष्ठ २० उदयपुरमा आफ्नै छोरीलाई करणी गरेको आरोपमा आमाले प्रहरीमा जाहेरी दिएपछि बुबा फरार भएको छ । जिल्लाको कटारी नगरपालिका स्थित १५ बर्षिया छोरीलाई ३५ बर्षिय बुबाले करणी गरेपछि बिहिबार इलाका प्रहरी कार्यालय कटारीमा आमाले जाहेरी दिइकी थिईन् । गत मंगलबार घरमा कोही नभएको मौका पारी आफ्नै बाबुले छोरीलाई करणी गरेको उक्त कुरा खुलाएर प्रहरीलाई आमाले जाहेरी एिपछि बुबा फरार रहेको हो । घरमा कोही नभएको मौकापारी धम्की दिई करणी गरेको पीडित छोरीले बताएकी छिन् ।   करणी पछि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । फरार रहेको बुबालाई तिव्र गतिमा खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपी भण्डारीले बताए । आरोपित विरुद्ध हाडनाताकरणी अन्र्त...
देशभर ५८२५ मा कोरोना संक्रमण पुष्टि, ७५ को मृत्यु

देशभर ५८२५ मा कोरोना संक्रमण पुष्टि, ७५ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २० वितेको २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । यस्तै, वितेको २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ, यो कोरोना मुक्त हुनेको ८१ प्रतिश रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ र क्वारेन्टाइनमा ८ सय ३१ जना रहेका छन् ।...