Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुर सिमेन्टले प्रगतिको फड्को मार्दै

उदयपुर सिमेन्टले प्रगतिको फड्को मार्दै

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), माघ ५ । उदयपुर सिमेन्ट उद्योग जलजलेले नयाँ महाप्रवन्धक पाएको एकवर्षभित्रमा थुप्रै सुधारका कामहरु भएको र प्रगतिको फड्को मार्दै आएको छ । उद्योगले उत्पादन तथा विक्रीमा लक्षबढी उपलब्धी हाँसिल गर्नुका साथै सुशासन कायम गरेको दावी गरेको छ । हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै उद्योगले हालसम्मको प्रगति र सुधारका कामहरु सार्बजनिक गरेको छ । करिब करिब बन्दको अवस्थामा पुगेको उद्योगलाई यो एकवर्षभित्रमा राम्रो उत्पादन दिन सकेको छ । उद्योगले एकवर्षमा क्लिङ्कर १ लाख ४ हजार १८५ मेट्रिकटन उत्पादन गरेको छ भने १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयामा १९ लाख ६९ हजार ३८३ बोरा गैडाछाप सिमेन्ट विक्री गर्न सफल भएको छ । उद्योग प्रवक्ता लक्ष्मण पौडेल र प्रशासन महाशाखा प्रमुख कमलप्रसाद पौडेलहद्वारा हस्ताक्षरित विज्ञप्तीमा २५ बुँदे सुशासनसहितको प्रगति गतिविधि सार्बजनिक भएका छन् । उत्पादन तथा ...
त्रिनपा १२ मा बालबालिका र जेष्ठनागरिकलाई न्यानो कपडा वितरण

त्रिनपा १२ मा बालबालिका र जेष्ठनागरिकलाई न्यानो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ त्रियुगा नगरपालिका १२ ले आफ्नो वडामा रहेका बालबालिका र जेष्ठ नागरिकहरुलाई जाडोको कपडा वितरण गरेको छ । जाडोको समयमा बालवालिका र जेष्ठ नागरिकहरुलाई बिषेश ध्यान दिनु पर्ने भन्दै त्रियुगा नगरपालिका वडा नं १२ ले बुधबार न्यानो कपडा वितरण गरेको हो । वडाध्यक्ष जयविक्रम राईका अनुसार वडा भित्रका सोनापुर र विसनपुरका विपन्न दलित, मुसहर बस्तिका १ सय ५० जना बालबालिकालाई घर घरमै पुगेर न्यानो कपडा वितरण गरिएको हो । विपन्न दलित, अनाथ, असाह्य बालबालिका लक्षित कार्यक्रमबाट १ लाख रुपैँयाको लागतमा जाडोमा लगाउने कपडा खरिदगरि वितरण गरिएको उनले बताए । पछिल्लो समय अत्यादिक जाडो बढेको भन्दै यस बाट बालवालिका तथा जेष्ठ नागरिकहरुलाई बचाउन न्यानो कपडा वितरण गरिएको अध्यक्ष राईले बताए । त्यसैगरी चिसोबाट वचाउन जेष्ठनागरिक लक्षित कार्यक्रमबाट १ लाख रुपैँयाको न्यानो कपडा वलान्केट खरिद गरी वितरण गरि...
एमाले बाट निर्वाचित वडाअध्यक्ष थारु ब्राउन सुगर सहित पक्राउ

एमाले बाट निर्वाचित वडाअध्यक्ष थारु ब्राउन सुगर सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ बाँकेमा एक वडाअध्यक्ष ब्राउन सुगर सहित पक्राउ परेका छन् । वडाअध्यक्ष सहित ब्राउन सुगरमा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । कोहलपुर नगरपालिका वडा नं। ११ बाट वडाध्यक्ष थारुसँगै २५ वर्षीय सुरज थारु, ३४ वर्षीय सुन्दर थारु र ३७ वर्षीय ध्रुबकुमार थारु सोमबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र घिमिरेले जानकारी दिए । पक्राउ परेका वडाध्यक्षसहित चार जनाविरूद्ध घटना अनुसन्धानका लागि मंगलबार पाँच दिनको म्याद थप भएको डिएसपी घिमिरेले बताए । अध्यक्ष थारुले पहिले देखिनै व्राउन सुगर प्रयोग गर्दै आएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।...
भारतमा फेरी तिव्र रुपमा फैलियो कोरोना, एकै दिन २ लाख बढि संक्रमित

भारतमा फेरी तिव्र रुपमा फैलियो कोरोना, एकै दिन २ लाख बढि संक्रमित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ कुनै समय कोरोनाको हस्पोट बनेको भारतमा फेरी संक्रमण तिव्र फैलिन थालेको छ । दोस्रो लहरको कोरोनाले तहस नहस बनाएको भारतमा तेस्रो लहरमा पनि फेरी तिव्र फैलिएको छ । दोस्रो लहर सकिएर केहि शान्त भएको कोरोनाले भारतमा फेरि उग्र रुप लिन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिव २ लाख ८२ हजारमा कोरोना संक्रमण फैलिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८...
लुटेरा समूहद्धारा प्रहरीमाथी नै आक्रमण, असई पोखरेल घाईते

