Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

उदाहरणीय वडाअध्यक्ष : आफ्नो ४ बर्षको सेवा सुविधाको रकम बाट जनतालाई एम्वुलेन्स

उदाहरणीय वडाअध्यक्ष : आफ्नो ४ बर्षको सेवा सुविधाको रकम बाट जनतालाई एम्वुलेन्स

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ६ प्राय जसो सबै स्थानीय जनप्रतिनिधिले आफ्नो बिभिन्न सेवा वापतको पैसा पोल्टोमा राख्ने गरेको पाईन्छ । तर एक वडाअध्यक्षले भने आफ्नो ४ बर्ष सम्मको सेवा सुविधा वापतको रकम समाज सेवा र सार्वजानिक सेवामा लगानी गरेको छ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका (५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताए। मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँु, उनले भने, ुत्यो पाएको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु।ु उनले गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबा...
उदयपुरमा कार्यरत कार्की र इलाममा कार्यरत लिम्वु बने प्रदेशको उत्कृष्ट प्रहरी

उदयपुरमा कार्यरत कार्की र इलाममा कार्यरत लिम्वु बने प्रदेशको उत्कृष्ट प्रहरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ६ उदयपुरको बेलाका नगरपालिका रामपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान नर वहादुर कार्की र इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक (इनिस्पेक्टर) देउ प्रसाद लिम्बु प्रदेश नं १ पुष महिनाको उत्कृष्ट प्रहरी घोष्ति भएका छन् । कार्की र लिम्वु दुवई जना प्रदेश १ पौष महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएको हो । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रहरी निरिक्षक लिम्वु र जवान कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।कार्यालयले उनिहरुको उत्कृष्ट कामको बिभिन्न उदाहरण उल्लेख गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउन ठुलो प्रहरीको कार्य सम्पादन गरेको जनाए । लिम्वुले ...
ट्याक्टर दुर्घटनामा परी १ जनाको ज्यान गयो

ट्याक्टर दुर्घटनामा परी १ जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै ज्यान गएको हो । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १ सया ५० मिटर तल खसेर दुर्घटना भएको थियो । सोही ट्याक्टरमा सवार च्याम्जुको दुघटनमा ज्यान गएको छ, भने ट्याक्टरका चालक र सह–चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
आँपको बगैँचामा एक युवती शव फेला, बलात्कारपछि हत्याको आशंका

आँपको बगैँचामा एक युवती शव फेला, बलात्कारपछि हत्याको आशंका

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ एक २५ वर्षीया युवतीको शव आँपको बगैँचामा फेला परेको छ । धनुषाको धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो । युवतीको शव टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो । प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।...
उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै कोभिड अस्पताल पुन: सञ्चालनमा

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै कोभिड अस्पताल पुन: सञ्चालनमा

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ६ पछिल्लो केही समय यता उदयपुरमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धी हुन थालेसंगै जिल्लाको कोभिड अस्पताल पुन सञ्चानमा आएको छ । माघ २ गते देखि नयाँ कोरोना संक्रमित बिरामी भर्ना हुन थालेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित खाली भएको उदयपुर कोभिड अस्पताल पुन सञ्चालनमा आएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको बुधवारको तथ्याङक अनुसार पछिल्लो समय २ सय १९ जनाको परिक्षण गरिएकोमा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।...
४ वर्षीय छोरासहित बेपत्ता भएको महिला १० वितिसक्दा समेत भेटिएन

४ वर्षीय छोरासहित बेपत्ता भएको महिला १० वितिसक्दा समेत भेटिएन

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ६ ४ वर्षीय छोरालाई लिएर पुष २६ गते घरबाट निस्किएकी बाग्लुङ जिल्लाकी ३५ वर्षीया महिला अझै बेपत्ता भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक छोरासहित बेपत्ता भएकी हुन् । हराएको १० दिन वितिसक्दा समेत धनकुमारीको पत्ता नलागेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । उहाँले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाई छ । आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाई छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिक...
गाईघाटमा बन्यो किराती सामुदायको संस्कृतिमा आधारित “चिण्डोपोखरी”

गाईघाटमा बन्यो किराती सामुदायको संस्कृतिमा आधारित “चिण्डोपोखरी”

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ६ किराती समुदायको संस्कार संस्कृतिमा आधारित चिण्डो पोखरी गाईघाटको साकेला टोलमा निर्माण भएको छ । किराँत राई समुदायको सांस्कृतिक महत्व बोकेको चिण्डो (राई चामलिङ भाषामा वाबु) आकारमा यहाँ पोखरी निर्माण भएको छ । यहाँका किराँत राई समुदायले यसको नामाकरण “चिण्डोपोखरी” भनेका छन् । जिल्लाभरका किराँत राई समुदायले मुख्यरुपमा साकेला मनाउने सांस्कृतिक थलो त्रियुगा नगरपालिका ११, साकेलाटोल स्थित साकेलाथानमा चिण्डो्पोखरीको निर्माण गरिएको हो । सम्भवत देशकै पहिलो चिण्डोपोखरी यहाँ निर्माण भएको अनुमान यहाँका राई समुदायको छ । हरेकवर्ष उभौली (साकेला) पर्वमा बृहद तथा खुल्ला साकेला प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा १ नं. प्रदेशभर र काठमाडौंबाट समेत साकेलाटोली सहभागि बन्ने गर्छन् । सो स्थानलाई चिण्डोपोखरीले थप आकर्षणको केन्द्र बनाएको छ । “चिण्डोले किराँत राई समुदायको सांस्कृतिक महत्व ...
लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार, साहित्य
पूर्णपुष्टि, माघ ५ लिम्चुङबुङ गाउँपालिकाले आफ्ना पालिकावासीहरुलाई लेख रचना भए उपलब्ध गराउ अनुरोध गरेको छ । पालिकाको ५ बर्ष” पुस्तकमा प्रकाशनका लागि आफ्नो पालिकामै स्थानीयहरुले रचना गरेको कुनै पनि लेख रचना भए पालिकालाई उपलब्ध गराउन सूचना मार्फत अनुरोध गरेको हो । पालिकाको ५ ओटै वडाहरु ताम्लीछा, वालाम्ता, बास्वोटे, जाँते र बाराहाका स्थानीयहरुलाई आफु सँग भएको लेख रचना उपलबध गराईदिन अनुरोध गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए । राईले लिम्चुङबुङ गाउँपालिका हरेक क्षेत्रले अगाडी रहेको समेत जनाउँदै रचनाको हस्पोट क्षेत्र पनि रहेको जनाए । यहाँ धेरै ठुला ठुला प्रगति गर्ने व्यक्तिहरु जन्मिए सँगै रचना तथा साहित्यको क्षेत्रले पनि पालिका अग्र स्थानमै रहेको भन्दै त्यहाँका स्थानीयहरुको लेख रचनालाई पालिकाको ५ बर्षे पुस्तकमा प्रकाशनका लागि रचनाहरु उपलब्ध गराउन अनुरोध गरेको जनाए । रचना सम्...
उदयपुर प्रहरीले गर्यो सर्बसाधारणलाई निशुल्क मास्क वितरण

उदयपुर प्रहरीले गर्यो सर्बसाधारणलाई निशुल्क मास्क वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ५ कोरोना भाईरस संक्रमण तिव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै उदयपुरमा प्रहरीले मास्क वितरण गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरको माताहतमा रहेको ३८ ओटै प्रहरी युनिट वाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्बसाधारणलाई निशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो । जिल्ला प्रहरीले आप्mनै स्रोतबाट सर्बसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । “नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं” प्रनाउ गौतमले भन्नुभयो “मास्क वितरणसंगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं ।” जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरुबाट सर्बसाधारणलाई मास्क वितरण गरिएको हो । प्...
वर्गीय आन्दोलन र किरात प्रदेश

वर्गीय आन्दोलन र किरात प्रदेश

Breaking News 1, बिचार, समाचार
राई सुरज किराँती ताप्ली-४, उदयपुर (हाल दक्षिण कोरीया) संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीता जनयुद्धको जगबाट स्थापित एजेन्डा हो । पहिलो संविधान सभामा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीता विरोधीशक्तीको कारण संविधान नै बन्न सकेन । खिलाराजहरु उदाउदै दोस्रो संविधानसभा निर्वाचनमा देश होमियो । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादि निकै नराम्रोसंग घेराबन्दीमा परे र सिमीत सिटमा खुम्चन पुग्यो । सिमित सिटमा घुम्चिनको वाबजुद माथी उल्लेखित कुराहरु संविधानमा लेखाउन सफल भयो माओवादीको एजेन्डाको जित थियो भलै चुनाबमा खुम्चन परे पनि । संविधान बने पछिको पहिलो आम निर्वाचनमा पनि माओवादीले त्यति आकार वढाउन नसके पनि संविधानलाई अक्षरस पालना गराउने र राष्ट्रियता, जनतन्त्र अनि जनजिविकाको सवालमा भएका कयौं वहसले एकता भएको पार्टी पुन विभाजन हुँदै यहासम्म आउदा धेरै एजेन्डा...