Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ७ नेपालबाटै मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने एक गिरोह पक्राउ परेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको हो । महाशाखाका नुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् । उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पुर्णलाल लिम्बु पक्राउ परेका हुन् । हिजो राती ८ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।  ...
करेन्ट लागि १ जनाको मृत्यु

करेन्ट लागि १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको ज्यान गएको छ । पुर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको करेन्टलागेर ज्यान गएको हो । हिजो बेलुका ६ बजे रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।...
बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । सुनसरी धरान उपमहा नगरपालिका–४ पाचकन्या का ३२ वर्षीय बिशाल राई पक्राउ परेको हो । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दैजाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको थियो । पक्राउ परेकाराईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।...
आज राति १२ बजे बाट काठमाण्डौँमा जोर बिजोर प्रणाली लागु हुने

आज राति १२ बजे बाट काठमाण्डौँमा जोर बिजोर प्रणाली लागु हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ७ कोरोना माहामारी सिजन ३ को नियन्त्रण गर्न काठमाण्डौँमा (उपत्यकामा) सवारी साधनहरुलाई जोरविजोर प्रणाली लागु गरिने भएको छ । आज शुक्रबार राति १२ बजे देखी लागु हुने गरी जोर विजोर प्रणाली सुरु गरिने उपत्यकाका तिनै ओटा जिल्ला प्रशासन कार्यालयको आधेशमा उल्लेख छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि ९शुक्रबार० राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए । उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी ...
सार्वाजानिक स्थलमा आज बाट अनिवार्य खोप कार्ड

सार्वाजानिक स्थलमा आज बाट अनिवार्य खोप कार्ड

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ७ आज बाट सार्वाजानिक स्थलमा अनिवार्य खोप कार्डको व्यवस्था लागु भएको छ । कोरोना माहामारी बढ्दै जाने क्रममा खोप हानेको हो या होईना भन्ने प्रमाणको आधार स्वरुप खोप कार्ड सार्वाजानिक स्थलमा बोक्नु पर्ने जनाईएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने जनाएको छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।  ...
भोली बाटै मौसम सुधारमा आउने

भोली बाटै मौसम सुधारमा आउने

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ बिहिबार देखि हिमपात तथा बर्षाको संम्भावना रहेको मौसम भोली बाटै सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको अवस्थामा शुक्रबार देखी मौसम खुल्ने बिभागले जनाए । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाए। पश्चिमी प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । सो मौसमी प्रणाली भोलिदेखि कमजोर हुँदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछु, उनले भने। भोलि देशभर आंशिकदेखि सामान्...
उदयपुरमा २१४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

उदयपुरमा २१४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ६ उदयपुरमा २ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला ३ सय ३८ जनाको एन्टीजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा १ सय २४ जनाको नेगेटिभ र २ सय १४ जनाको रिपोट पोजेटिभ आएको होे । जिल्लामा हालसम्म ८० महिला र १ सय ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आठ पालिका मध्ये ४ नगरपालिकामा कोरोना संक्रमण देखिएको छ, भने ४ गाउँपालिका संक्रमण मुक्त रहेका छन् । जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकामा संक्रमण देखिएको छ, भने रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदपुरगढीमा संक्रमण संख्या शुन्य रहेको छ । त्रियुगामा २८ महिला र २४ पुरुष गरी ५२ जना, कटारीमा १२ महिला र २० पुरुष गरी ३२ जना, चौदण्डीगढीमा ५ महिला र ११ पुरुष गरी १६ जना, बेलकामा ९ महिला र १४ पुरुष गरी २३ जना र जिल्ला अस्पताल उदयपुरमा गरीएको परिक्षणमा २६ महिला र ६४...
त्रियुगा उद्योग बाणिज्य संघले मुल्य निर्धारण उपसमिति गठन गर्यो

त्रियुगा उद्योग बाणिज्य संघले मुल्य निर्धारण उपसमिति गठन गर्यो

Breaking News 2
पूर्णपुष्टि, माघ ६ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको तत्कालै निर्वाचित नयाँ कार्यसमितिले मुल्य निर्धारण उपसमिति गठन गरेको छ । संघले १५ सदस्यीय रहने गरी मुल्य निर्धारणको उपसमिति गठन गरेको हो । संघकै प्रथम उपाध्यक्ष नविन वस्नेतको संयोजकत्व रहने गरी १४ जना सदस्य सहित उपसमिति गठन गरिएको संघले जनाएको छ । संयोजक नविन वस्नेत र सदस्यहरुमा थिर प्रसाद ढकाल, श्मेश कुमार पाण्डे, श्री विनोद चौधरी, गणेश प्रसाद सुवेदी, तारा प्रसाद चौधरी, मनोज साह, नविन कुमार शर्मा , काजी राइ, कृष्ण श्रेष्ठ, बब्लु कुमार साह, सुनिल कुमार चौधरी, देव नारायण साह, राम कुमार चौधरी, सन्तोष भगत रहेका छन् । संघको छौठौ वार्षीक साधारण सभा तथा अधिवेशन बाट नव निर्वाचित आधिकारी कार्यसमितिले बिहिबार बजार मुल्य निर्धारणका लागि १५ सदस्यीय मुल्य निर्धारण उप(समिति गठन गरेको संघले जनाएको छ ।...
मानसिक सन्तुलन गुमाएकी मीनाले गरी श्रीमानको हत्या

मानसिक सन्तुलन गुमाएकी मीनाले गरी श्रीमानको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका रोल्पाले जनाएको छ । अभियुक्त मिनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।...