लुटेरा समूहद्धारा प्रहरीमाथी नै आक्रमण, असई पोखरेल घाईते

Breaking News 1
पूर्णपुष्टि, माघ ५ धनुषामा प्रहरीमाथी नै आक्रमण भएको छ । लुटेरको समूहले प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीका असई मनोज पोख्रेल घाइते भएका छन् । पोखरेललाई बटेश्वर गाउँपालिकास्थित गएराति लुटेरा समूहले आक्रमण गरेको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । महोत्तरीको भंगहा नगरपालिका(७ का अमित पाशमान भारतबाट घर फर्केन क्रममा उनलाई लुटेरा समूहले लुटेको थियो । घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो । लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।...
भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना

भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ जल तथा मौसम विज्ञान विभागले भोली बिहिबार बाट बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखी मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने बिभागले जनाए । बिहीबारबाट हरेक प्रदेशहरुका थोरै(थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । आज राति र भोलि ९बिहीबार० सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताइन् । त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । ‘यो प्रणालीको प्रभावले उच्च भूभागमा हिमपात पनि हुन्छ, पानी पनि पर्छ’, मौसमविद वासीले भनिन् । काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने ...
लिम्चुङबुङमा फस्टायो व्यवासायीक च्याउ खेती

लिम्चुङबुङमा फस्टायो व्यवासायीक च्याउ खेती

Breaking News 1, बिचार, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, माघ ५ लिम्चुङबुङ गाउँपालिकाको समृद्धिको विकासको रुपमा रहेको कृष अहिले त्याहाँको जनताहरुले व्यवसायको रुपमा अघि सारेको छ । कृषिलाई मुलभुत बनाउने एजेन्डा, सहयोग र आधुनिकिकरण, प्राविधिकरण र प्रत्यक्ष ज्ञानको कमिले आफ्नो उर्वरा माटोलाई छाडेर पैसा कमाउन र एक छाक खान सयौँ युवाहरु विदेशिने गरेको सो पालिकामा अहिले तिनै युवाहरु व्यवसायी कृषिमा आकर्षित बनेका छन् । आफ्नै ठाउँको माटो र कर्मलाई नबुझेर स्थानीय सरकार आउनु अघिनै सयौँ युवाहरु विदेश पलायन भईरहेको अवस्थामा अहिले तिनै युवाहरुले कृषि कर्मलाई अगढी बढाए सँगै त्याहाँको कृषि व्यवसायीकरणमा परिवर्तन भएको हो । गाउँपालिकाले कृषि क्षेत्र लाई निकै महत्त्वपूर्ण कार्यक्रमको रूपमा अगि सारे संगै यहाँका कृषकहरुको कृषि पेशा थप व्यवसायीकरणमा सहयोग स्वयम कृषकहरु बताउँछन् । पालिकाले कृषि क्षेत्रलाई निकै महत्त्वपूर्ण योजनाका साथ अध्यक्ष कृषि प...
कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ५ सिभिल बैँक गाईघाट शाखाले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउँदै बृद्ध बृद्धाहरुलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बापतको बृद्ध भत्ता वितरण गरेको छ । बैँकले त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा गएर बृद्ध भत्ता वितरण गरिरहेको बैँकका कर्मचारी दिल कटुवालले जानकारी दिए । बैँकमा धेरै भिँडभाँड हुने र कोरोना संक्रमण फैलिन सक्ने भन्दै सम्बन्धित वडाको पायक पर्ने ठाउँमा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरीको समेत प्रयोग गरी भत्ता वितरण गरेको कटुवालले जानकारी दिए । यसरी वडामै भत्ता वितरणले जेष्ठ नागरिकहरुमा समेत सहज सम्मान पुग्नुका साथै बैँक आउन झन्झटीलो समेत नभएको बताए । बैँकले हिजो ८ नं वडामा वितरण गरिसकेको छ । आज ९ मा गर्ने जनाएको छ । भत्ता वितरण कार्यक्रममा बैँकका शाखा प्रमुख संजय सिग्देल सहित ४ जना खटिएको छ । भत्ता सम्बन्धित वडा सँग समन्वय गरी काम गरि वितरण ग...
नेपालमा आज एकै दिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण, हाल सम्मकै उच्च

नेपालमा आज एकै दिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण, हाल सम्मकै उच्च

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित संख्या फेला परेको छ । आज मात्रै १० हजार भन्दा बढी मानिसहरु कोरोना संक्रमितको सिकार भएको छ । यो संख्या नेपालमा कोरोना सुरु भएदेखिकै उच्च संख्या हो । यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए। देशभर फैलिएको संक्रमण र पुष्टि भएको संख्या हेर्दा मंगलबार मात्रै करिब १० हजार २५८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पछिल्लो विश्वमै तेस्रो लहर ओमिक्रोन फैलिरहेको अवस्था छ । त्यो अवस्था बाट नेपाल पनि अछुतो छैन् । मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो...
कोरोना रोकथामका लागि काठमाण्डौँको सिडियोले गरे २७ बुद्धे आदेश जारी, यी कुराहरु हुने भयो ठप्प

कोरोना रोकथामका लागि काठमाण्डौँको सिडियोले गरे २७ बुद्धे आदेश जारी, यी कुराहरु हुने भयो ठप्प

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ४ कोरोना संक्रमण तिव्र फैलिन थालेपछि काठमाण्डौँको सिडियोहरुले तत्कालै २७ बुदे आदेश जारी गरेको छ । काठमाण्डौँको उपत्यकामा रहेका तिनै ओटा जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउन २७ बुदे आदेश जारी गरेको जनाएको छ । जारी आदेश यस प्रकारको छ । १। सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप संवत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने । २। गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने साथै संवत् २०७८ साल माघ ७ गते पश्चात खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने । ३। सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम...