Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

क्रेनले किचेर एकजनाको मृत्यु

क्रेनले किचेर एकजनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ४ झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलको भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेनले किचेर साहको ज्यान गएको हो । साहा मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका प्रहरीले जनाएको छ । गाडीको पछाडी साइडको भागमा चढेर बसेको अवस्थामा क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो । क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
संखुवासभा सामुहिक हत्याका मुख्य योजनाकार सहित ३ जना पक्राउ

संखुवासभा सामुहिक हत्याका मुख्य योजनाकार सहित ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ४ संखुवासभामा भएको सामुहिक हत्या काण्डका मुख्य योजनकारलाई प्रहरीले पक्राउ गरेको छ । हत्या काण्डको मुख्य योजनाकार लाल बहादुर कार्कीका छोरा ४७ बर्षिय खड्ग बहादुर कार्की सँगै अन्य तिन जनालाई प्रहरीले सोमवार सार्वजानिक गरेको छ । अन्य तिन जना खड्ग बहादुरकै २८ बर्षिय छोरा हस्त बहादुर कार्की, लाल बहादुर कार्कीको छोरा ३९ बर्षिय रण बहादुर कार्की र रण बहादुर कार्कीको छोरा १७ बर्षिय रोशन कार्की रहेको छ । यस अघिनै लोक बहादुर कार्कीलाई भने प्रहरीले सार्वजानिक गरिसकेको छ । संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका...
उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने  सम्भावना छ ः राई

उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने सम्भावना छ ः राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नं १ मा नेकपा (एकीकृत समाजवादीको नेतृत्वमा मुख्यमन्त्री बन्ने प्रवल सम्भावना देखिएको जनाउनुभयो । उदयपुरमा पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै नेता राईले हालको मुख्यमन्त्री भिम आचार्यलाई ४७ मत विश्वासको मत नपुग्ने भन्दै अब बन्ने मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने बढी सम्भावना रहेको बताउनुभयो । माथी केन्द्रमा पनि एक खालको सहमतीहरु जुटिरहेको छ, हामिले प्रदेश नं ३ र १ को मुख्यमन्त्रीको जिम्मेवारी पाउने प्रवल सम्भावना छ, नेता राईले भने,” उहाले भन्नुभयो, केन्द्रमा निर्णय भए अनुसार सात प्रदेश मध्ये कांग्रेस माओवादीले दुइृदुई ओटा र जसपाले एउटा मुख्यमन्त्री लिने बाँकी दुईटा नेकपा एकीकृत समाजवादीले पाउने एक किसिमको निर्णय भएको छ । र...
नेकपा (एकीकृत सामजवादी पार्टीको) कार्यकर्ता जिल्ला भेला गाईघाटमा सम्पन्न

नेकपा (एकीकृत सामजवादी पार्टीको) कार्यकर्ता जिल्ला भेला गाईघाटमा सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ३ नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला भेला गाईघाटमा भव्यताका साथ सम्पन्न भएको छ । पाटी गठन पछि पहिलो चोटी उदयपुरमा जिल्ला भेलाको आयोजना गरिएको थियो । जिल्ला भरीकै बिभिन्न पालिकाहरु बाट ठुलो संख्यामा कार्यकर्ता भेला भएको थियो ।नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी उदयपुरको आयोजनामा पार्टी प्रवेश तथा कार्यकर्ता भेलाको कार्यक्रम राखिएको थियो । कार्यकर्ता भेला कार्यक्रममा नेकापा (एस) का केन्द्रीय सदस्य लगायतका नेताहरुले सम्वोधन गरेका थिए । पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य घनेन्द्र बस्नेतको प्रमुख अतिथिमा केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडा, पार्टीका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।...
कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ३ ताप्लेजुङका भरतमणी पौडेलले कमेडी च्याम्पियन सिजन २ को उपाधि जितेको छ । च्याम्पियन बाट पौडेलले नगद रु २५ लाख र कार पाएका छन् । शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै भरतमणी पौडेल कमेडि च्याम्पियन सिजन २ को बिजेता बने । विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर गरेपछि चर्चा कमाएका थिए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वयूवराज पारस शाह, पुण्य गौतम लगायतको क्यारिकेचर गरेपछि भरत चर्चामा आएका हुन् । यस्तै, फस्टरनर अप भएका सिक्किमका बिक्की अग्रवालले बाइक प्राप्त गरे भने सेकेन्ड रनरअप भएका गोरखाका सन्तोष थापाले स्कुटी पुरस्कार पाएका छन् । उपाधि जितेपछि भरतमणिले भने–‘यो कमेडी क्षेत्रलाई मन पराउने दर्शकको जित हो । फाइनलमा मलाई मात्र होइन बिक्की दाइ र सन्त...
टिकटकमा भाईरल भएको सेल्फी रोडमा योन क्रियाकलाप, एक जोडी पक्राउ

टिकटकमा भाईरल भएको सेल्फी रोडमा योन क्रियाकलाप, एक जोडी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ३ पथरीको प्रख्यात सेल्फी रोडमा योन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको जोडीलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । मादक ...
कान्छा लामाको हत्या आरोपमा छिमेकी पक्राउ

कान्छा लामाको हत्या आरोपमा छिमेकी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २ चितवनमा भएको एक पुरुषको हत्या आरोपमा प्रहरीले एक छिमेकीलाई पक्राउ गरेको छ । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठकुरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।...
बँदेलाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

बँदेलाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २ छिमेकीले बँदेललाई थापेको पासोमा परी एकै परिवारको ३ जनाको मृत्यु भएको छ । बर्दिया स्थित बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए । एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।  ...
बिनोद र महिमाको स्वरमा सैनध्वज दनुवारका तेरो मेरो जिन्दागानी सार्वजानिक

बिनोद र महिमाको स्वरमा सैनध्वज दनुवारका तेरो मेरो जिन्दागानी सार्वजानिक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १ गितकार सैनध्वज दनुवारले तिम्रो मेरो जिन्दागानी बोलको गितको भिडियो सार्वजानिक गरेको छ । गितमा आइएमइ लोक स्टार गायक विनोद दनुवार र स्थानीय गायीका महिमा परिवारले स्वर दिएका छन् । एक महत्वपूर्ण सामाजिक सन्देश बोकेको यस गितमा जातिय बिभेद तथा छुवाछुत बारे चेतना फैलाउन खोजिएको गितकार सैनध्वज दनुवारले जानकारी दिए । काटे रगत सबैको रातै हुन्छ, मान्छे–मान्छेमा भेदभाव किन ? जातिय भेदभाव बिरुद्धको हाम्रो अभियान भन्दै तेरो मोर जिन्दागानी एक सामाजिक सन्देश मुलक गित रहेको गितकार दनुवारले बताए ।गितको शब्द, संगित र निर्देशन दनुवार स्वयम आफैले गरेका छन् । दनुवारले यस भन्दा पहिले पनि थुप्रै गित संगितको सिर्जना गरिसकेको छ । भिडियोको सार्वजानिक शुक्रबार एक कार्यक्रमको अयोजना गरी गरिएको छ । त्रियुगा नगरपालिका ८ बैरानी स्थित सामुदायीक सभा हलमा सार्वजानिक गरिएको उक्त भिडियोको उद्घाटन जिल्ला...
सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

स्वास्थ्य
काठमाडौं, असोज १ गते । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो ।...